अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र सुधार हुँदैन – अर्थमन्त्री

अर्थशास्त्री by अर्थशास्त्री
माघ १३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र सुधार हुँदैन – अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनबाट प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आन्तरिक उत्पादनमा वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न कठिन हुने स्पष्ट पार्दै उनले स्वदेशमै उत्पादन गर्न सकिने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत नियन्त्रण गर्नुपर्ने बताए ।

७४ औं अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले अर्थतन्त्रलाई मजबुत बनाउने गरी आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्पष्ट र प्रभावकारी नीति निर्माण आवश्यक रहेको उल्लेख गरे । उनले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन तथा भन्सार नियमावली छिट्टै ल्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

निजी क्षेत्रबाट उठाइएका केही मागहरू क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्दै उनले सुधारका प्रारम्भिक चरणमा आलोचना आउनु स्वभाविक भएको बताए। सुधार निरन्तर चल्ने प्रक्रिया भएकाले त्यसका लागि नेतृत्व तहबाट दृढ पहल आवश्यक रहेको उनको भनाइ थियो ।

तराईका जिल्लामा लागूऔषध दुर्व्यसनको समस्या बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराउँदै अर्थमन्त्री खनालले नेपालमा आयात प्रतिबन्धित वस्तुहरू कसरी भित्रिरहेका छन् भन्ने विषयमा प्रश्न उठाए । साथै, अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए । अब क्युआर कोडसहितको उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत जारी गरिने उनले बताए ।

ShareTweet

Discussion about this post

ताजा

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

फाल्गुन ४, २०८२
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

माघ ३०, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

माघ २४, २०८२
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

माघ २३, २०८२
तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

माघ १७, २०८२
पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दो

माघ १४, २०८२

लोकप्रिय

  • निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

    फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

    0 shares
    Share 0 Tweet 0
  • ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

    0 shares
    Share 0 Tweet 0
  • मुद्रास्फीतिमा कमि, विप्रेषण र विदेशी मुद्रा संचितिमा बृद्धि

    0 shares
    Share 0 Tweet 0
  • तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

15 hours ago
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

5 days ago
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

2 weeks ago
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

2 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions