अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

कर वक्यौता बढ्दै, ९४ अर्ब ९५ करोड वक्यौदा उठेन

अर्थशास्त्री by अर्थशास्त्री
मंसिर ३०, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
कर वक्यौता बढ्दै, ९४ अर्ब ९५ करोड वक्यौदा उठेन

काठमाण्डौ । पछिल्ला वर्षहरुमा उठ्न बाँकी कर वक्यौता उठ्न सकेको छैन । आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो । त्यसो त, पछिल्लो समय कर कार्यालयहरुले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी कर रकम पनि अबौं रहेको छ ।

विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुगेको छ । अघिल्लो वर्षमा वक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड असुली भएको छ ।

यो प्रगति लक्ष्यको ३८.२९ प्रतिशत हो भने मू.अ.करतर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड असुली गरिएको छ । जुन लक्ष्यको ६३.२८ प्रतिशत हो । वक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड उठेको छ । जुन प्रगती लक्ष्यको ७८.१ प्रतिशत हो भने मूल्य अभिवृद्धि करतर्फ भने १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरीक राजस्व विभागले जनाएको छ ।

कानूनी कारवाहीमार्फत असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड मात्र असुली भएको छ । जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो । नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

विवरणअनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट निर्धारण भएका आयकर, मूल्य अभिवृद्धि कर (मू.अ.कर), अन्तःशुल्क तथा साविकका अन्य कर रकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम वक्यौता कायम हुने गर्दछ ।

यसरी कायम भएको वक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक कार्यालयगत बक्यौता संकलन लक्ष्य निर्धारण गर्ने, वक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा कार्यालयहरूबाट उठेका बक्यौता सम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजश्व विभागको वक्यौता शाखा शाखाले गर्दै आएको छ ।

ShareTweet

Discussion about this post

ताजा

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३

लोकप्रिय

  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन मन्त्रालयको निर्देशन     

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

6 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 week ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

2 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions