अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

अर्थशास्त्री by अर्थशास्त्री
मंसिर १, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, बैंक तथा वित्त
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

काठमाण्डौ । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ । कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।

कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।

ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिनेछन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

ShareTweet

Discussion about this post

ताजा

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

फाल्गुन ४, २०८२
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

माघ ३०, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

माघ २४, २०८२
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

माघ २३, २०८२
तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

माघ १७, २०८२
पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

माघ १४, २०८२

लोकप्रिय

  • निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

    फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

    0 shares
    Share 0 Tweet 0
  • ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

    0 shares
    Share 0 Tweet 0
  • मुद्रास्फीतिमा कमि, विप्रेषण र विदेशी मुद्रा संचितिमा बृद्धि

    0 shares
    Share 0 Tweet 0
  • ४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

17 hours ago
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

5 days ago
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

2 weeks ago
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

2 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions