अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

वर्तमान मौद्रिक नीतिले अंगालेका प्रमुख बुँदाहरु

अर्थशास्त्री by अर्थशास्त्री
असार २७, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, बैंक तथा वित्त, विशेष
वर्तमान मौद्रिक नीतिले अंगालेका प्रमुख बुँदाहरु

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए ।

वित्तीय क्षेत्रलाई रणनीतिक रुपमा अगि बढाई कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई ४.५ प्रतिशत कायम गरिएको छ ।

यसअघि बैंकदर साढे ६ प्रतिशत र नीतिगत दर ५ प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड कायम गरिएको छ ।

मौद्रिक नीतिले अंगालेका प्रमुख बुँदाहरु

१. निक्षेपको ब्याजदर थप घट्ने

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाएको छ ।

अहिले सर्वसाधारणले ब्याजदर करिडोरको तल्लो सीमा अनुसार नै न्यूनतम ३ प्रतिशत ब्याजदर पाउँदै आएका छन् । यो दर घट्न सक्ने देखिएको हो ।

राष्ट्र बैंकले बैंकहरूमा रहेको अधिक पुँजी निक्षेपको रूपमा लिँदा समेत ३ प्रतिशत ब्याजदर पाउँदै आएकोमा अब २.७५ प्रतिशत पाउने भएका हुन् ।

त्यस्तै, नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारिएको छ ।

२. निजी घर किन्न बैंकले दिन सक्ने ऋण बढ्यो

निजी तथा आवसीय घर बनाउन तथा किन्न बैंकहरूले दिन पाउने ऋणको सीमा बढाइएको छ ।

अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ । राष्ट्र बैंकले थप एक करोड कर्जा बढाएर ३ करोड रूपैयाँ पुर्‍याएको हो ।

त्यस्तै, पहिलो घरका लागि सम्पत्तिको मूल्यको आधारमा दिइने कर्जा अनुपात (कर्जा मूल्य अनुपात) ८० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरिएको छ । अन्यको हकमा भने ७० प्रतिशतसम्म दिने व्यवस्था गरिएको छ । यसअघि यस्तो अनुपात ७० र ६० प्रतिशत थियो ।

यो नीतिले घरजग्गा कारोबारमा सुधार ल्याउन सहयोग पुग्ने बताइएको छ ।

३. अब विदेश जानेले ३ हजार डलरसम्म साट्न पाउने

अब विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने भएका छन् ।

हाल भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले प्रतिपटक २५ सय अमेरिकी डलरसम्म साट्न पाइरहेका छन्। अब भने प्रतिपटक ३ हजार अमेरिकी डलरसम्म साट्न पाउने छन् ।

४. बैंकहरूले पुँजी बढाउन पाउने

बैंकहरूले अब आवश्यकता अनुसार राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने भएका छन् । पुँजी वृद्धिमा सहजीकरणको व्यवस्था गरिएको गभर्नर पौडेलले बताए ।

अहिले कतिपय बैंकको जोखिम सम्पत्तिको आधारमा पुँजी कोष पर्याप्तता अनुपातमा दबाब छ । यही कारण बैंकिङ प्रणालीमा ७ खर्बभन्दा धेरै रकम कर्जा लगानी योग्य पुँजी भए पनि केही बैंकले कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।

बैंकहरूले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्न पाउने व्यवस्था गरिदिन पनि माग गर्दै आइरहेका थिए ।

५. सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने

बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जा सीमा २५ करोड रूपैयाँ पुर्‍याइएको छ । अहिले यस्तो सीमा १५ करोड रूपैयाँको छ ।

सेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन वा बढाउन आग्रह गर्दै आएका थिए । यसअघि संस्थागत कर्जाको सीमा हटाइएको थियो ।

६. खराब कर्जा सकारेको रकम २ वर्षपछि बैंकले पुरक पुँजीमा गणना गर्न सक्ने

बैंकहरूले कर्जा खराब भएर आफैले सकार्नुपरेको सम्पत्ति दुई वर्षसम्म पनि बिक्री नभए त्यसबापत राखिने नियामकीय कोषको रकम बैंकहरूको पुरक पुँजी कोषमा गणना गर्न पाउने भएका छन् ।

कर्जाको भाका नाघेको एक वर्षमा कर्जा खराब हुन्छ । यस्तो कर्जा बैंकहरूले लिलाम बिक्री गर्दा पनि नबिकेमा आफैले सकार्छन् । हाल बैंक तथा वित्तीय संस्थामा यसरी सकारे ४५ अर्ब ११ करोड बराबरको गैर–बैंकिङ सम्पत्ति रकम छ ।
७. बैंकले आफ्नै मूल्यांकन आधारमा कृषि क्षेत्रलाई १० लाख रूपैयाँसम्म कर्जा दिन सक्ने

बैंकहरूले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांकन गरी १० लाख रूपैयाँसम्मको कर्जा दिनसक्ने भएका छन् ।

यस्तो कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानीको व्यवस्था गरिने भएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।

८. राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीका लागि ऐन बनाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढेको खराब कर्जा व्यवस्थापनका लागि आवश्यक सम्पत्ति व्यवस्थापन कम्पनीको ऐनको मस्यौदा तयार गरेर सरकारलाई पेस गर्ने भएको छ । राष्ट्र बैंकले सम्पत्ति गुणस्तरको मूल्यांकन गरिने समेत मौद्रिक नीतिमा उल्लेख गरेको छ ।

सम्पत्ति व्यवस्थापन कम्पनीलाई ’ब्याड बैंक’ भनेर समेत चिनिन्छ । यस्ता कम्पनीले बैंकहरूको खराब भएको ऋण किन्ने र त्यसको धितो बिक्री गरेर असुल्ने मात्रै गर्दैनन् ।

यस्ता कम्पनीहरूले कर्जाको भाका बढाइ दिने, त्यस्तो ऋणीको संस्थाको व्यवस्थापन सम्हाल्ने र केही नलागेमा बिक्री गरिदिने समेत गर्छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा उच्च दरले बढिरहेको छ । गत चैतसम्मको तथ्यांक अनुसार समग्र क्षेत्रको यस्तो खराब कर्जा औसतमा ५‍.२४ प्रतिशत छ ।

९. अब ग्राहकले क्रेडिट स्कोरको आधारमा कर्जा पाउने

अब ग्राहकले आफ्नो क्रेडिट स्कोरको आधारमा समेत कर्जा पाउने भएका छन् ।

’बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको क्रेडिट स्कोरको आधारमा समेत कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्दै लगिने गभर्नर पौडेलले बताए ।

व्यवसायीहरूले ऋणीले पाउने क्रेडिट रेटिङबाट हालसम्म कुनै लाभ नभइरहेको र यस्तै रेटिङको आधारमा फरक–फरक ब्याजदर लागू हुने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका थिए ।

१०. लघुवित्तले लाभांश दिने सीमा पुनरवलोकन गरिने

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरवलोकन गर्ने भएको छ ।

लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गर्न सकिने विषयलाई गभर्नर पौडेलले विशेष महत्व दिएका छन ।

हाल लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश दिँदा त्यसभन्दा धेरै हुने रकम विभिन्न कोषमा राख्नुपर्ने व्यवस्था छ ।

ShareTweet

Discussion about this post

ताजा

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

4 hours ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 day ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

4 days ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

4 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions