अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

जहाज किन्न लिएको ३४ अर्बको ऋण जमानत ५२ भन्दामाथि पुग्यो

अर्थशास्त्री by अर्थशास्त्री
पुस ७, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पर्यटन, यातायात
जहाज किन्न लिएको ३४ अर्बको ऋण जमानत ५२ भन्दामाथि पुग्यो

काठमाण्डौ । नेपाल वायु सेवा निगमले न्यारोबडी र वाइडबडी जहाज किन्नका लागि लिएको ऋण भुक्तानी तालिकाअनुसार गर्न नसकेपछि दायित्व निरन्तर बढ्दै गएको छ ।

नेपाल सरकार जमानत बसेर जहाज किन्न नेपाल सरकारले ३४ अर्ब रूपैयाँको जमानत बसेपछि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिइएको थियो ।

निगमले ऋणको ब्याज समयमा तिर्न नसकेपछि निरन्तर दायित्व बढेको छ । आठ वर्षभन्दा लामो अवधिमा सरकार जमानत बसेकोभन्दा १८ अर्ब बढी ऋण दायित्व पुगेको छ । न्यारोबडी जहाजका लागि २०७० सालमा र वाइडबडी जहाजका लागि २०७४ सालमा सरकारको जमानतमा ऋण लिइएको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म निगमले तिर्नुपर्ने दायित्व ५२ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ । यसमध्ये ४२ अर्ब ४५ करोड सावा नै पुगेको छ भने ९ अर्ब ५१ करोड रूपैयाँ ब्याज रकम हो ।

आर्थिक वर्ष २०८०/८१ सम्म यस्तो दायित्व ४७ अर्ब पुगेकोमा पछिल्लो एक वर्षमा थप साढे ५ अर्बको दायित्व बढेको हो । ऋणको ब्याज समयमा भुक्तानी नभएको कारण विगतको ब्याज रकम समेत सावामा गणना हुँदा अहिले जमानतभन्दा बढी दायित्व पुगेको हो ।

के हो जमानत ?
सरकारी जमानत भनेको ऋणीले ऋण वा सम्झौताअनुसारको दायित्व पूरा गर्न नसकेमा सरकार स्वयंले दायित्व पूरा गर्ने प्रतिबद्धता हो । तर, ऋण लिने निकायले समयमा ब्याज भुक्तानी गर्न नसकेको कारण जमानत बसेभन्दा बढी दायित्व भएपछि कसरी व्यवस्थापन गरिन्छ त ?

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अधिकारीहरू बढी भएको दायित्वमा पनि सरकार स्वयम जबाफदेही हुनुपर्ने बताउँछन् । तर, सरकारले बढी भएको दायित्वमा पुनः जमानत बसेको जानकारी गराउनुपर्नेमा नगराएको ती अधिकारीको भनाइ छ ।

कि सरकारले बढी भएको दायित्वको समेत जमानत गरेको जानकारी गराउनुपर्ने हुन्छ । कि निगमले जमानत बढीको दायित्व राफसाफ गर्नुपर्छ,’ ती अधिकारीले भने । महालेखा नियन्त्रकको कार्यालयले समेत यस विषयमा ध्यानाकर्षण गराउँदै आएको छ ।

कोषले निगमबाट सम्झौताबमोजिम ऋण लगानीको रकम प्राप्त गरेको छैन । सम्झौताबमोजिम विशेष खातामा रकम जम्मा गर्न लगाई ऋण प्राप्तिको तालिका बमोजिम ऋण फिर्ता प्राप्त गर्नुपर्दछ,’ महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाल सरकारले जमानत दिँदा यस्ता ठूला र दीर्घकालीन परियोजनाका विस्तृत अध्ययन, जोखिम विश्लेषण, परियोजनाको सबल तथा दुर्बल पक्षहरू र कर्जा लिनेको व्यावसायिक योजना जस्ता विषयमा अध्ययन, विश्लेषण र मूल्यांकनपश्चात कर्जा प्रवाह गर्नुपर्ने, त्यसैगरी उक्त रकमलाई खाम्ने गरी जमानत लिने व्यवस्था मिलाई कर्जा असुल गर्नुपर्दछ ।

ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

माघ १, २०८२
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

पुस २९, २०८२
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

पुस २६, २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

पुस २५, २०८२
हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

पुस २४, २०८२
बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

पुस २३, २०८२

लोकप्रिय

  • लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

    0 shares
    Share 0 Tweet 0
  • पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

1 day ago
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

2 days ago
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

5 days ago
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions