अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

लिएको ऋणभन्दा भुक्तानी अधिक

अर्थशास्त्री by अर्थशास्त्री
मंसिर १२, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
लिएको ऋणभन्दा भुक्तानी अधिक

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना कात्तिक मसान्तसम्ममा थपिएको सार्वजनिक ऋणभन्दा सरकारले तिरेको साँवाब्याजको रकम धेरै हुन पुगेको छ । कात्तिकसम्म सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड ऋण लिएकोमा १ खर्ब ५० अर्ब ८८ करोड रुपियाँ ऋणबापतको साँवाब्याज भुक्तानी गरेको छ ।

सरकारले लिने ऋणको हिसाबकिताब राख्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको कात्तिकसम्म सरकारले लिएको कुल ऋणमध्ये १ खर्ब २० अर्ब रुपियाँ आन्तरिक ऋण रहेको छ । बाँकी १८ अर्ब ७५ करोड रुपियाँ बाह्य ऋण रहेको कार्यालयले उल्लेख गरेको छ ।

समीक्षा अवधिमा सरकारले आन्तरिक ऋणबापतको १ खर्ब ३१ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गरेको छ । जसमध्ये १ खर्ब १२ अर्ब २६ करोड साँवा र १९ अर्ब ३९ करोड रुपियाँ ब्याज भुक्तानी रहेको छ ।

त्यस्तै कात्तिकसम्म बाह्य ऋणबापत सरकारले १९ अर्ब २३ करोड रुपियाँ भुक्तानी गरेको कार्यालयले जनाएको छ । कुल बाह्य ऋण भुक्तानीमध्ये १५ अर्ब ३५ करोड रुपियाँ साँवा र ३ अर्ब ८८ करोड रुपियाँ ब्याज भुक्तानी छ । सरकारले गरेको यो भुक्तानी विगतका वर्षमा लिएको ऋणबापतको हो ।

चालु वर्षमा थपिएको समेत मुलुकले तिर्नुपर्ने कुल ऋणको दायित्व अहिलेसम्म २७ खर्ब २९ अर्ब ४१ करोड रुपियाँ पुगेको छ, जसमध्ये १२ अर्ब ७५ अर्ब रुपियाँ ९६ करोड रुपियाँ आन्तरिक र १४ खर्ब ५३ अर्ब ४५ करोड रुपियाँ बाह्य ऋण रहेको छ । नेपालले तिर्नुपर्ने कुल ऋणको दायित्व मुलुकको अर्थतन्त्रको आकारको अनुपातमा ४४.६९ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।

ऋण भुक्तानीपछि चालु वर्षको चार महिनामा सरकारले तिर्नुपर्ने खुद ऋण दायित्व भने गत आवभन्दा ५५ अर्ब ३६ करोड रुपियाँ थपिएको छ । यो साँवाब्याज भुक्तानीपछि कायम ऋण हो । सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयनका लागि राजस्वबाट नपुग रकम ऋणबाट बेहोर्ने गर्छ, जसलाई संसद्बाट पारित बजेटमार्फत कानुनी मान्यता प्रदान गरिन्छ । चालु आवको बजेटमार्फत सरकारले स्रोत नपुग हुने पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपियाँ ऋणमार्फत बेहोर्ने लक्ष्य राखेको छ, जसमध्ये तीन खर्ब ६२ अर्ब रुपियाँ आन्तरिक ऋण र बाँकी दुई खर्ब ३३ अर्ब ६६ करोड रुपियाँ बाह्य ऋण लिइने छ ।

यस वर्ष राखिएको कुल लक्ष्यको तुलनामा सरकारले कात्तिकसम्म २३.२९ प्रतिशत ऋण लिइसकेको छ, जसमध्ये ठुलो हिस्सा आन्तरिक ऋणको छ । बजेटमा वित्तीय खर्च शीर्षकमा सरकारले तिर्नुपर्ने ऋणको साँवा भुक्तानी व्यवस्था गरिएको हुन्छ । ब्याज भुक्तानी भने चालु खर्चबाटै गरिन्छ ।

सरकारले लिने ऋणमध्ये आन्तरिक ऋण अल्पकालीन र बढी ब्याज तिर्नुपर्ने दायित्वको हुन्छ । सरकारले नागरिक बचतपत्र, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र जस्ता ऋणपत्र (बन्ड) जारी गरेर न्यूनतम तीन महिनादेखिका लागि ऋण उठाउने काम गर्छ । यसको ब्याजदर अहिले औसतमा छ प्रतिशतभन्दा माथि छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यस्ता ऋणपत्र निष्कासन गर्छ । बाह्य ऋण भने दीर्घकालीन प्रकृतिका हुन्छन् जसको ब्याजदर अत्यन्त न्यून हुन्छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालले लिएका बाह्य ऋण करिब ३० वर्षमा भुक्तानी गर्नुपर्ने किसिमका छन् । यस्तो ऋणको ब्याजदर अहिले ०.७५ प्रतिशतदेखि १.५ प्रतिशतसम्म छ । बजेटमार्फत घोषणा गरिएका ठुला आयोजना कार्यान्वयनका लागि सरकारले द्विपक्षीय अथवा बहुपक्षीय निकायबाट यस्तो ऋण लिने गर्छ । विश्व बैङ्क, एसियाली विकास बैङ्क, एक्जिम बैङ्क जस्ता बहुपक्षीय र जापान, नर्वे जस्ता द्विपक्षीय साझेदारबाट नेपालले ऋण लिने गर्छ । यसरी ऋण लिनुपूर्व त्यसमा समझदारी जुटाउन मन्त्रीपरिषद्को स्वीकृति अनिवार्य हुन्छ ।

ShareTweet

Discussion about this post

ताजा

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

4 hours ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 day ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

4 days ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

4 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions