अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

चैत्र मसान्तसम्म २९.२ प्रतिशत मात्र विकास खर्च, धमाधम बजेट रकमान्तर

अर्थशास्त्री by अर्थशास्त्री
बैशाख १, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, पूर्वाधार, विशेष
चैत्र मसान्तसम्म २९.२ प्रतिशत मात्र विकास खर्च, धमाधम बजेट रकमान्तर

काठमाण्डौ । सरकारले यस वर्षको विकास बजेट लिएको लक्ष्यको तुलनामा २९.२ प्रतिशत मात्र खर्च गरेको छ । चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ विकास बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बराबर विकास खर्च विनियोजन गरेको थियो ।


सरकारले आठ महिनासम्म कुल बजेट खर्च ९ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ गरेको छ । यो लक्ष्यको ५३.६७ प्रतिशत हो । जसमा चालु खर्च ६ खर्ब ७८ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ५९.४५ प्रतिशत हो । यो वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बराबर चालु खर्चको लक्ष्य राखेको आधारमा विश्लेषण गर्दा अधिक नै हो । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थातर्फको बजेट समेत लक्ष्यको ५९.२३ प्रतिशत खर्च भइसकेको पनि अर्थमन्त्रालय स्रोतले बताएको छ । तर, अर्थमन्त्रालयले चैत महिनामा भएको रकमान्तर तथा थप बजेट निकासाको विवरण सार्वजनिक भने गरेको छैन ।


आर्थिक वर्षको अन्तिम अन्तिमतिर आएसँगै सरकारले बजेट खर्च बढाउन रकमान्तर र थप बजेट निकासा बढाउन थालेको हो । सुरुमा विनियोजन गरिएको बजेट खर्च हुने अवस्था नभएमा रकमान्तर गरी अन्य कार्यक्रममा पठाउने प्रचलन छ । यस वर्ष फागुन महिनामा मात्र थप बजेट निकासा ४६ मन्त्रालय तथा निकायले लिएका अर्थ मन्त्रालयले जनाएको छ । जुन २ अर्ब ३८ करोड ७ लाख रुपैयाँ बराबर हुन आउँछ ।


यस महिनामा पूँजीगत तर्फ १ करोड रुपैयाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गरिएको रकम समेत ३ अर्ब २८ करोड ९० लाख ५१ हजार रुपैयाँ पुगेको छ । सरकारले विकास बजेट खर्च बढाउन हरेक वर्षजसो रकमान्तरको सहारा लिनु पर्ने बाध्यता छ ।


कुनको कहाँ गरियो रकमान्तर ?


फागुन महिनामा ऊर्जा, भौतिक, खानेपानी, गृह, रक्षा, सहरी विकास, संघीय मामिला जस्ता मन्त्रालयमा रकमान्तर भएको छ । यस महिनामा नेपाल पानीजहाज कार्यालयका नाममा विनियोजन भएको ६ करोड रुपैयाँ बजेट हुलाकी राजमार्गका नाममा रकमान्तर गरिएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाको १० करोड बजेट गंगटे–समुन्द्रटार–गल्फुभन्ज्याङ सडकमा रकमान्तर गरिएको छ । भेरी करिडोर र उत्तर–दक्षिण राजमार्गको बजेट समेत रकमान्तर गरी बजेट व्यवस्था मिलाइएको छ ।


डुम्रे–बेशीसहर–चामे–मनाङ आयोजनाको बजेट सडक सुधार आयोजनामा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रमको बजेट निर्वाचन क्षेत्र रणनीतिक सडकमा लगिएको अर्थको विवरणमा देखिन्छ ।

नागढुंगा सुरुङमार्गको केही बजेट समेत निर्वाचन क्षेत्र रणनीतिक सडकमा रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको बस्ती विकास कार्यक्रमबाट सघन सहरी विकास कार्यक्रममा रकमान्तर गरिएको छ । रकमान्तरमा निरन्तरता देखिएपनि विकासको बजेटमा र कार्यक्रमको कार्यन्वयनमा उन्नति भएको देखिदैन ।


पूर्व अध्ययन अनुसन्धान नगरी आयोजना बजेटमा राख्नु र आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म पनि पूर्वतयारीको काम सम्पन्न गर्न नसक्नुले रकमान्तर गरी बजेट खर्च गर्नु पर्ने अवस्था सिर्जना भएको देखिन्छ ।


पूँजीगततर्फ सबैभन्दा धेरै रकमान्तर विकासे मन्त्रालयहरूका लागि भएको देखिन्छ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन १० करोड रुपैयाँभन्दा बढी विनियोजन भएका आयोजनामा स्थलगत अनुगमन तीव्र बनाउन समेत सुझाव दिएको छ ।

ShareTweet

Discussion about this post

ताजा

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२

लोकप्रिय

  • अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    0 shares
    Share 0 Tweet 0
  • गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0
  • नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

3 days ago
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

6 days ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

6 days ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions