अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

दोस्रो आर्थिक गणना हुँदै, सार्वजनिक गरियो तालिका

अर्थशास्त्री by अर्थशास्त्री
पुस २२, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
दोस्रो आर्थिक गणना हुँदै, सार्वजनिक गरियो तालिका

काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालय दोस्रो आर्थिक गणनाको तयारीमा जुटेको छ । कार्यालयले पुस २१ गते सोमवार पत्रकार सम्मेलन गरी आर्थिक गणनाको तालिका सार्वजनिक गरेको हो । कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलनको काम चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सक्ने लक्ष्य छ ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यतालिका अनुसार स्थलगत तथ्यांक संकलनको काम २ वैशाख २०८३ देखि ७ असार २०८३ भित्र सम्पन्न गरिने छ ।

कार्यालयले आर्थिक मापनका लागि आर्थिक गणना नारा समेत तय गरी लोगो सार्वजनिक गरेको छ । यस गणनाका दौरान आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार/प्रतिष्ठान, रोजगारीका हिसावले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ ।

यसैगरी उद्योग, कलकारखाना, व्यापार/व्यवसाय, गैरसरकारी संघ संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायत क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिने भएको छ । यसमा अन्तर्राष्ट्रिय संघ संस्था, कुटनीतिक नियोग, प्रशासनिक क्रियाकलाप र नियमानकारी कार्य गर्ने सरकारी कार्यालय, सुरक्षा निकाय, सामान्य घरायसी क्रियाकलाप र क्षेत्र भने गणनामा समावेश नगरिने समेत कार्यालयले स्पष्ट पारेको छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम फागुन मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । १ चैत २०८२ देखि देशैभरीका ७७ जिल्ला र थप ७ गरी ८४ कार्यालय स्थापना गरिने भएको छ । यस्ता कार्यालय २०८३ असार मसान्तमा बन्द हुनेछन् ।

नेपालमा यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान/व्यवसाय रहेको देखिएको छ । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ मानिस संलग्न थिए ।

जसमध्ये २९.६ प्रतिशत महिला व्यवस्थापक रहेको देखिएको थियो । सो गणनाले औपचारिक र अनौपचारिक संख्या बराबरी जस्ता रहेको देखाएको थियो । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण संकलनको उद्देश्य लिइएको छ ।

ShareTweet

Discussion about this post

ताजा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

माघ १, २०८२
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

पुस २९, २०८२
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

पुस २६, २०८२
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

पुस २५, २०८२
हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

हरियो खुर्सानीको भाउ १०२ प्रतिशतसम्म बढ्यो

पुस २४, २०८२
बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

पुस २३, २०८२

लोकप्रिय

  • लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

    0 shares
    Share 0 Tweet 0
  • पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

सम्पत्ति शुद्धीकरण शंकास्पद : ३० प्रतिशतले बढ्यो कारोबार

1 day ago
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

2 days ago
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

5 days ago
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बभन्दा माथि

पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions