अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

इलोन मस्कको सम्पत्ति नेपालको जीडीपी भन्दाबढी

अर्थशास्त्री by अर्थशास्त्री
पुस ११, २०८२
in अन्तर्राष्ट्रिय, अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने
इलोन मस्कको सम्पत्ति नेपालको जीडीपी भन्दाबढी

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपी (कुल गार्हस्थ्य उत्पादन)भन्दा पनि बढी भएको छ । मात्र चार दिनमै उनको नेटवर्थ १५० अर्ब डलरले बढेर ७५० अर्ब डलर नाघेको छ । जबकि पाकिस्तान, श्रीलंका र नेपालको संयुक्त जीडीपी करिब ५ सय ५५ अर्ब डलर मात्र छ ।


७ सय ५० अर्ब डलरको नेटवर्थ छुने इलोन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् । यसअघि डिसेम्बर १६ मा मस्कको सम्पत्ति ६०० अर्ब डलर पुगेको थियो । डेलावेयर सुप्रीम कोर्टको हालैको फैसलापछि मस्कको ५६ अर्ब डलरको टेस्ला पे–प्याकेज बढेर १ सय ३९ अर्ब डलर पुगेको छ, जसका कारण उनको सम्पत्तिमा तीव्र वृद्धि भएको हो ।

फोर्ब्स बिलियनेयर्स इन्डेक्सअनुसार हाल मस्कको नेटवर्थ ६४९ अर्ब डलर देखाइएको छ, जुन भारतका शीर्ष ४० धनी व्यक्तिको कुल सम्पत्तिको बराबर हो । यससँगै मस्कको सम्पत्ति उनका पछिल्ला स्थानमा रहेका विश्वका सबैभन्दा धनी टेक अर्बपतिहरू– ल्यारी पेज (२५२.६ अर्ब डलर), ल्यारी एलिसन (२४२.७ अर्ब डलर) र जेफ बेजोस (२३९.४ अर्ब डलर) को संयुक्त सम्पत्तिभन्दा पनि बढी छ ।


इलोन मस्कको सम्पत्ति बढ्नुका कारण के हुन् ?


(क) टेस्लाको ५६ अर्ब डलरको पे–प्याकेज पुनःस्थापना हुनु


२०१८ मा टेस्लाले मस्कलाई ५६ अर्ब डलर बराबरको स्टक अप्सन पे–प्याकेज दिएको थियो । २०२४ मा तल्लो अदालतले यो प्याकेज रद्द गरेको थियो । तर डिसेम्बर २०२५ मा डेलावेयर सुप्रीम कोर्टले उक्त निर्णय उल्ट्याउँदै प्याकेज पुनःस्थापना गरिदियो । सेयर मूल्य बढेसँगै यो प्याकेजको मूल्य १३९ अर्ब डलर पुगेको छ । यही कारण मस्कको सम्पत्तिमा सबैभन्दा ठूलो उछाल आयो र उनी पहिलो पटक ७०० अर्ब डलर नाघ्न सफल भए ।

(ख) स्पेस एक्सको भ्यालुएसन ८०० अर्ब डलर पुग्नु


समाचार एजेन्सी रोयटर्सका अनुसार, कम्पनीभित्रै भएको सेयर बिक्रीका आधारमा स्पेस एक्सको कुल मूल्यांकन ८०० अर्ब डलर पुगेको छ । मस्कको स्पेस एक्समा करिब ४२ प्रतिशत हिस्सेदारी छ । यदि स्पेस एक्स अमेरिकी सेयर बजारमा ८०० अर्ब डलरकै मूल्यांकनमा सूचीबद्ध भयो भने, मस्कको हिस्सेदारीको मूल्य मात्रै ३३६ अर्ब डलरभन्दा बढी हुन सक्छ ।


(ग) टेस्ला सेयर मूल्य वृद्धि र नयाँ १ ट्रिलियन डलरको पे–प्याकेज

टेस्लाको सेयर मूल्यमा भएको वृद्धिसँगै नोभेम्बर २०२५ मा सेयर होल्डरहरूले मस्कको १ ट्रिलियन डलरको नयाँ पे–प्याकेजलाई स्वीकृति दिएका थिए । यसले पनि उनको सम्पत्तिमा ठूलो योगदान दिएको छ । २०२५ मा मात्रै मस्कको सम्पत्तिमा ३४० अर्ब डलरभन्दा बढी थपिएको छ । टेस्लामा उनको १२ प्रतिशत हिस्सेदारी छ, जसले सेयर मूल्य बढ्दा प्रत्यक्ष रूपमा सम्पत्ति बढाउँछ ।

स्पेसएक्स बाहेक मस्कको इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लामा पनि करिब १२ प्रतिशत हिस्सेदारी छ । २०२५ मा अहिलेसम्म टेस्लाका सेयर १३ प्रतिशतले बढेका छन् । सोमबार मात्रै टेस्लाका सेयर करिब ४ प्रतिशतले बढे, जब मस्कले कम्पनीले अगाडिको सिटमा सेफ्टी मोनिटर बिना रोबोट्याक्सी परीक्षण गरिरहेको बताएका थिए । हाल मस्कको टेस्लामा रहेको हिस्सेदारीको मूल्य करिब १९७ अर्ब डलर पुगेको छ ।

मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्स–एआई पनि २३० अर्ब डलरको मूल्यांकनमा १५ अर्ब डलर नयाँ इक्विटी जुटाउने विषयमा लगानीकर्तासँग अन्तिम चरणको वार्तामा छ ।


इलोन मस्क टेस्ला र स्पेसएक्सका सीईओ हुन् । भनिन्छ, उनले १० वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङ सिकेका थिए । १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामको भिडियो गेम बनाएका थिए । त्यसलाई एक स्थानीय म्यागजिनले ५०० अमेरिकी डलरमा किनेको थियो । यसलाई मस्कको पहिलो व्यावसायिक सफलता मानिन्छ ।

१९९५ मा उनले वेब सफ्टवेयर कम्पनी श्ष्उ२ स्थापना गरे । सन् १९९९ मा कम्प्याकले यो कम्पनी ३०७ मिलियन डलरमा किनेपछि मस्कले आफ्नो ७ प्रतिशत हिस्सेदारीबापत २२ मिलियन डलर पाए । यहीँबाट उनको व्यवसायिक यात्रा तीव्र रूपमा अघि बढ्यो ।

मस्कले १९९९ मा पेपाल स्थापना गरेका थिए । इबेले २००२ मा यो कम्पनी १.५ अर्ब डलरमा खरिद गर्‍यो । यसबाट मस्कले १८० मिलियन डलर कमाए । त्यसपछि उनले स्पेसएक्स स्थापना गरे । उनले स्पेस एक्समार्फत मंगल ग्रहमा मानव बस्ती बसाएर मानव जातिलाई ‘मल्टी–प्लानेट स्पिसिज’ बनाउने सपना देखिरहेका छन् ।

टेस्लाको स्थापना २००३ मा मार्टिन एबरहार्ड र मार्क टारपेनिङले गरेका थिए । इलोन मस्क प्रारम्भिक लगानीकर्ता थिए र फेब्रुअरी २००४ मा उनले ठूलो लगानी गरे । त्यसपछि उनी टेस्लाका चेयरम्यान र पछि सीईओ बने । टेस्लाको लक्ष्य इलेक्ट्रिक गाडीलाई आम मानिससम्म पुर्‍याउनु र दिगो ऊर्जालाई प्रवद्र्धन गर्नु हो ।

स्पेसएक्सको स्थापना मस्कले मार्च २००२ मा गरेका थिए । स्पेस लञ्चको लागत घटाउने र मंगल ग्रहमा मानव बस्ती बसाउने उनको मुख्य लक्ष्य हो । कम्पनीले २००८ मा ‘फाल्कन–१’ नामको रकेटको पहिलो सफल प्रक्षेपण गर्‍यो र २०१२ मा ड्रागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसँग जोडियो ।

न्यूरालिंकको स्थापना २०१६ मा गरिएको थियो । यसको उद्देश्य मानव मस्तिष्क र कम्प्युटर जोड्ने ब्रेन–मेसिन इन्टरफेस प्रविधि विकास गर्नु हो । यसले न्यूरोलोजिकल रोगको उपचार तथा भविष्यमा मानिस र आर्टिफिसियल इन्टेलिजेन्सबीच अझ गहिरो सहकार्य सम्भव बनाउने लक्ष्य राखेको छ ।

डेलावेयर सुप्रीम कोर्टले २०१८ मा दिइएको इलोन मस्कको ५६ अर्ब डलरको पे–प्याकेज रद्द गर्ने तल्लो अदालतको निर्णय उल्ट्याउँदै मस्कलाई ठूलो जित दिलाएको छ । टेस्लाका सेयर मूल्य बढेसँगै अहिले यो प्याकेजको मूल्य करिब १ सय ३९ अर्ब डलर (करिब १२ लाख करोड रुपैयाँ) पुगेको छ ।

ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

माघ १, २०८२
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

पुस २९, २०८२
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

पुस २६, २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

पुस २५, २०८२
हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

पुस २४, २०८२
बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

पुस २३, २०८२

लोकप्रिय

  • लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

    0 shares
    Share 0 Tweet 0
  • पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

1 day ago
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

2 days ago
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

5 days ago
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions