अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

नेपालमा बढ्दो विश्वविद्यालयसँगै घट्दो शैक्षिक गुणस्तर

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र ७, २०८१
in पूर्वाधार, विचार
नेपालमा बढ्दो विश्वविद्यालयसँगै घट्दो शैक्षिक गुणस्तर

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । यसको स्थापना वि.सं २०१६ सालमा भएको थियो । यो नेपालको जेठोमात्र नभएर विद्यार्थी, प्राध्यापक र कर्मचारी संख्याको आधारमा मुलुककै ठूलो विश्वविद्यालय पनि हो । विगतदेखि वर्तमानसम्म अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको नेपालको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय नै हो । यसले वि.सं २०१६ सालदेखि वि.सं २०४३ सालसम्म एक्लैले उच्चशिक्षाको भार थेगेको थियो । नेपालमा प्रजातन्त्रको पूर्नप्राप्तीसँगै विश्वविद्यालयको संख्या पनि बढ्दै गएको पाइन्छ ।
लगभग ५० को दशकसम्म दुईवटा विश्वविद्यालयले धानेको उच्चशिक्षा वि.सं २०४८ सालमा खोलिएको काठमाण्डौं विश्वविद्यालयसँगै मुलुकमा उच्चशिक्षाको चाप बढ्दै गयो । फलस्वरुप विश्वविद्यालयको संख्यामा पनि तिब्रता आयो । नेपाल अधिराज्यभर विश्वविद्यालय खोल्ने होडबाजी नै चल्यो । आवश्यक्ता, व्यवस्थापन र गुणस्तर भन्दापनि विश्वविद्यालयको संख्यामा जोड दिइयो । पछिल्लो समयमा राजनीतिक स्वाथ, स्थानीय चासो र व्यक्तिगत महत्वाकांक्षाका कारण विश्वविद्यालयहरू थपिँदै जाने क्रम बढेको छ । अहिलेको अवस्थालाई हेर्दा विश्वविद्यालयहरूको संख्या र ती विश्वविद्यालयहरूले खोलेका आंगिक क्याम्पसहरू र सम्बन्धन प्राप्त क्याम्पसहरूको संख्या आंकलन गर्दा नेपालमा शैक्षिक क्रान्ति आइसकेको भान हुन्छ । विश्वविद्यालयहरूको संख्याको आधारमा अव नेपाललाई सानो मुलुक भन्न पनि नमिल्ने भैसकेको छ ।
राजनीतिक दलको जनता खुशि बनाएर आफ्नो प्रतिष्ठा बढाउने अभिप्रायले विश्वविद्यालयको माग गर्ने र खोल्ने संस्कारको विकास भयो । यसको आवश्यक्ता, महत्व र औचित्यलाई पुष्टि गर्ने खालका कुनैपनि अनुसन्धान र विश्लेषण भएको पाइदैन । राजनीतिक दलको पहुँचको आधारमा विश्वविद्यालय स्थापना गरिए, स्थापनाको आधार, कुन स्थानमा आवश्यक, किन स्थापना गर्ने, कुन संकायको विश्वविद्यालय आवश्यक भन्ने विषयमा अध्ययन नै गरिएन । यो त केबल राजनीति स्वार्थमा आफ्ना पदाधिकारीहरु नियुक्त गरेर सेवासुविधा दिने र आफ्नोे भोट बलियो बनाउने भन्दा बाहेकका औचित्य केही देखिदैन । केबल संख्याका मात्र जोड दिएर विश्वविद्यालयको संख्या बढाउँदै जाने हो भने मन्दिरै मन्दिरको शहर भने जस्तै नेपाललाई विश्वविद्यालयै विश्वविद्यालयको देश भन्न सकिन्छ ।
एउटा क्षेत्रमा विश्वविद्यालय खुल्नासाथ त्यसैको नजिकको अर्को क्षेत्रले आफुहरु पिछडिएको अनुभव गर्दै संघर्ष र आन्दोलनका बाटोबाट विश्वविद्यालय खोल्ने काम गरेका छन् । आफू देशको सरकारमा पुग्ने स्वार्थले गरिएका आन्दोलनमा मरेकालाई शहीद घोषणा गर्दै उसैको नाममा विश्वविद्यालय खोल्ने काम सरकारमा पुगेका दलहरूले गरेको देखिन्छ । तर त्यसको परिणाम र प्रभावकारीतालाई आंकलन गरिएको पाइदैन । यसले केबल प्रमाणपत्र बोकेका लठुवाहरुलाई पदाधिकारी र कर्मचारीको रुपमा विकायो, शैक्षिक गुणस्तर र सक्षम पदाधिकारी, प्राध्यापक र कर्मचारीहरुलाई पछि पारिदियो । जसका कारण उत्पादन गुणस्तरीय बन्न सकेन ।
मुलुकमा विद्यमान विभिन्न विश्वविद्यालयहरूका १४३७ क्याम्पसहरूले ४ लाख ६६ हजार ८ सय २८ उच्च शिक्षाका विद्यार्थीहरूलाई पढाउन विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । जसमध्ये १ सय ५२ (१०.५८ प्रतिशत) आंगिक, ७ सय ४९ (५२.१२ प्रतिशत) निजी र ५ सय ३६ (३७.३ प्रतिशत) सामुदायिक क्याम्पसहरू छन् । विभिन्न विश्वविद्यालयहरूमा गरी प्रशिक्षकसहित प्राध्यापनमा संलग्नहरूको कुल संख्या ११ हजार ७ सय ४८ रहेको छ । यी मध्ये ४६.५५ प्रतिशत उपप्राध्यापक, २१.६३ प्रतिशत सहप्राध्यापक र ८.०५ प्रतिशत प्राध्यापक रहेका छन् ।
यस अवस्थालाई मध्येनजर गर्दा विश्वविद्यालयहरूले आफ्ना क्याम्पसहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नेभन्दा पनि समुदाय र शैक्षिक व्यवसायीहरुलाई सम्बन्धन बाँड्ने नीति जस्तो देखिन्छ । यो नीति विद्यार्थी संख्या बढाउने र आयस्रोत बढाउने लक्ष्यबाट निर्देशित भएको आभाष हुन्छ । यसले उच्च शिक्षालाई तल्लो तहका आमनागरिकलाई पहुँचबाट टाढा पु¥याएको अनुभूति गराउँछ । आंगिक क्याम्पसहरूलाई थप व्यवस्थापन गरि आमसर्वसाधारणलाई सुलभ बनाउने भन्दा पनि सम्बन्धन बाँड्ने क्याम्पसका पदाधिकारीहरू लागेको पाइन्छ ।
नेपालमा विश्वविद्यालयहरू निरन्तर खुल्दै गए तर नेपालमा कस्तो पाठ्क्रम मार्फत शिक्षा दिएमा विदेशीरहेका युवाहरूलाई रोक्न सकिन्छ भन्नेतर्फ ध्यान सरकारले ध्यान दिएको देखिदैन । मुलुकमा विद्यमान स्रोतसाधनका माध्यमबाट देशलाई समृद्ध बनाउने पाठ्यक्रम तर्जुमा गर्न आवश्यक छ । जताततै पाइने कच्चा पदार्थहरूको उपयोग गरि आम्दानीको स्रोत बनाउने शिक्षाको खाँचो छ । तर त्यस तर्फ नीति निर्माण गर्ने निकायको ध्यान पुगेको देखिदैन । राजनीतिक दलका नेताहरु दलगत भागबण्डामा विश्वविद्यालयलाई बाँडिचुँडि गरिरहेका छन् ।
राजनीतिक भागबण्डाका कारण समयमा शैक्षिक गतिविधिहरु सञ्चालन हुन सकिरहेका छैनन् । वार्षिक तहगत परीक्षा समयमा हुन सकिरहेको छैन । भैहालेको परीक्षाको पनि समयमा रिजल्ट दिन सकेको अवस्था छैन । कापी परीक्षणमा पनि चरम दुरुपयोग भएको सुनिन्छ, नपढाएको शिक्षकलाई परीक्षण गर्न दिने, आफ्नो र चिनजानले निरन्तर कपी पाइरहनु पर्ने कारण परीक्षणमा ढिलाई हुने गरेको पाइएको छ । यि विविध कारणले पढ्ने विद्यार्थीहरुमा पढ्ने जागरुकता घट्दै गयो । स्नातक तह चारवर्षे बनाइयो । विश्वविद्यालयको ढिलाईका कारण चारवर्षे स्नातक तह सम्पन्न गर्न ५ वर्षभन्दा बढी लागिरहेको छ ।
सरकारले सुरक्षा निकायमा जागिर खान प्रवेश गर्ने उमेरको अवधिभन्दा निरन्तर पढाई सकिने अवधि बढि भएकोले स्नातक सकिदा जागिरमा प्रवेश गर्ने उमेर कट्ने गरेको छ । यसकारण पनि विद्यार्थीमा पढाई प्रति वितिक्ष्र्णा सृजना भएको हो । पढेर कहाँ जाने ? र के गर्ने ? भन्ने कुनै गन्तव्य नै नभएका कारण प्लस टु सक्नासाथ उच्च शिक्षा वा वैदेशिक रोजगारीका लागि विदेशिनेहरुको चाप दिनानु दिन बढिरहेको छ ।
किन घट्यो गुणस्तर ?
शैक्षिक गुणस्तर समसामयिक परिवेशलाई ग्रहण गर्दै आउदा दिनमा जीवन र जगतलाई विकास गराउने लक्ष्यको अभ्यास हो । शैक्षिक गुणस्तर कायम राख्न कुनै सम्झौता गरिनु हुदैन, यसमा अर्जुन दृष्टि दिएर सम्बन्धित नियका वा व्यक्ति लाग्नुपर्छ । तर, नेपालमा पछिल्ला दिनमा राजनीतिक अस्थिरता बढेसँगै शैक्षिक गुणस्तरमा पनि हस हुदै गयो । राजनीतिक भातृसंगठनले शिक्षक विद्यार्थीलाई नै भातृसंगठनको सदस्य बनाइदिए, नबने अवसरबाट बञ्चित हुनुपर्ने डर देखाइयो, कतिपयलाई त कारबाही समेत गरेको पाइयो । यसले केबल अधिकार मात्र सिकायो कर्तव्य सिकाएन । तसर्थ, शैक्षिक गुणस्तर घटाउन राजनीतिक प्रणाली बढि दोषी देखियो । निजामति सेवामा रहेकाले नीति निर्माणको तहमा पुग्दा राजनीतिक भ¥याङ प्रयोग गरेकाले राज्यको संरचना भन्दापनि राजनीतिक सपोट गर्ने खालको मानवस्रोत निर्माणमा प्रशय दिए । आफूलाई सर्वश्रेष्ठ ज्ञाताको रुपमा परिभाषित गराउन थाले । पावरको उन्मादमा डुब्नाले मलाई हिजो शिक्षकले पढाएको थियो भन्ने ज्ञात भएन । आफै सर्वज्ञाता ठानेर मैले गरेको र भनेको सबै ठिक, अरुले भनेका र गरेका सबै गलत विचारको विकास भयो । यो जडयुक्त विचारको जरा चारैतिर फैलियो र सामाजिक शिक्षा थप गुणस्तहीन बन्दै गयो ।
पछिल्लो समय अहंमताको बढ्दो प्रणालीले शुद्धताको परिक्षण गरेन । त्यसले नतिजाको विश्लेषण गर्न र प्रयोग गर्न पनि जानेन । गरिदै आएको कार्य सम्पादनको नकारात्मक असरले अभिष्यमा के कस्ता प्रभाव पार्ला भनेर त्यस वारेमा कुनै विमर्श गरिएन । बरु मेरो कार्यकालमा यो र त्यो गरेँ भन्दैमा समय बित्यो । परिणामलाई अनुमान समेत नगरिदिदा त्यसको शिकारबाट बिक्षिप्त परिघटनाहरु समाजमा हुँर्किदै गयो । समाधानको प्रयास खासै देखिएन । पछिल्ला वर्षहरुमा अवलम्बन गरिएको लेटर ग्रेडिङ्ख प्रणालीलाई हेरौन । यदि यो प्रणाली नै निर्बिकल्प हो भने परीक्षणका क्रममा अंक दिएर किन नतिजालाई अक्षरमा रुपान्तरण गरिन्छ । के यो ठिक गरिएको हो ? यदि अंक नै आवश्यक ठानिएको हो भने परीक्षाफलको नतिजा किन लेटर गे्रडिङ्खमा गरिएको त ? यस प्रश्नको उत्तर कसरी पाउने, यसमा कतै चुकियो कि भनेर हेर्नु परेन अब ?
हाम्रा नीति निर्माण तहमा बस्नेहरुले समाजलाई कता लैजादैछन् भन्ने प्रश्न पनि नउठेका होईनन् । हाम्रा र राम्रा अभ्यासका नाममा गोष्ठी, सेमिनार, भ्रमणका भन्दै अवौं रुपैया खर्च नभएको पनि होईन । राज्यले ति विषयमा गरेको खर्चको सान्दर्भिकता के थियो ? अब किन त्यस्ता विषयमा आफू अनुकुलका पोषणयुक्त कार्यक्रमहरु स्थानीय सरकार देखि केन्द्र सरकारसम्म गरिदैछ भनेर लेखाजोखा हुन आवश्यक छ । विभिन्न वाहनामा दुःख भोगेको त्यो सुन्दर भविश्यको सपना बोकेको विद्यार्थी बाहिरिदै गयो । रोक्ने उपाय खोई ? शैक्षिक क्षेत्रभित्र जड समस्याहरु पैदा हुँदै जाँदापनि राज्यले अहिलेसम्म समाधानको कदम उठाएको देखिदैन । अतः शैक्षिक क्षेत्रमा रहेका यि यावद सवालहरु समयमै समाधान गर्न राज्यको सम्बन्धित निकाय पछिपर्नु हुँदैन । अव एकले अर्कोलाई दोषारोपण गर्नुको बदलामा मिलेर काम गर्नु देशका लागि हितकर हुन्छ ।
पछिल्ला दिनमा राजनीतिका नाममा भएका दलीयकरणले विश्वविद्यालयहरू फस्टाउन सकेका छैनन् । दलीयकरणका कारण नै योग्यता र क्षमताले प्रशय पाएनन् । जुन उच्च शिक्षा क्षेत्रका लागि दुर्भाग्य हो । विश्वविद्यालयहरूमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन् । यससँग सम्बन्धित निकायहरूले विद्यमान अस्तव्यस्तलाई सुधार गर्न तर्फ ध्यान दिए शैक्षिक माहोल बढ्ने देखिन्छ ।

                                                                                   –केशव आचार्य (लेक्चरर अर्थशास्त्र)
ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

मंसिर १६, २०८२
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

मंसिर १४, २०८२
एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

मंसिर १४, २०८२
लिएको ऋणभन्दा भुक्तानी अधिक

लिएको ऋणभन्दा भुक्तानी अधिक

मंसिर १२, २०८२
सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब पुग्यो

कात्तिक मसान्तसम्म आठ प्रतिशतमात्र बाह्य ऋण प्राप्त

मंसिर ११, २०८२
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

मंसिर ५, २०८२

लोकप्रिय

  • मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

    मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

    0 shares
    Share 0 Tweet 0
  • प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

    0 shares
    Share 0 Tweet 0
  • लिएको ऋणभन्दा भुक्तानी अधिक

    0 shares
    Share 0 Tweet 0
  • एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

5 days ago
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

7 days ago
एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

7 days ago
लिएको ऋणभन्दा भुक्तानी अधिक

लिएको ऋणभन्दा भुक्तानी अधिक

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२५ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2025. Digital Partner Sathi Solutions