अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

निरन्तर घट्दै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

अर्थशास्त्री by अर्थशास्त्री
माघ ३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, उद्योग, पढ्नै पर्ने, पूर्वाधार
निरन्तर घट्दै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

Foreign Direct Investment (FDI) written on color notes. Acronym concept.

काठमाण्डौ । जेनजी आन्दोलनपछि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता निरन्तर घट्दै गएको देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) सम्म एफडीआई प्रतिबद्धता ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबर आएको छ । यो गत आवको तुलनामा बढी हो ।

तर, साउनमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएकोमा त्यसयताका सबै महिना निरन्तर घट्दो क्रममा देखिएको छ ।

साउनमा २४ अर्ब १० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो । त्यसयता पाँच महिनामा भने १५ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ ।

त्यस्तै भदौमा ८ अर्ब ९८ करोड बराबर लगानी प्रतिबद्धता आएको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनपछिका महिनामा भने यसरी आउने लगानी प्रतिबद्धतामा ह्वात्तै ब्रेक लागेको तथ्यांक छ ।

साउन र भदौमा गरी कुल ३३ अर्ब ९ करोड बराबर लगानी प्रतिबद्धता आएको थियो । असोजसम्म ३५ अर्ब १३ करोडमात्र लगानी प्रतिबद्धता पुग्यो । कात्तिकमा पुग्दा कुल ३६ अर्ब ६८ करोड लगानी प्रतिबद्धता आएको देखिएको छ ।

मंसिरसम्म ३८ अर्ब ५१ करोड रुपैयाँ बराबर प्रतिबद्धता पुगेको थियो । पुस मसान्तसम्म यो केवल ३९ अर्ब २३ करोडमा पुगेको छ । पुसमा मात्र ५९ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

चालु आव पहिलो दुई महिनामा ह्वात्तै लगानी प्रतिबद्धता आएकोमा आन्दोलनको प्रत्यक्ष प्रभाव वैदेशिक लगानीकर्तामा देखिएको छ । अघिल्लो वर्ष २०८१/८२ पहिलो ६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

६ महिनामा अटोमेटिक रुटबाट २ अर्ब ८० करोड र अप्रुभल रुटबाट ३६ अर्ब ४२ करोड बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ४ सय ७५ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार अहिलेसम्म ६ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको तथ्यांक छ । यस वर्ष दर्ता भएका उद्योगले कुल २० हजार १ सय २२ रोजगारी सिर्जना लक्ष्य राखेका छन् ।

साना उद्योगमा केन्द्रित लगानी प्रतिबद्धता

तथ्यांक अनुसार लगानी साना उद्योगमा केन्द्रित छ । पुससम्म दर्ता भएका उद्योगमध्ये ७ ठूला उद्योग छन् । मझौला उद्योग संख्या ८ छ । साना उद्योग संख्या ४ सय ६० छ । पुसमा मात्र दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन् । जुन ३६ वटा छन् ।

सूचना प्रविधि र पर्यटनमा लगानी आकर्षित

तथ्यांक अनुसार पुससम्म दर्ता उद्योगमध्ये ५४ प्रतिशत सूचना प्रविधिमा आधारित छन् । कुल २ सय ५७ उद्योग एफडीआईमा दर्ता भएका छन् ।
पर्यटनमा १ सय ४५ उद्योग दर्ता भएका छन् । जुन ३१ प्रतिशत बराबर हो । यसबाहेक सेवा उद्योग ३१, उत्पादनमूलक २७ र कृषिमा १३ उद्योग दर्ता भएको देखिएको छ ।

ShareTweet

Discussion about this post

ताजा

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

फाल्गुन ४, २०८२
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

माघ ३०, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

माघ २४, २०८२
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

माघ २३, २०८२
तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

माघ १७, २०८२
पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

माघ १४, २०८२

लोकप्रिय

  • निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

    फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

    0 shares
    Share 0 Tweet 0
  • ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

    0 shares
    Share 0 Tweet 0
  • मुद्रास्फीतिमा कमि, विप्रेषण र विदेशी मुद्रा संचितिमा बृद्धि

    0 shares
    Share 0 Tweet 0
  • तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

16 hours ago
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

5 days ago
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

2 weeks ago
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

2 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions