काठमाण्डौ । सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले गृहमन्त्रालय अर्न्तगतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी, सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरुले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रमस्वीकृति दिन स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।
नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारवीच जापान इन्टरन्यासनल ट्रेडिङ कोअप्रेशन अर्गनाइजेसन जितको अर्न्तगत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्वन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय समेत भएको प्रवक्ता खरेलले बताए ।









Discussion about this post