अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

मुद्रास्फीतिमा कमि, विप्रेषण र विदेशी मुद्रा संचितिमा बृद्धि

अर्थशास्त्री by अर्थशास्त्री
भदौ ९, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
मुद्रास्फीतिमा कमि, विप्रेषण र विदेशी मुद्रा संचितिमा बृद्धि

काठमाण्डौ । गत आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले भाद्र पहिलो साता सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय विवरणअनुसार यो वर्ष मुद्रास्फीति केही घटेको हो । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो ।

बैंकले बताए अनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । त्यस अघिको वर्षमा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो । यस्तै शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा थियो । यस्तै आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको थियो ।

गएको आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर १७२३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११७ अर्ब ७८ करोड रहेको थियो ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ । उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा ३१.२ प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड पुगेको छ ।


विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले वृद्धि भएर ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भएर ५४ खर्ब ९८ अर्ब पुगेको छ ।

ShareTweet

Discussion about this post

ताजा

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३

लोकप्रिय

  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेटका लागि मन्त्रालयहरुसँग छलफल जारी

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

2 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

4 days ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

5 days ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions