ठमाण्डौ । स्थानीय बजारमा स्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।
पुस १८ गते फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ ।
यही पुस १७ गते फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० तथा औसत ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
पुुस १७ गतेको तुलनामा पुुुस १८ गते फुजी स्याउको औसत भाउ २३ रुपैयाँ बढेको छ । यसैगरी, झोले स्याउ भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।









Discussion about this post