काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८२ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले डेढ महिनामा विभिन्न जिल्लाबाट उक्त परिमाणमा धान खरिद गरेको हो ।
कम्पनीले गत कात्तिक ११ गतदेखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको थियो । मंसिर २० गतेसम्म कम्पनीले किसानको ८२ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले धान खरिदका लागि ७० करोड रुपैयाँ बजेट छुट्याएको छ । कुल १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य यस वर्षको छ । गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । यो वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा ८ सयदेखि एक हजार सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीका खरिद व्यवस्थापन शाखले जनाएको छ ।
औसतमा कम्पनीले मोटो धान बजार मूल्य भन्दा ८ सय रुपैयाँ र मध्यम ६ सय बढी रुपैयाँ हालेर धान खरिद गरिरहेको शाखाको भनाइ छ । यस पटक बजार मूल्यभन्दा कम्पनीले महँगो मूल्यमा धान खरिद गर्नुपरेकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मूल्य शोधभर्ना गरिदिन माग गरिएको हो ।
मन्त्रालयले कम्पनीलाई बजार मूल्य र कम्पनीले खरिद गरेको बीचको मूल्यको रकम उपलब्ध गराए भने कम्पनीले कोटाभन्दा बढी धान खरिद गर्न सक्ने शाखाको भनाइ छ । मेहन्द्रनगर र धानगढीमा धान खरिद भइसकेको छ । कम्पनीले धनगढीका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा ३८ हजार ९४८ क्विन्टल धान खरिद गरेको छ । यस्तै, महेन्द्रनगरमा ५ हजार धान खरिद गर्ने लक्ष्य राखेकोमा ६ हजार ८७६ क्विन्टल धान खरिद गरेको छ । अन्य जिल्लामा धान खरिद भइरहेको छ ।
कम्पनीले धान खरिद गर्नका लागि १३ वटा खरिद केन्द्र सञ्चालन गरेको छ । धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर खरिद केन्द्र निर्धारण गरिएको छ । महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेको छ ।
विमानस्थलको ठेक्का सम्झौता सन् २०१६ मा भएर निर्माण कार्य औपचारिक रुपमा जुलाई २०१७ मा सुरु भएको थियो । सरकारले चिनियाँ ऋण/अनुदान र सहकार्यमार्फत लगानी गरेको यो परियोजनाको लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ । विमानस्थल औपचारिक रूपमा १ जनवरी २०२३ देखि सञ्चालनमा आएको हो । करिब ३ हजार ७०० रोपनी जग्गा छुट्याइएकोमा धावनमार्गको लम्बाइ २,५०० मिटर र चौडाइ ४५ मिटर रहेको छ ।









Discussion about this post