अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा

अर्थशास्त्री by अर्थशास्त्री
पुस ३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा

काठमाण्डौ । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् ।

स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा अस्पतालमा नै गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो रहेको बोर्डले बताएको छ ।

बोर्डका अनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भूमिका खेल्ने देखिन्छ । बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरु भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको छ ।

स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरुले बताए । धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले स्वास्थ्य बीमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने देखिन्छ । गुणस्तरीय सेवा दिन नसके बिमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन सक्दैन । स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने गरेको देखिएको छ ।

स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड परनिर्भर बन्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । उनकाअनुसार वार्षिक पौने ४ अर्ब प्रिमियर बोर्डले उठाइरहेको छ तर १४ अर्ब अस्पतालहरुलाई तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष १० अर्ब स्वास्थ्य बीमाले तिर्दै जाँदा धान्नसक्ने स्थिति नरहेको बताए ।

उनकाअनुसार नेपालमा स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ । पहुँच विस्तारका लागि आवश्यक जनशक्ति हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरुको पहुँच पनि विस्तार हुनुपर्छ । अहिले ६० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरु शहरी क्षेत्रमा स्वास्थ्य संस्थाहरु छन् । बाँकी १५–२० प्रतिशत स्वास्थ्य संस्थाहरु ग्रामिण क्षेत्रमा छन् । ग्रामिण भेगमा ६०–६५ प्रतिशत जनता छ । त्यहाँ अस्पतालको पहुँच नहुँदा शहरी क्षेत्रका स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर श्रेष्ठले बताए ।

स्वास्थ्य सेवा वितरणमा अहिले एकदमै असमानता रहेको उनको भनाइ रहेको छ । श्रेष्ठकाअनुसार स्वास्थ्य विमाको प्रथम सेवा बिन्दुलाई स्थानीय तहसँग समन्वय गरेर विस्तार गर्नुपर्छ । प्रथम सेवा बिन्दुबाटै धेरै कुराहरु त्यही समाधान होस् भन्ने हिसाबले राखिएको समेत उनले बताए ।

ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

माघ १, २०८२
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

पुस २९, २०८२
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

पुस २६, २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

पुस २५, २०८२
हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

पुस २४, २०८२
बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

पुस २३, २०८२

लोकप्रिय

  • लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

    0 shares
    Share 0 Tweet 0
  • पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

1 day ago
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

2 days ago
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

5 days ago
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions