अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

पूर्व बजेट छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

अर्थशास्त्री by अर्थशास्त्री
बैशाख १२, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त, विशेष
पूर्व बजेट छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

काठमाण्डौ । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल मध्येक्षेत्रीय समिति र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) को संयुक्त आयोजनामा पूर्व बजेट छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए ।


अर्थमन्त्री पौडेलले गणतन्त्रको स्थापना भएको केही समय पश्चात अर्थतन्त्रका समग्र सूचकहरुमा सुधार हुँदै गएको तथ्यांकमा देखिएता पनि विश्व परिदृष्यलाई मध्येनगर गर्नु पर्ने अवस्था रहेको बताएका छन् । आफ्नै स्रोत व्यवस्थापन, पूँजीगत दायित्व, व्यवस्थापनको जिम्मेवारी र हाम्रा असिमित आकांक्षाहरुलाई सम्बोधन गर्दै हामीले आर्थिक क्षेत्रको सुधार मार्फत आमनागरिकलाई सुखि जीवनको प्रत्याभुत गर्छौ भनेका छौ । विगतका बजेटका नीति तथा कार्यक्रममलाई हेर्दा हामीले गर्छौ भनेर भन्न बाँकी केही छ जस्तो लाग्दैन । अवका दिनमा गर्नु पर्ने कामलाई प्राथामिकिकरण गरी हाम्रो सामथ्यसँग जोड्न अर्थमन्त्रालय लागि परेको साथै स्रोत व्यवस्थापन र विनियोजित खर्चको सन्दर्भमा आर्थिक अनुशासन अवलम्बन गर्न आवश्यक रहेको उनले बताए ।


समग्र अर्थतन्त्रको अवस्थाले पूँजीगत खर्चको वृद्धि गर्नु पर्ने राष्ट्रिय आवश्यकता छ । संविधानमै तीन तहका सरकार र तीनका अधिकारका सूचीको परिधिभित्र रहेर बजेट निर्माण गर्नु पर्दा हामी कहिन कही चुकेका छौ । यि तीनै सरकारका अधिकारलाई सम्बोधन गर्न सक्छौ त भन्ने चुनौती पनि हामी सामु रहेको छ । यदि सक्छौ भन्ने विषयमा दृढ पकडका साथ अगाडि बढ्दा विज्ञहरुको साथ आवश्यक हुने उनले बताए । आगामी वर्षको बजेट निर्माण गर्ने सन्दर्भमा के गर्ने? कसरी गर्ने ? र कस्तो नतिजा प्राप्त गर्ने ? त्यसमा केन्द्रित भएर आएका गहकिला सुझावहरुलाई बजेटमा लिपिवद्ध गरिने प्रतिवद्धता मन्त्री पौडेल जनाए ।


अर्थमन्त्रीको आतिथ्यतामा आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव, सेडाका प्रमुख, वरिष्ट अर्थशास्त्री, अर्थविज्ञ, निजी क्षेत्रका प्रतिनिधि, अनुसन्धान क्षेत्रका विज्ञ, क्याम्पस प्रमुख, अर्थशास्त्र विभागका प्रमुख, अध्यापनरत प्राध्यापक, स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी, सामाजिक अभियन्ता तथा अर्थतन्त्रसँग सरोकार राख्ने महानुभावहरुको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले प्रकाशन गर्दै आएको आर्थिक सरोकार पत्रिकाको अनलाईन पत्रिका अर्थशास्त्री डटकम न्यूज पोर्टल अर्थमन्त्री पौडेल मार्फत समुद्घाटन गरियो । समुद्घाटन लगत्तै उक्त पत्रिकाका सम्पादक केशव आचार्यले अर्थशास्त्री डटकम न्यूज पोर्टलको औचित्य र आवश्यकताबारे प्रकाश पारेका थिए ।


कार्यक्रममा आगामी बजेटका सन्दर्भमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.रामकुमार फुँयालले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुती लगत्तै उपस्थित महानुभावहरुलाई चार मिनेटको समय उपलब्ध गराई सुझाव संकलन गरिएको थियो । विज्ञहरुले दिएका सुझावलाई टिपोट मार्फत संकलन गरी केही दिन भित्र अर्थमन्त्रीलाई बुझाउने आयोजक संस्था राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालका अध्यक्ष गंगा बहादुर थापा र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रो.डा अर्जुन कुमार बरालले बताएका छन् ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

10 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions