अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

अर्थशास्त्री by अर्थशास्त्री
मंसिर ४, २०८२
in विशेष
वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

काठमाण्डौ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च दरमा बढेको छ । यो आर्थिक वर्षको चार महिनामा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या २ लाख ७३ हजार ८०५ जना पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिकसम्ममा २ लाख ७३ हजार ८०५ जनाले श्रमस्वीकृति लिएर विदेश जाने अनुमति पाएका छन् । गत आर्थिका वर्षका चार महिनामा २ लाख २७ हजार ६ सय १५ जनाले श्रमस्वीकृति पाएका थिए । चालु आर्थिक वर्षमा यो संख्या ४६ हजार १९० ले बढेको छ । जुन २०.२९ प्रतिशतले धेरै हो ।

भदौमा भएको जेनजी आन्दोलनपछि यूएईलगायत केही मुलुकले नेपाली कामदारको भिषा प्रक्रिया रोकेका थिए । यस्तो अवस्थामा पनि कामका लागि विदेश जानेहरु बढेका छन् । साउनदेखि नै बढेको विदेश जानेको संख्या हालसम्म पनि कायम छ ।

यसैगरी, चालु आर्थिक वर्षमा श्रमस्वीकृति लिने महिलाको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ । विभागका अनुसार गत वर्ष साउन–कात्तिकमा २९ हजार ९५६ महिला रोजगारीका लागि विदेश गएका थिए । चालु आर्थिक वर्षमा यो संख्या ३३ हजार ८१५ पुगेको छ ।

विभागका अनुसार पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारी जान श्रमस्वीकृति लिनेको संख्या बढेको हो । पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेको छ ।

विभागले नेपालको आन्तरिक रोजगारीको विकल्पका रुपमा रहेको वैदेशिक रोजगारी कोभिड संक्रमणपछि ३ वर्ष लगातार उकालो लागेको जनाएको छ । विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको संख्या बढेको जानकारी दिएको छ । श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्यमा मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रमस्वीकृति लिनेको संख्या बढेको विज्ञको भनाइ छ ।

गत आवको तथ्यांकसहित विगत ३ वर्षमा २५ लाख युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । तीन वर्षको तथ्यांकलाई औषत गर्दा वार्षिक ७ लाख ६६ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ । यो संख्या पुनः श्रमस्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रमस्वीकृति लिएका मध्ये ६४ प्रतिशत नयाँ कामदार हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको संख्या रहेको छ ।

गत आर्थिक वर्षमा रोजगारी खोज्दै ८ लाख ३३ हजारभन्दा बढी युवा विदेश गएका थिए । वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा गत आवमा ८ लाख ३९ हजार युवाले विदेश जान श्रमस्वीकृति लिएका थिए । सरकारले श्रमस्वीकृतिको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न शुरु गरेको थियो ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

10 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

11 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

11 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

11 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions