अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

अर्थशास्त्री by अर्थशास्त्री
पुस २९, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, उद्योग, उर्जा, कृषि, पढ्नै पर्ने, पूर्वाधार, यातायात
लगानी बोर्डमा १७ खर्ब ६१ अर्बका परियोजना प्रस्ताव

काठमाण्डौ । लगानी बोर्ड नेपालमा १७ खर्ब ६१ अर्ब रुपैयाँ बराबरका ५५ वटा ठूला परियोजना प्रस्ताव दर्ता भएका छन् । बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा आएका छन् । ऊर्जा क्षेत्रमा मात्रै ४० वटा आयोजनाका लागि करिब १३ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव गरिएको छ ।

त्यसैगरी उत्पादन क्षेत्रमा ९ वटा आयोजना प्रस्ताव भएका छन्, जसको प्रस्तावित लगानी करिब २ खर्ब ३३ अर्ब रुपैयाँ छ । पूर्वाधार क्षेत्रमा १ आयोजना र लगानी करिब ६४ अर्ब रुपैयाँ छ । पर्यटन क्षेत्रमा २ आयोजनाको करिब ७१ अर्ब रुपैयाँ लगानी छ भने र युटिलिटी क्षेत्रमा ३ आयोजनाको करिब ६ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । हालसम्म १७ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढीका परियोजना प्रस्ताव लगानी बोर्डमा पुगेका छन् ।

प्रणाली सुधार र तत्काल देखिने कामलाई सँगै अघि बढाउने प्रयास भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । उनले मुख्य तीन काम आफ्नो विशेष प्राथमिकतामा रहेको समेत उल्लेख गरे । ‘४० वर्षदेखि छलफलमै सीमित रहेको कृषि मल कारखाना अब ठोस रूपमा अघि बढाउन मिहिनेत भइरहेको छ,’ उनले भने । यसका लागि अन्तर्राष्ट्रिय कम्पनीहरू लगानी गर्न इच्छुक देखिएका छन् ।

त्यसैगरी सुक्खायाममा बिजुली अभाव टार्न र वर्षायाममा बाढी नियन्त्रण गर्न जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको सीईओ ज्ञवालीको भनाइ छ । ‘विशेषगरी सेती आयोजनालाई कार्यान्वयनमा लैजान आन्तरिक रुपमा द्रुत तयार भइरहेको छ,’ उनले भने । यस्ता आयोजनाबाट सिँचाइमा समेत ठूलो राहत पुग्नेछ ।

बोर्डले रोजगारी सिर्जनाका लागि सूचना प्रविधि पार्कलाई अघि बढाउन आवश्यक पहल गरिरहेको छ । विशेषगरी युवा र प्रविधिमा जोडिएको ठूलो युवालाई जोड्न पनि यो आयोजना महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘त्यसको साथै भविष्यको ऊर्जाका रूपमा हरित हाइड्रोजनमा ध्यान केन्द्रित गरिएको छ,’ ज्ञवालीले भने ।

नेपाललाई लगानीका लागि क्षेत्रीय रूपमा प्रतिस्पर्धी बनाउन कानुनी संरचना र प्रक्रियागत रुपमा काम गर्ने प्रक्रिया छिटो र सरल बनाउनैपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । यसका लागि सरकारी कर्मचारी र बाहिरका विज्ञको संयोजनमा लगानीकर्तालाई छिटो सेवा दिने संयन्त्र तयार पार्ने योजना तयार गरिरहेको जानकारी दिए । यसले आउँदा दिनमा लगानी गर्न चाहने लगानीकर्तालाई प्रोत्साहन गर्नुको साथै आकर्षित गर्न भूमिका खेल्नेछ ।

सिईओ ज्ञवालीले १६ औं पञ्चवर्षीय योजनामा ५ वर्षमा १११ खर्ब रूपैयाँको लगानी लक्ष्य राखे पनि लक्ष्य अनुसारको लगानी हुन नसकेको बताए । अहिले वार्षिक १० देखि १२ खर्ब रूपैयाँको वार्षिक लगानी अपुग देखिएको उल्लेख गरे । यसकारण पनि लगानी आकर्षित गर्नको लागि सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए ।

ShareTweet

Discussion about this post

ताजा

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

फाल्गुन ४, २०८२
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

माघ ३०, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

माघ २४, २०८२
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

माघ २३, २०८२
तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

माघ १७, २०८२
पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

माघ १४, २०८२

लोकप्रिय

  • निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

    फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

    0 shares
    Share 0 Tweet 0
  • ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

    0 shares
    Share 0 Tweet 0
  • मुद्रास्फीतिमा कमि, विप्रेषण र विदेशी मुद्रा संचितिमा बृद्धि

    0 shares
    Share 0 Tweet 0
  • तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

17 hours ago
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

5 days ago
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

2 weeks ago
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

2 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions