अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

निर्वाचन बजेट २० अर्ब अनुमानः सुरक्षामा मात्र १७ अर्ब २१ करोड माग

अर्थशास्त्री by अर्थशास्त्री
पुस २१, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

काठमाण्डौ। सरकारले आगामी निर्वाचनको लागि तयारी तीव्र बनाएको छ । अर्थ मन्त्रालयले निर्वाचनका लागि चाहिने खर्च व्यवस्थापन गर्दै रकम निकासा प्रक्रिया अघि बढाएको छ ।

विशेष गरी गृह मन्त्रालय मातहत र निर्वाचन आयोग मातहतमा निर्वाचन खर्च हुने गर्छ । गृह मन्त्रालय र निर्वाचन आयोगले माग गरेको बजेटमा छलफल गर्दै अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हाल्ने क्रममा नै निर्वाचनका लागि चाहिने बजेटमा सरकारले आवश्यक जोहो गर्ने र आवश्यकताको आधारमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाएका थिए । अर्थ मन्त्रालयले बजेटको स्वीकृति गर्ने क्रममा निर्वाचन सुरक्षा अन्तर्गत गृह मन्त्रालयले माग गरेको बजेटमा निकै कम स्वीकृति दिएको छ ।


निर्वाचन आयोगले माग गरेको बजेटमा भने करिब माग बराबरको स्वीकृति दिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार गृह मन्त्रालयले १७ अर्ब २१ करोड रूपैयाँ बजेट माग गरेको थियो । अर्थले १० अर्ब ३९ करोड रूपैयाँको स्वीकृति दिएको छ ।

गृहले केन्द्रीय, प्रदेश र जिल्लामा कमाण्ड पोस्ट र निर्वाचन सेलका लागि ३१ करोड ५४ लाख रूपैयाँ बजेट माग गरेको थियो । नेपाल प्रहरी अन्तर्गत १२ अर्ब २ करोड रूपैयाँ बजेट माग गरेको थियो । जस अन्तर्गत म्यादी प्रहरीका लागि चाहिने बजेट समेत हो ।

सशस्त्र प्रहरी बलका लागि ४ अर्ब ४८ करोड, राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ८९ लाख रूपैयाँ र ७७ वटा जिल्ला प्रशासन कार्यालयहरूका लागि ३१ करोड ४६ लाख रूपैयाँ बजेट सहित १७ अर्ब २१ करोड रूपैयाँको माग भएको हो ।

अर्थ मन्त्रालयले १ लाख ३३ हजार म्यादी प्रहरी भर्नासहित नेपाल प्रहरीका लागि ७ अर्ब १३ करोड रूपैयाँको बजेट स्वीकृत गरेको छ । सशस्त्र प्रहरीको लागि ८० करोड ८४ लाख रूपैयाँ, र अन्य निर्वाचन खर्चको लागि २ अर्ब ४० करोड रूपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ ।

गृह मन्त्रालयले माग गरेको बजेटको आधारमा ६० प्रतिशत मात्रै रकम स्वीकृत भएको छ । निर्वाचन आयोगले भने माग गरेको आधारमा ९१ प्रतिशत बजेटको स्वीकृति पाएको छ । निर्वाचन आयोगले ७ अर्ब ३९ करोड रूपैयाँको बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले ६ अर्ब ७३ करोड रूपैयाँको स्वीकृति दिएको छ । प्रारम्भिक छलफलमा अर्थ मन्त्रालयले ४ अर्ब ९७ करोड बजेटको स्वीकृति गर्ने जनाएको थियो । अन्तिममा भने अर्थले बजेट बढाएको हो ।

’स्वीकृत दिएको बजेटबाट अर्थले रकम निकासा पनि सुरू गरेको छ । ‘आवश्यकताको आधारमा बजेट निकासा भइरहेको छ । निर्वाचनको लागि आवश्यक तयारीको काम चलिरहेको गृह मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले आवश्यकताको आधारमा निर्वाचन केन्द्रित बजेटमा कन्जुस्याइ नगर्ने प्रतिबद्धता जनाएको छ । अहिले आपसी समन्वय र छलफलको आधारमा एक तहको बजेट स्वीकृति गरिएको छ । तर थप आवश्यकता पर्‍यो भने पनि निर्वाचन खर्चमा कन्जुस्याइ नगर्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

अर्थले निर्वाचन भत्ता, स्थानीय भत्ता, अन्य अतिरिक्त सुरक्षा भत्ता तथा ढुवानी खर्चमा माग बजेट घटाएको जनाएको छ । निर्वाचन र पुनर्निर्माणका लागि भन्दै अर्थले चालु आर्थिक वर्षको बजेटबाट नै रकम व्यवस्थापन गरेको जनाएको छ ।

विशेषगरी न्यून प्राथमिकतामा रहेका तथा टुक्रे नियमसँग संघीय सरकारले खर्च गर्ने सीमा भन्दा साना आयोजनामा राखिएको बजेटलाई स्थगन गरिएको थियो । यस्ता आयोजनाको बजेट स्थगन गर्दा १ खर्ब २० अर्ब रूपैयाँ रकमको जोहो अर्थले गरेको छ । निर्वाचनको लागि सबै प्रकारको खर्च गरेर करिब २० अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

8 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

9 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

9 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions