अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

एक वर्षमा तीन तहका सरकारको पूँजीगत खर्च ५ खर्बमाथि

अर्थशास्त्री by अर्थशास्त्री
पुस १७, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, पूर्वाधार
एक वर्षमा तीन तहका सरकारको पूँजीगत खर्च ५ खर्बमाथि

काठमाण्डौ । एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पूँजीगत बजेट खर्च गरेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आर्थिक वर्षमा तीन वटा सरकारबाट कुल ५ खर्ब १४ अर्ब ३४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ ।

यस आर्थिक वर्षमा संघीय सरकारले २ खर्ब २३ अर्ब बराबर पूँजीगत खर्च गरेको थियो । ७ वटा प्रदेश सरकारबाट कुल १ खर्ब २० अर्ब ९८ करोड बराबर पूँजीगत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

७ सय ६१ स्थानीय सरकारले भने कुल १ खर्ब ५१ अर्ब ६५ करोड बराबर पूँजीगत खर्च गरेका थिए । यसरी तीन तहका सरकारबाट भएको खर्चमध्ये दोहोरो खर्च घटाउँदा कुल ५ खर्ब १४ अर्ब ३४ करोड बराबर पूँजीगत बजेट खर्च तीन तहका सरकारबाट भएको देखिएको छ ।

कुल बजेट खर्च साढे १८ खर्ब


तथ्यांक अनुसार गत आर्थिक वर्ष तीन तहका सरकारको कुल बजेट खर्च भने १८ खर्ब ४४ अर्ब ६२ करोड बराबर थियो । संघीय सरकारले कुल १५ खर्ब १३ अर्ब खर्च गरेको थियो । जुन चालु, पूँजीगत र वित्तीय व्यवस्था तीन वटै शीर्षकमा भएको खर्च हो ।

त्यसैगरी ७ प्रदेश सरकारको कुल खर्च १ खर्ब ९८ अर्ब ८० करोड बराबर थियो । ७ सय ६१ स्थानीय सरकारले कुल ४ खर्ब ३७ अर्ब ३९ करोड बराबर खर्च गरेका छन् । यसबाट दोहोरो खर्च घटाउँदा कुल १८ खर्ब ४४ अर्ब ६२ करोड कुल खर्च देखिएको महालेखाको तथ्यांक छ ।

चालु खर्च कुन तहमा कति ?


तीन तहका सरकारले एक वर्ष अवधिमा कुल खुद चालु खर्च (दोहोरो परेको घटाएर) ९ खर्ब ९६ अर्ब २७ करोड बराबर गरेका छन् । यसमध्ये संघीय सरकारले कुल ९ खर्ब ५६ अर्ब ५८ करोड चालु खर्च गरेको छ ।

७ प्रदेशको चालु खर्च ७७ अर्ब ८१ करोड छ । स्थानीय सरकारले गरेको चालु खर्च २ खर्ब ८५ अर्ब ३६ करोड बराबर देखिन्छ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने सबै प्रकारको अनुदान चालु शीर्षकमा पठाउने गर्छ ।

तर, उक्त बजेट तल्ला सरकारले पूँजीगत तथा वित्तीय व्यवस्थामा समेत खर्च गर्ने गर्छन् । सोहीकारण चालु शीर्षकको बजेट बढी दोहोरो पर्ने गरेको पाइएको छ ।

आव २०८१/८१ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल ३ खर्ब ४८ अर्ब ९४ करोड बराबर बजेट हस्तान्तरण भएको थियो । जसमध्ये प्रदेश सरकारमा ७६ अर्ब ७५ करोड र स्थानीय तहमा २ खर्ब ७२ अर्ब ६० करोड हस्तान्तरण भएको तथ्यांक छ ।

अघिल्लो वर्षको तुलनामा सुधार

तथ्यांक अनुसार २०८०/८१ को तुलनामा तीन तहका सरकारको समग्र खर्च सामान्य सुधार भएको देखिन्छ । सोही आवमा दोहोरो परेको खर्च घटाउँदा तीन तहका सरकारको कुल खर्च १६ खर्ब ८२ अर्ब ८ करोड बराबर भएको थियो । जसमध्ये चालु खर्च ९ खर्ब ४३ अर्ब १० करोड र पूँजीगत खर्च ४ खर्ब ६६ अर्ब ३७ करोड बराबर थियो । वित्तीय व्यवस्थातर्फको खर्च २ खर्ब ७२ करोड भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

संघीय सञ्चित कोष २ खर्ब ३६ अर्ब घाटामा

गत आव संघीय सञ्चित कोष २ खर्ब ३६ अर्बले घाटामा रहेको देखिएको छ । तथ्यांक अनुसार २०८१/८२ मा संघीय सञ्चित कोषमा कुल प्राप्ति १५ खर्ब ३८ अर्ब भएको थियो । कुल भुक्तानी १५ खर्ब १३ अर्ब २४ करोड बराबर थियो । विनिमय दर वा अन्य समायोजन ३ अर्ब १५ करोड बराबर भएको देखिएको छ ।

उता, यो आवमा प्रदेश सञ्चित कोष ३६ अर्ब ६४ करोड र स्थानीय सञ्चित कोष ५४ अर्ब ७२ करोडले नाफामा थियो । समग्रमा सञ्चित कोष घाटा १ खर्ब ८ अर्ब बराबर रहेको तथ्यांक छ ।

त्यस्तै तीन तहका सरकारको धरौटी, विविध, कार्यसञ्चालन कोष लगायत खातामा आव अन्त्यसम्म कुल २ खर्ब १३ अर्ब १२ करोड मौज्दात छ । २०८०/८१ मा यस्तो मौज्दात १ खर्ब ७८ अर्ब ७८ करोड थियो ।

१० अर्ब ९१ करोड बेरुजु

तथ्यांक अनुसार गत आव संघ, प्रदेश र स्थानीय तहका बजेटरी निकायको आन्तरिक लेखा परीक्षणबाट १० अर्ब ९१ करोड बराबर बेरुजु देखिएको छ । २०८०/८१ को तुलनामा बेरुजु कम देखिएको छ । त्यसबेला १६ अर्ब १६ करोड बराबर बेरुजु थियो ।

ShareTweet

Discussion about this post

ताजा

माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

माघ २, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

माघ १, २०८२
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

पुस २९, २०८२
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

पुस २६, २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

पुस २५, २०८२
हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

पुस २४, २०८२

लोकप्रिय

  • लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

    0 shares
    Share 0 Tweet 0
  • माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

20 minutes ago
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

1 day ago
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

2 days ago
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

5 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions