अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

अर्थशास्त्री by अर्थशास्त्री
माघ १७, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, कृषि, पूर्वाधार
तीनै तहका सरकारले कृषिमा १० प्रतिशत बजेट विनियोजन गर्ने

काठमाण्डौ । तीन तहका सरकारले कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन सुनिश्चित गर्ने सहमति गरेका छन् । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम आयोजित बैठकले उक्त निर्णय गरेको हो ।

बैठक संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.मदनप्रसाद परियारको अध्यक्षता भएको थियो । कृषि विषय क्षेत्रको विषयगत समितिको एघारौँ बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि प्रादेशिक तथा स्थानीय कानुन तर्जुमा गर्ने विषयमा सहमति तथा प्रतिबद्धता व्यक्त गरिएको थियो । यसैगरी न्यूनतम समर्थन मूल्य कार्यक्रमको कार्यान्वयनमा आवश्यक सुधार गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

बैठकले कृषि क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ । यसैगरी लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्वारामा सम्पन्न बैठकमा सातै प्रदेशका कृषि मन्त्रीहरू, संघीय तथा प्रादेशिक सचिवहरू र स्थानीय तहका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो ।

बैठकमा कृषि क्षेत्रका प्राथमिकता निर्धारण, नीति तथा कार्यक्रम र योजनाहरूको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा व्यापक छलफल तथा अन्तर्क्रिया गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीहरूको समाधान खोज्ने विषयमा पनि बैठकमा गहन विमर्श भएको थियो ।

विशेषगरी रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन, पशुपन्छी रोग तथा महामारी नियन्त्रण, कृषि तथा पशुपन्छी स्रोत केन्द्रहरूको विकास, कृषि बजारको समुचित व्यवस्थापन र कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ । त्यसैगरी कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने, उद्यमशीलता विकास गर्ने, अनुदान प्रणालीमा सुधार गर्दै दोहोरोपना हटाउने, विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्ने विषयमा साझा धारणा बनाइएको छ ।

ShareTweet

Discussion about this post

ताजा

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३

लोकप्रिय

  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेटका लागि मन्त्रालयहरुसँग छलफल जारी

    0 shares
    Share 0 Tweet 0
  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

2 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

4 days ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

5 days ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions