अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र २८, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, बैंक तथा वित्त, व्यापार
नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

काठमाण्डौ । नेपालको अर्थतन्त्रमा संकुनको अवस्था देखिएको लामो समय भइसकेको छ । २०८२ साललाई बिदाइ गर्ने चरणमा पुग्दा पनि नेपालको आन्तरिक अर्थतन्त्र भने दबाबमा नै रहेको छ । बाह्य क्षेत्रका केही सूचक सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्र भने दबाबमा नै रहेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य क्षेत्र बलियो देखिएको छ । तर, आन्तरिक अर्थतन्त्र भने कमजोर नै रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको फागुनसम्म आइपुग्दा औसत मुद्रास्फीति २.१३ प्रतिशतमा सीमति रहेको छ । यस्तै, शोधानान्तर स्थिति बचतमा रहेको छ भने विप्रेषण (रेमिटेन्स) बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च स्तरमा पुगेर २३ अर्ब ८ करोड अमेरिकी डलर पुगेको छ । जसबाट २१.४ महिनाको आयात धान्न सक्ने देखिन्छ ।

तर, पछिल्लो समय मध्यपूर्व भइरहेको युद्ध र इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा त्यो पनि कमजोर हुने अवस्था देखिएको अर्थविद्हरुको भनाइ छ । नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति सकारात्मक भए पनि अन्य सूचकहरु नकारात्मक अवस्थामा रहेको अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । ‘बाह्य अर्थतन्त्रमा नेपालको वैदेशिक व्यापार पनि पर्छ होला । नेपालको वैदेशिक व्यापार ठूलो घाटामा रहेको छ । यो अवस्थामा सबै बाह्य क्षेत्र भन्दा केही सूचक सकारात्मक छ,’ उनले भने ।

आन्तरिक रुपमा उत्पादन गरेर निर्यात बढी भएको भन्दा पनि बाहिरबाट ल्याएको वस्तुमा केही भ्यालु एड गरेर पठाएको सामान निर्यात बढ्नुले खासै अर्थ नराख्ने उनको भनाइ छ । अहिले देशभित्र बैंकको ब्याजदर कम हुँदापनि कर्जा प्रवाह अपेक्षिकृत रुपमा बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह ४.४ प्रतिशतले मात्रै बढेको छ । जबकी गत वर्षको फागुनमा यस्तो कर्जा प्रवाह ६ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार चैत २३ गतेसम्म बैंकिङ प्रणालीमा ७८ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५८ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

आन्तरिक क्षेत्रमा देखिएका अन्य सूचकहरु पनि कमजोर रहेका छन् । बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) बढ्दो छ भने ऋणीहरुले साँवा–ब्याज भुक्तानीमा कठिनाइ भोगिरहेका छन् । अहिले घरजग्गा कारोबारमा समेत गिरावट देखिएको छ । अहिलेको अवस्थामा निजि क्षेत्रको मनोबल घटीरहेको छ ।

यसैबीच, विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२६ मा २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको ४.६ प्रतिशतभन्दा कम हो । विश्व बैंकको नवीनतम नेपाल डेभलपमेन्ट अपडेट अनुसार मध्यपूर्वको संघर्ष र गएको सेप्टेम्बर सन् २०२५ मा भएको आन्दोलनका कारणले अर्थतन्त्रमा दबाब परेको जनाइएको छ ।

आन्तरिक अर्थतन्त्र बलियो हुन नसक्नुको कारण लगानी नहुनु र निजी क्षेत्रको मनोबल पनि बढ्न नसक्नु रहेको अर्थविद् अधिकारीको भनाइ छ । ‘निजी क्षेत्र र सरकारी लगानी दुवै बढ्न सकेको छैन । बैंकमा पैसा छ तर कर्जा जान सकेको छैन । यो अवस्थामा अर्थतन्त्र चलायन हुन सक्दैन’ उनले भने । अर्को तर्फ विदेशमा रहेकाहरुले पनि रोजगारी गुमाउने र रेमिट्यान्स पनि कम हुने र तेलको मूल्य बढ्दा नेपालको अर्थतन्त्र थप समस्यामा पर्ने उनको भनाइ छ । अर्को तर्फ पुँजी गत खर्चमा विनियोजन पनि कम र खर्च पनि कम हुने कारणले पनि अर्थतन्त्रमा दबाब परेको उनी बताउँछन् ।

अधिकारीका अनुसार बाह्य क्षेत्रको केही सूचक मजबुतीले अर्थतन्त्रलाई केही समयका लागि दबाबबाट जोगाएको भए पनि युद्ध लम्बिदा त्यसमा पनि दबाब पर्ने छ । नेपालको आन्तरिक संरचनागत सुधार बिना दिगो आर्थिक हुन नसक्ने उनको भनाइ छ ।

विश्व बैंकको एक अध्ययनअनुसार राष्ट्रिय गौरवका आयोजनाहरु कार्यान्वयन गर्न औसत ४१ वर्ष लाग्ने अनुमान गरिएको छ । जसले संस्थागत ढिलासुस्तीलाई उजागर गर्दछ । यसैबीच, चालु आवको फागुनसम्म निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने आयात १२.५ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।

यससँगै व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि चालु खाता भने ५ खर्ब ५२ अर्ब रुपैयाँले बचतमा रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो । राजस्व संकलनमा भने अपेक्षित प्रगति हुन सकेको छैन । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको भएपनि चैत २५ गतेसम्म ८ खर्ब ३६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

ShareTweet

Discussion about this post

ताजा

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

चैत्र २८, २०८२

लोकप्रिय

  • नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

    नेपालको अर्थतन्त्र – बाह्य सूचकमा सुधार, आन्तरिक क्षेत्र अझै दबाबमा

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

    0 shares
    Share 0 Tweet 0
  • ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

2 days ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

2 days ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

2 days ago
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

2 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions