अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

राजनीतिले इमानदारिता गुमाउँदा गाउँ रित्तियो

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र ३०, २०८१
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, विचार
राजनीतिले इमानदारिता गुमाउँदा गाउँ रित्तियो

– केशव आचार्य (लेक्चरर अर्थशास्त्र)
हिजोआज समान मानवीय मूल्य र मान्यतालाई असमान बनाउने काम आर्थिक पक्षले गरिरहेको छ । हरेक मानिसहरुको प्राकृतिक जन्मको स्थिति समान रहेपनि जन्मेपछि प्राप्त गरेको वातावरणको आधारमा मानवीय व्यवहार परिवर्तन हुने हो । प्राकृतिक जन्मको आधारमा सबै मानव जाति समान रहेता पनि समान मानवीय मूल्य र मान्यतालाई असमान बनाउने काम आर्थिक पक्षले गरिरहेको हुन्छ । आज आर्थिक पक्षकै कारण समाजमा अन्याय, अत्याचार र अधर्म, दास र मालिक, हुने खाने र हुँदा खाने बीचको अन्तर बढिरहेको छ । कमजोर आर्थिक अवस्था भएका माथि उच्च आर्थिक अवस्था भएकाबाट हुने अन्यायले समाजमा दिनानु दिन द्धन्द्ध सृजना गर्दै लगिरहेको छ ।


आमनागरिकलाई समान अवसर प्रदान गरी कल्याणकारी राज्यको परिकल्पनामा पुग्न समान आर्थिक न्यायको जरुरी छ । यसले मानवीय समानता प्रदान गर्न मद्धत गर्दछ । आर्थिक स्रोतसाधनको समान वितरण समानता हो । समान विषेशता भएका विषयवस्तुमा समान अवसर प्रदान गर्दा सामाजिक एकता बढ्छ । समानताको सिद्धान्त प्रयोग गर्दा एकताको भावना बढोत्तरी हुन्छ । समता असमान व्यवहार हो तर यसले समानतामा जोड्न पहल गरिरहेको हुन्छ । अवसर नै नभएकालाई बढि अवसर प्रदान गरेर अवसर पाइरहेको दाँजोमा ल्याउदा अवसर समानताको स्तरमा आइपुग्ने हुँदा राज्यले आफ्ना नागरिकको स्तर हेरेर समानता र समता दुवै सिद्धान्तलाई अवलम्वन गर्दछ ।


व्यक्ति, समाज र स्थान विशेषमा, समान समानबीचमा समान नै व्यवहार र असमान असमानबीचमा असमान नै व्यवहार गर्दा सामाजिक न्याय हुन्छ । आजको विश्वमा सामाजिक न्यायको आवश्यक्ता छ । सामाजिक न्यायको प्रत्याभूति निश्चित गर्न सरकार निरन्तर लागिरहेको हुन्छ र कार्य पनि उसैको हो । सरकार निश्पक्ष न्याय मूर्ति हो जसले न्याय र अन्यायको लेखा जोखा गर्छ र सामाजिक न्यायिक स्वतन्त्रता प्रदान गर्दछ । समाजको आफ्नै विशेष संस्कार, संस्कृति, चालचलन, भातृत्व, मातृत्व र स्वतन्त्रता मौलिक संस्कृति हुन्छन् । यिनले समाजलाई न्याय प्रदान गरी सामाजिक सहिष्णुता उजागर गर्दछन् ।


राष्ट्रिय आयमा बढोत्तरी गर्न आर्थिक न्यायले देशमा उपलब्ध स्रोत साधनको समुचित उपयोग गर्न सक्नु पर्छ । स्रोतसाधनलाई खेर जानबाट रोकी वैकल्पिक प्रयोजन मार्फत प्रशस्त रोजगारीको सृजना गर्दछ । मानिसले आफ्नो योग्यता, क्षमता र सीपको आधारमा समाजमा आर्थिक कृयाकलाप गर्ने अवसर प्राप्त गर्दछ । अप्राकृतिक विचारले नयाँ खोजमूलक वस्तुको उत्पादनलाई प्रभावित बनाउँछ, घटाउन सक्छ । श्रमको मूल्य, कामको विभाजन, गुणस्तरीय जीवन आर्थिक न्यायसँग जोडिएका सूचक हुन् । यिनको दुरुपयोगले सामाजिक द्धन्द्ध र हिंसा सृजना गर्दछ । आर्थिक न्यायिक समानता सरकारमा गएका जनप्रतिनिधिहरुको गुणस्तरले निर्धारण गर्दछ ।


आम नागरिकले जनप्रतिनिधिहरुको गुणस्तरलाई ध्यान दिनुपर्छ यदि गुणस्तरहीन छनौट गर्न पुगियो भने देशमा आर्थिक न्याय मर्छ । जनप्रतिनिधिहरु आफ्नो व्यक्तिगत स्वार्थमा सार्वजनिक स्रोतसाधनको चरम दुरुपयोग गर्न पुग्छन् । आफुलाई कान्ून भन्दा माथि राख्छन, खर्च गरेर आफ्नो गुणगान गाउन लाउछन् । विरोध गर्नेहरुलाई समाप्तै हुने गरी फसाउँछन्, आफुहरु भोग विलासको जीवन जीउछन् । भ्रष्टचार गरेर अगाउदैनन्, आलो पालो गरी देशलाई चुसिरहन्छन् । वास्तवमा नेपालको वर्तमान अवस्था यसै परिवेशको भुमरीमा घुमिरहेको देखिन्छ । आजभोली गाउँघरमा एमाले, काग्रेंस, माओवादी, राप्रपा छ तर गाउँमा बस्ने नागरिक छैनन् । पालिका, वडामा यिनै दलको हालीमुहाली छ, उनीहरु नै भागवण्डामा गाउँमा गएका विकास चुसिरहन्छन् ।


ग्रामिण विकासलाई चुसेर जम्मा गरेको रकम शहरमा थुपारिरहेका छन् । गाउँमा पूनः लगानी गरिरहेका छैनन् । छोरा छोरी शहरमा पढाउन, घरजग्गा जोड्न उनीहरुले गाउँको पैसालाई शहरमा निर्यात गरिरहेका छन् । वित्तीय कारोबार कम हुने गाउँमा, उनीहरुले थप वित्तीय संकट सृजना गरिरहेका छन् । गाउँमा सबै विकासका आयोजनाहरु पुगे, तर पनि मानिसहरुले गाउँ छोडे । राजनीतिक बिल्ला लगाएका बिचौलियाहरुको चलखेलले सत्यमा उभिएकाहरुलाई लुटिरह्यो । उनीहरु लुटिनबाट जोगिन शहर पस्ने थाले, बरु एउटा कोठामा खाँदिएर बसे,गाउँको उत्पादन शहर ल्याएर खाए तर गाउँ फर्किन चाहेनन् । जसले गाउँमा लगानी गर्नै चाहेनन, गाउँमा पूनः लगानी भएन ।


नेपालको सन्दर्भमा आर्थिक न्याय व्यवस्था परिवर्तनसँगै मर्दै गयो । आर्थिक न्याय गर्ने नारा बेचेर राजनीतिज्ञहरु चरम भ्रष्टचारमा लागे, राजनीतिक ईमान्दारिता गुमाए र अन्ततः सरकारलार्ई नै कलंकित बनाए । विश्वव्यापी माहामारी पछि शिथिल बन्दै गएको अर्थतन्त्रमा ठूलो धक्का नदिए सम्म अर्थतन्त्र झनै जर्जर बन्दै जान्छ र गइरहेकै छ । यसबाट उन्मुक्ति पाउनका लागि बढि लगानी जरुरी हुन्छ, लगानी उत्पादनमूलक क्षेत्रमा गरियो भने यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ यदि त्यसो गरिएन भने बजारमा मुद्रास्फिति देखापर्छ । अधिक मुद्रास्फितिले मुद्राको क्रय क्षमतालाई क्षय गर्दै लैजान्छ । यसले नैतिक व्यापारलाई अंगाल्न सक्दैन, अनुशासन र न्यायिक अर्थतन्त्रको विकास गर्दैन ।


सरकारका यस्ता कृयाकलापलाई रोक्न इमान्दारी, जिम्मेवारी, सदाचारी, समजदार व्यक्तित्वहरुको आवश्यक्ता छ यि समस्याबाट उन्मुत्ति पाउन सरकारले निरंकुश कदम पनि उठाउनु पर्ने हुनसक्छ । राष्ट्रिय हितका लागि उठाइएको कदम निरंकुश हुदैन, बहादुरी हुन्छ । आगामी दिनमा समान आर्थिक न्याय प्रदान गर्न देशलाई अत्यन्त माया गर्ने, जनभावना बुझ्ने जनप्रतिनिधिहरुको सरकार हुनु पर्दछ । जसले समता र समानता दुबै पक्षलाई कल्याण हुनेगरी न्यायको प्रयोग गरोस् ।


विदेशमा गरिएको व्यक्तिगत लगानी र विदेशी बैंक वित्तिय संस्थामा जम्मा गरिएको रकम सरकारले ल्याएर उद्योग धन्दामा लगाई रोजगारी सृजना गर्नु पर्दछ । अधिकरणबाट प्राप्त सरकारसँग बाँकी रहेको सम्पति यि तिनै तहका नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको ग्यारेन्टी हुने क्षेत्रमा सरकारले लगानी गनुपर्छ । यि सबै नागरिकहरुलाई आफ्नो श्रम, सीप, खुवि प्रयोग गरेर न्यायिक आम्दानी गर्ने अवसर सरकारले प्रदान गर्नुपर्छ । सरकार सुविधा प्रदायक र नियन्त्रक दुवै हुनुपर्छ । सरकारको यस कदमले सामाजिक आर्थिक न्याय प्रदान गरी नागरिकमा रहेको दरिद्रता अन्त्य हुन्छ । गरीबीको रेखामुनि रहेका जनसंख्यामा उत्पादकत्वको उर्जा सृजना हुन्छ । तिनीहरुमा विद्यमान ईष्र्या, देष, शंका, डर समाप्त हुन्छ । जीवन सुरक्षित भएको महशुस गर्दछन् र सुरक्षित राख्न पहल गरिरहन्छन् ।


मध्येम वर्गमा धनीको मात्र सिको गर्ने प्रवृति नष्ट हुन्छ र खालि पेट लिएर पनि हाईफाई देखाउने सोच परिवर्तन हुन्छ । धनी वर्गमा विद्यमान शोषण र धनले सबै गर्न सकिन्छ भन्ने सोच बिलाएर जान्छ । देशका मानिसहरुलाई गरीबीले रैति बनाउने हो । आधारभुत आवश्यत्ताको ग्यारेन्टी भएपछि मानिसले सोच विचार विमर्श गर्न थाल्छ जसले गर्दा उत्पादनमा सकरात्मक परिवर्तन आउँछ । सरकारले मानिसहरुको सीप, योग्यता, अनुभवका आधारमा श्रम विभाजन गरी उत्पादन कार्यमा लगाउदा उत्पादन तिब्र गतिमा हुन्छ । राष्ट्रिय आय वृद्धि हुन गई प्रतिव्यक्ति आय उच्च हुन पुग्दछ । आम नागरिकको जीवनस्तरमा बढोत्तरी हुन पुग्छ, सरकार माथिको जनविश्वास बढन जान्छ । आफ्नो सीप र दक्षताको सकराम्मक प्रतिस्पर्धा हुनगई नयाँ प्रविधि र वस्तुको आविश्कार हुन्छ । यसले जनतालार्ई सफल बनाउछ, सफल जनताले सफल राज्य बनाउछ, सफल राज्यले सफल सरकार बनाउछ ।


सरकारले गर्ने आर्थिक न्याय स्रोतसाधनमा गरिने समान वितरणसँग सम्बन्धित हुन्छ । यो प्रभावकारी सरकारको सक्षमतामा निर्भर गर्दछ । प्रत्येक मानिसलाई छोटो समयमा नै आर्थिक पक्षले विकृत बनाउछ यसमा पारदर्शिता, ईमान्दारिता, र उत्तरदायित्वको बोधले मानिसलाई सतर्कता प्रदान गर्दछ । कर्तव्य र धर्मले मानिसलाई गलत बाटोबाट रोक्दछ । सरकार र सरकार इतरका व्यक्तिमा धर्म र कर्तव्यको बोध भएमा अवका दिनमा आर्थिक विचलन रोकिन्छ । अर्थतन्त्रले न्याय पाउछ, निम्न वर्गका मानिसहरुको जीवन रक्षा हुन्छ । आर्थिक न्यायले अर्थतन्त्र सबल हुन्छ सबल अर्थतन्त्र सक्षमताको परिचायक हो ।

ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

मंसिर १६, २०८२
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

मंसिर १४, २०८२
एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

मंसिर १४, २०८२
लिएको ऋणभन्दा भुक्तानी अधिक

लिएको ऋणभन्दा भुक्तानी अधिक

मंसिर १२, २०८२
सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब पुग्यो

कात्तिक मसान्तसम्म आठ प्रतिशतमात्र बाह्य ऋण प्राप्त

मंसिर ११, २०८२
बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

मंसिर ५, २०८२

लोकप्रिय

  • मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

    मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

    0 shares
    Share 0 Tweet 0
  • प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

    0 shares
    Share 0 Tweet 0
  • लिएको ऋणभन्दा भुक्तानी अधिक

    0 shares
    Share 0 Tweet 0
  • एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

5 days ago
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

7 days ago
एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

एक सातामै प्रतिक्रेट ५ सय ६० पुग्यो अन्डाको भाउ, अझै बढ्नसक्ने

7 days ago
लिएको ऋणभन्दा भुक्तानी अधिक

लिएको ऋणभन्दा भुक्तानी अधिक

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२५ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2025. Digital Partner Sathi Solutions