अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

गाँजा खेतीको वैधानिकता अर्थतन्त्र बलियो बनाउने माध्यम

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र २४, २०८१
in अर्थतन्त्र, कृषि, पढ्नै पर्ने, विशेष, व्यापार
गाँजा खेतीको वैधानिकता अर्थतन्त्र बलियो बनाउने माध्यम

काठमाण्डौ । अर्थतन्त्र बलियो बनाउन र व्यापार घाटा कम गर्न गाँजा खेती उपयुक्त माध्यम भएको सरोकारवालाले बताएका छन् ।

साउथ एसिया पार्टनसीन (साप नेपाल) ले राजधानीमा आयोजना गरेको ‘नेपालमा गाँजा खेतीको कानुनी प्रावधान तथा औद्योगिक र औषधिजन्य सम्भावना’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले गाँजा खेतीको उपयोगिता र अर्थतन्त्रमा दिन सक्ने योगदानलाई मध्यनजर गर्दै सरकारले गाँजा खेती नीति, नियमको मातहतमा वैधानिकता दिनुपर्ने बताए ।

नेपालका विभिन्न भागमा अहिले पनि अवैध रूपमा औषधीय प्रयोजनका लागि गाँजा प्रयोग हुने गरेको भन्दै यसलाई कानुनी दायरामा ल्याई व्यावसायिक खेती गरी आर्थिक लाभ लिनुपर्नेमा उनीहरूको जोड थियो ।

अन्तर्राष्ट्रिय जगत्मा ‘ग्रिन गोल्ड’ का नामले चर्चित गाँजाको खेती नेपालको आर्थिक समृद्धिका लागि पनि सम्भाव्यता खोज्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले नेपालको आर्थिक समृद्धिका लागि गाँजा महत्वपूर्ण रहेको भन्दै यसलाई वैधानिकता दिएर निश्चत क्षेत्र तोकेर खेती गर्नुपर्ने सुझाउनुभयो । उहाँले स्थानीय सरकारको नियन्त्रण र नियमनमा रहने गरी स्थानीय कृषकहरूको अगुवाइमा यसको खेती गर्ने गरी आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र जोशीले मुलुकको समृद्धिसँग जोडिएको गाँजा खेतीको सम्भाव्यता अध्ययन जरुरी भएको औँल्याउनुभयो ।

सरकारले चालु आवको बजेट वक्तव्यमा औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा पनि गरेको छ । अल्लो तथा ह्याम्प एसोसियसनका अध्यक्ष गणेश एडीले हाल विश्व बजारमा भाँङ तथा अल्लोको पोसाक तथा सामग्रीहरूको माग बढेको हुनाले सरकारले यसलाई वैधानिकता दिएको खण्डमा खर्बांै राजस्व सङ्कलन हुनुको साथै रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो । नेपाल फर्म व्यवसायी सङ्घका अध्यक्ष ऋगेन्द्र गिरीले नेपालीहरू अझै पनि गाँजा, भाङको महत्व बुझ्न नसकेर गरिब भएको बताउनुभयो । गाँजालाई पुनः वैधानिकता दिएमा अर्थतन्त्रमा सुधार आउने उहाँले बताउनुभयो ।

कार्यक्रममा साप नेपालका अध्यक्ष गीता भट्टराई, कार्यक्रम संयोजक जनक कार्की, साप नेपालका अनुसन्धानकर्ता सन्तोष भण्डारीलगायतले गाँजा खेतीलाई सहज गर्न कानुन बनाएर उत्पादन गर्ने हो भने नेपालको अर्थतन्त्र वृद्धि गर्न ठुलो टेवा पुग्ने धारणा राख्नुभएको थियो । (रासस)

ShareTweet

Discussion about this post

ताजा

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२

लोकप्रिय

  • अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    0 shares
    Share 0 Tweet 0
  • गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0
  • नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

3 days ago
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

6 days ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

6 days ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions