अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

चाडपर्व लक्षित सुपथ मूल्य पसल खोल्ने सरकारको योजना : कुन कुन ठाउँमा खोलिदै छन् ?

अर्थशास्त्री by अर्थशास्त्री
भदौ १८, २०८२
in अर्थतन्त्र, कृषि, पढ्नै पर्ने, व्यापार
चाडपर्व लक्षित सुपथ मूल्य पसल खोल्ने सरकारको योजना : कुन कुन ठाउँमा खोलिदै छन् ?

काठमाण्डौ । दशै, तिहार र छठ पर्व लक्षित गरी सरकारले आफ्ना दुई प्रमुख संस्थानमार्फत ३० भदौदेखि देशभरि १ सय ५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् । यसले चाडपर्वका बेला उपभोक्ताको किनमेल केही हदसम्म भए पनि सस्तो बनाउन मद्दत पुग्ने देखिन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ । त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ ।

कम्पनीले जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा किलोको ७ रुपैयाँ छुट दिने जनाएको छ ।

कुन कुन ठाउँमा खोलिदै छन् ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ ।

चाडपर्वका बेला बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्दै सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन कम्पनीले सात प्रदेशका विभिन्न शाखा, डिपो र बिक्री केन्द्रमार्फत यो सुविधा प्रदान गर्न लागेको हो ।

कम्पनीका अनुसार पसलको वितरण प्रदेश अनुसार फरक छ, जसमा सबैभन्दा धेरै कर्णालीका दुर्गम क्षेत्र समेटेर ४२ स्थान र सबैभन्दा कम मधेसमा ३ स्थानमा यस्ता पसल सञ्चालन हुनेछन् ।

कम्पनीको योजना अनुसार सबैभन्दा धेरै ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेर कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई राहत दिने तयारी छ ।

यसअन्तर्गत सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, दैलेख, डोल्पा, रुकुम पश्चिम, कालीकोट र हुम्ला सदरमुकामदेखि विभिन्न विकट डिपो र बिक्री केन्द्रसम्म सहुलियत दरमा खाद्यान्न पुर्‍याइने छ ।

कर्णालीपछि सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । कम्पनीले यस प्रदेशका नौ जिल्ला समेट्दै कैलाली धनगढी, डडेलधुरा खलंगा, कञ्चनपुर महेन्द्रनगर लगायत प्रमुख बजारका साथै बझाङ, बाजुरा, बैतडी, दार्चुला र अछाम सदरमुकामदेखि दुर्गम गाउँसम्म खरिद–बिक्री केन्द्रमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी लुम्बिनीका १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने छ । जसमा रुपन्देही भैरहवा र बुटवल, बाँके नेपालगञ्ज, दाङ तुलसीपुर, बर्दिया राजापुर, गुल्मी तम्घास र बलेटक्सार तथा रुकुम पूर्वको शाखा कार्यालय समावेश छ ।

रोल्पामा मात्रै लिवाङसहित पतलाचौर, घर्तीगाउँ, सुलीचौर र बडाचौर गरी पाँच स्थानमा सहुलियत पसल खोलिने छ । पूर्वी नेपालको कोशी प्रदेशमा कम्पनीले ११ स्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री वितरण गर्ने छ ।

यसअन्तर्गत झापा बिर्तामोड, ताप्लेजुङ, मोरङ विराटनगर, भोजपुर, संखुवासभा भोटखोला गाउँपालिकास्थित हटियागोला, सोलुखुम्बु, ओखलढुंगा मैलुङ गाउँपालिका भेटुप खरिद–बिक्री केन्द्र र चम्पादेवी गाउँपालिकाको कालिका खरिद बिक्री केन्द्र तथा खोटाङको शाखा कार्यालयबाट सेवा प्रदान गरिने छ ।

गण्डकीका बासिन्दाका लागि ७ स्थानमा सुपथ मूल्य पसल तयारी गरिएको छ । कम्पनीले कास्की बिरौटा, तनहुँ विमलनगर, गोरखा सिर्दिबास डिपो, लमजुङ सुन्दरबजार, मनाङ र मुस्ताङका शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्ने छ ।

बागमती प्रदेशमा भने ५ स्थानमा यस्ता पसल सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाहपथ, दक्षिणकाली र ललितपुर नख्खुस्थित खाद्य गोदामबाट सेवा दिइने छ भने उपत्यका बाहिर रसुवा सदरमुकाम धुन्चेमा पनि सहुलियत पसल खोलिने छ ।

सबैभन्दा कम मधेसका उपभोक्ताका लागि सिरहा लहान, धनुषा जनकपुर र पर्सा वीरगञ्जमा गरी तीन प्रमुख स्थानमा सुपथ मूल्य पसल व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साल्ट ट्रेडिङका देशभरि ४० बिक्री स्थल

साल्ट ट्रेडिङले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने भएको छ । काठमाडौं उपत्यकाका बासिन्दालाई सहज पहुँच सुनिश्चित गर्न कर्पोरेसनले कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन र बालाजु जस्ता मुख्य स्थानमा पसल खोल्ने छ ।

त्यसैगरी भक्तपुर सल्लाघारी र कौशलटार तथा काठमाडौं काँडाघारी र महाराजगञ्ज तथा ललितपुर इमाडोलमा पनि सहुलियत पसल सञ्चालन हुनेछन् । निश्चित स्थानमा पुग्न नसक्ने उपभोक्ता लक्षित गर्दै थप सहजताका लागि तीन वटा घुम्ती पसल पनि सञ्चालनमा ल्याइने कर्पोरेसनले जनाएको छ ।

उपत्यका बाहिर पनि कर्पोरेसनले आफ्नो सेवा विस्तार गरेको छ । पूर्व बिर्तामोड र विराटनगरदेखि मधेसका राजविराज, लहान, जनकपुर र वीरगञ्जसम्म सुपथ मूल्य पसल खोलिनेछन् । बागमतीका त्रिशूली, हेटौंडा, नारायणगढ र धुलिखेल तथा गण्डकी प्रदेशका पोखरा र बागलुङमा पनि उपभोक्ताले यो सुविधा पाउनेछन् ।

त्यसैगरी लुम्बिनीका भैरहवा, कृष्णनगर र दाङ, कर्णालीका सुर्खेत र सुदूरपश्चिमका धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र बैतडी पाटनमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

10 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

11 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

11 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

11 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions