अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

दशैं र तिहार लगत्तै फलफूल बजार ५० प्रतिशतले घट्यो

अर्थशास्त्री by अर्थशास्त्री
कार्तिक १३, २०८२
in अर्थतन्त्र, कृषि, व्यापार
दशैं र तिहार लगत्तै फलफूल बजार ५० प्रतिशतले घट्यो

काठमाण्डौं । दशैं र तिहारजस्ता ठूला चाडपर्व सकिए लगत्तै नेपालको फलफूल बजारमा कारोबार घटेको छ । नेपाल फलफूल थोक व्यवसायी महासंघका अनुसार तिहारअघिको तुलनामा फलफूल बिक्रीमा ५० प्रतिशतको गिरावट आएको हो ।

महासंघले तिहारपछि लगत्तै छठ पर्व परे पनि विगतका वर्षहरूमा जस्तो यसपालि काठमाडौं उपत्यकाको बजारमा अपेक्षित कारोबार नभएको बताएको छ । तिहारमा उपभोक्ताले ठूलो मात्रामा फलफूल किनेर स्टक राखेका कारण तिहारपछि व्यापारमा कमी आएको हुन सक्ने महासंघको ठम्याइ छ ।

विगतका वर्षहरूमा छठका लागि तराईका जिल्लामा ४–५ ट्रक फलफूल पठाइने गरिन्थ्यो तर यसपालि तराईबाट कुनै पनि फलफूलको माग नभएको देखिन्छ ।
यस वर्षको छठमा केराको माग अपेक्षा गरिएभन्दा निकै कम रहेको महासंघ बताउँछ ।

महासंघका अनुसार छठ पर्वमा विशेषगरी तराई क्षेत्रमा केराको माग उच्च हुने गर्दछ । तर, यसपालि उपत्यका सहित समग्र बजारमा केराको कारोबार सुस्त रह्यो ।

‘केराको माग घट्नुमा नेपाली केराको गुणस्तरमा कमी, भारतीय केरासँगको प्रतिस्पर्धा र व्यवस्थित उत्पादन प्रक्रियाको अभाव प्रमुख कारणका हुनसक्ने महासंघको दाबी छ ।

यसपालि दशैंदेखि छठसम्म स्वदेशी केराले नै धान्ने र आयात नगर्ने भनिएको थियो । तर, केराको आयात रोक्ने प्रयास सफल हुन सकिएन किनभने नेपाली केरा ढुवानीका क्रममा चाँडै पाक्ने, राम्रोसँग रङ नबस्ने र क्षति हुने समस्या देखिन्छ । यसो हुनुमा नेपाली किसानले केरामा युरिया मलको अत्यधिक प्रयोग गरेको हुन सक्ने आशंका छ ।

भारतबाट आयात गरिएका केरा चार–पाँच दिनसम्म टिक्ने र प्याकेजिङ तथा ढुवानीमा पनि राम्रो हुने भएकाले व्यवसायीहरू नेपाली केरामा लगानी गर्न हिचकिचाएको देखिन्छ । नेपाली केरामा प्याकेजिङ, ग्रेडिङ र ढुवानीको उचित व्यवस्थापन नहुँदा बजारमा यसले राम्रो मूल्य पाउन सकेको देखिदैन ।

मुस्ताङको स्याउले गुणस्तर, ग्रेडिङ र प्याकेजिङमा ध्यान दिएकाले बजारमा यसको माग उच्च छ र प्रतिकिलो २ सय २० देखि ३ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ । जुम्लाको स्याउले भने गुणस्तर र प्याकेजिङमा ध्यान नदिएकाले बजार पाउन नसकेको महासंघले बताएको छ ।

नेपाली फलफूल बजारमा आत्मनिर्भर हुनका लागि सरकार र व्यवसायी दुवैले पहल गर्नुपर्ने देखिन्छ । विशेषगरी केराको गुणस्तर सुधार, प्याकेजिङ, ग्रेडिङ र ढुवानीमा राज्यले अनुदान र सहयोग प्रदान गर्नुपर्ने आवश्यकता रहेको छ ।

समग्र फलफूलको कारोबारमा कमी आउनुमा चाडपर्वपछिको स्वाभाविक मन्दी, बढ्दो चिसो र उपभोक्ताको बदलिँदो किनमेलको ढाँचा मुख्य कारण रहेको महासंघले उल्लेख गरेको छ ।

ShareTweet

Discussion about this post

ताजा

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२

लोकप्रिय

  • अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    0 shares
    Share 0 Tweet 0
  • गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0
  • वीरगञ्ज भन्सार आयात निर्यात मै अगाडि

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

3 days ago
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

6 days ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

6 days ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions