अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

आन्दोलनबाट प्रभावित व्यवसायीलाई ऋणमा सुविधा : राष्ट्र बैंक

अर्थशास्त्री by अर्थशास्त्री
अशोज १३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, उद्योग, बैंक तथा वित्त
राष्ट्र बैंक सेयर कर्जामा लचिलो, जोखिम भार घट्यो

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति भोगेका उद्यमी व्यवसायीलाई कर्जा पुनर्तालिकीकरण तथा पुनसंरचनाको सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार बैङ्क तथा वित्तीय संस्थाहरूलाई यस सम्बन्धी व्यवस्था गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कको निर्देशन अनुसार क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले आगामी पुस मसान्तसम्म कर्जा पुनर्तालिकीकरण तथा पुर्नसंरचनाको सुविधा पाउने छन् ।

राजधानीलगायत देशका विभिन्न क्षेत्रमा जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीलाई यस्तो सुविधा दिन लागिएको हो ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई शुक्रबार जारी गरेको निर्देशन अनुसार पुनर्संरचित कर्जा असार मसान्तको वर्गमै कायम रहने छ भने नयाँ कर्जामा आधार दरमा ०.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाइने छ ।

पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ ।

प्रत्यक्ष रूपमा प्रभावित उद्योग/व्यवसाय पुनर्स्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा ०.५ प्रतिशत विन्दु प्रिमियम मात्र थप गरी कर्जाको ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आन्दोलनका क्रममा उत्पन्न असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग जोडिएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी बुझाउनुपर्ने ब्याजको न्यूनतम पाँच प्रतिशत रकम असुलउपर गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

प्राकृतिक प्रकोपका कारण पछिल्ला दिनमा रसुवा र तातोपानी भन्सार नाकामा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले व्यवसायमा परेको प्रभावको यकिन गरी पुस मसान्तसम्म ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने सुविधा राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशिकामा उल्लेख छ ।

ShareTweet

Discussion about this post

ताजा

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

2 hours ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 day ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

4 days ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

4 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions