अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

कात्तिक मसान्तसम्म आठ प्रतिशतमात्र बाह्य ऋण प्राप्त

अर्थशास्त्री by अर्थशास्त्री
मंसिर ११, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, बैंक तथा वित्त
सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब पुग्यो

काठमाण्डौं । चालु आर्थिक वर्षको चार महिना कात्तिक मसान्तसम्म सरकारले १८ अर्ब ७५ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले २ खर्ब ३३ अर्ब रुपैयाँ बाह्य ऋण प्राप्त गर्ने अनुमान गरेको छ । तर कात्तिकसम्म आएको यो ऋण रकम वार्षिक लक्ष्यको ८.०४ प्रतिशतमात्र हो ।

सरकारले चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये बाह्य ऋण २ खर्ब ३३ अर्ब र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब हो ।

बजेटमा राखिएका आयोजना कार्यान्वयनको क्षमता कमजोर हुँदा दातृ निकायले दिने बाह्य ऋण कम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । दातृ निकायले दिन्छु भनेको ऋण नदिएको होइन, आयोजना सम्झौता अनुसार काम गर्न नसक्दा पछिल्लो समय विगतको भन्दा घट्दै गएको कार्यलय बताउँछ ।

बाह्य ऋण विशेषगरी विकास पूर्वाधार परियोजनामा खर्च गर्ने उद्देश्यले लिएको हुन्छ । उद्देश्यअनुसार परियोजना कार्यान्वयन कमजोर हुँदा लक्ष्यअनुसार बाह्य ऋण कम आउने गरेको सम्बन्धित निकायको भनाइ छ । चालु आर्थिक वर्ष सुरुका चार महिनामा बाह्य ऋण कम आए पनि वर्षको अन्तिमसम्म ऋण बढ्ने सक्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालय बताउँछ । पहिलो चौमासिक समयमा परियोजनाको कम राम्रोसँग नहुने हुँदा खर्च पनि कम हुन्छ । सोहीअनुसार ऋण पनि कम नै आउने गर्छ । जुन विगतदेखिकै परम्परा रहेको बताईन्छ ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिकसम्म कुल सार्वजनिक ऋण १ खर्ब ३८ अर्ब ७५ करोड प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३.२९ प्रतिशत हो । यस्तै, कात्तिक मसान्तसम्ममा आन्तरिक ऋण १ खर्ब २० अर्ब रुपैयाँ उठाइएको छ । यो वार्षिक लक्ष्यको ३३.१५ प्रतिशत हो । कार्यालयका अनुसार सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिकको हिस्सा ८६.४८ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा १३.५२ प्रतिशत मात्र छ ।

चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा कात्तिक मसान्तसम्ममा ५५ अर्ब ३६ करोड रुपैयाँ थप भई २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.६९ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५३.२५ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.७५ प्रतिशत पुगेको छ । कार्यालयका अनुसार कात्तिकसम्म कुल आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड पुगेको छ । यो जीडीपीको २०.८३ प्रतिशत हो । यस्तै, बाह्य ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड पुगेको छ । यो जीडीपीको २३.८० प्रतिशत हो ।

कार्यालयका अनुसार आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा ऋणको साँवा ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यो वार्षिक बजेट विनियोजनका आधारमा ३६.७१ प्रतिशत हो ।

आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब १२ अर्ब र ब्याज भुक्तानीमा १९ अर्ब ९३ करोड खर्च भएको छ । यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा १५ अर्ब ३५ करोड खर्च गरेको छ भने ब्याज भुक्तानीमा ३ अर्ब ८८ करोड खर्च भएको छ ।

ShareTweet

Discussion about this post

ताजा

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

चैत्र २७, २०८२
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चैत्र २७, २०८२
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

चैत्र २७, २०८२
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

चैत्र २७, २०८२
Nepal Telecom

नेपाल टेलिकमले ल्यायो विद्यार्थीका लागि ‘एसईई अफर’

चैत्र २६, २०८२
कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

कृषिमन्त्रीद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन   

चैत्र २६, २०८२

लोकप्रिय

  • १५ आर्थिक कानुन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

    सेयर बजारमा सुनौला दिन आउँदैछन, आत्तिनु पर्देनःअर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0
  • टेलिकमले गर्‍यो ‘डाटा प्याक’ सकिएपछि मेन व्यालेन्सबाट डाटा नचल्ने व्यवस्था

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी गर्न एनआईबीएल इक्विटी पार्टनर्सले गर्‍यो सम्झौता

9 hours ago
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण   

9 hours ago
युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

युद्धका कारण आपूर्ति प्रणाली प्रभावति हुँदा थलिँदै विश्व अर्थतन्त्र

9 hours ago
अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

अर्थतन्त्रमा जोखमि बढेको भन्दै सावधानी अपनाउन आईएमएफको सुझाव

10 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions