अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

अर्थशास्त्री by अर्थशास्त्री
बैशाख १९, २०८३
in अर्थतन्त्र, अर्थराजनीति, व्यापार
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

काठमाण्डौ । भारतीय रिजर्भ बैंकले अमेरिकी डलरको आपूर्ति बढाउन नसक्दा भारु इतिहासमै कमजोर भएको छ । जसका कारण नेपाली रुपैयाँ समेत हालसम्मकै कमजोर बन्न पुगेको देखिन्छ ।

आरबीआईले डलरको आपूर्ति बढाएर केही हदसम्म भारुको मूल्यलाई स्थिर राख्ने प्रयास गर्दछ । तर यतिबेला आरबीआईले डलर आपूर्ति गरिरहेको छैन । मध्यपश्चिमको द्वन्द्वबाट परेको मूल्यवृद्धिसहितको असर र वैकल्पिक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण भारतीय रुपैयाँ कमजोर बनेको छ ।

पछिल्लो समयमा ब्रिक्स राष्ट्रहरू डलरको वैकल्पिक मुद्रा विकास गर्ने तयारीमा छन् । भारत पनि त्यसको एउटा सदस्य राष्ट्र हो । साथै रसिया र युक्रेन युद्धको समयमा भारतले आफ्नै मुद्रामा रसियाबाट तेल आयात गरेको थियो । भारतको फरक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण पनि यतिबेला आरबीआईले डलरको आपूर्ति नबढाएको हुन सक्ने जानकारहरू बताउँछन् ।

मध्यपश्चिमको युद्ध, तेलको मूल्य वृद्धि, समग्र मूल्यवृद्धि, अमेरिकी ब्याजदर वृद्धिका कारण कमजोर बनेको भारुलाई हाल समायोजन नै गर्न दिने नीति भारतले लिएको हुनसक्ने उनीहरूको भनाइ छ ।

शुक्रबार अमेरिकी डलरको तुलनामा भारु मात्र नभइ नेपाली रुपैयाँ पनि हालसम्मकै कजोर भएको छ । नेपाल र भारत बीच विनिमयदर प्रणाली स्थिर छ । अर्थात् १६० नेपाली रुपैयाँ बराबरको १०० भारु तोकिएको छ । डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर हुन जान्छ । त्यसैले डलरको तुलनामा भारु कमजोर वा बलियो हुँदा नेपाली रुपैयाँ प्रभावित हुन्छ ।

शुक्रबार मात्रै एक अमेरिकी डलर बराबर भारतीय रुपैयाँ ९४.८८ कायम भएको छ । त्यसैगरी एक अमेरिकी डलर बराबरका नेपाली रुपैयाँ खरिद दर १५१.५६ र बिक्री दर १५२.१६ कायम भएको छ । अमेरिकी डलरसँग विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले त्यसको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

सन् २०२६ को अप्रिलमा मात्रै भारतबाट १.१ लाख करोड भारु बाहिरिएको राष्ट्र बैंक स्रोतले बताउँछ । अप्रिलमा मात्रै भारतीय रुपैयाँ ५.५ प्रतिशतले कमजोर भएको छ । भारतबाट विदेशी लगानी अमेरिका फिर्ता हुने क्रम जारी छ । साथै विश्व राजनीति अस्थिरताले लगानीकर्तामा डलर प्रतिको विश्वास झनै बढेपछि भारुमा गिरावट आएको जानकारहरु बताउँछन् । पछिल्लो समयमा इजरायल–इरानको युद्ध तथा पेट्रोलियम पदार्थको आपूर्ति श्रृंखला नै बिग्रिएपछि विश्वव्यापी रुपमा डलर बलियो भएको थियो ।

अमेरीका–इजरायल र इरान युद्धका कारण दक्षिण एसियालाई बढी प्रभाव पारेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । पेट्रोलियम पदार्थ, रासायनिक मल तथा प्लास्टिक आपूर्तिमा समस्या आएका कारण डलर बलियो भएको थापाले बताए ।

मध्यपश्चिम तनावको असर अमेरिकाको अर्थतन्त्रमा नपरेको र लगानीकर्ताका लागि डलर थप सुरक्षित बन्दा झन् रोजाइमा परेको उनको बुझाइ छ । ‘मध्यपश्चिम तनावका कारण आपूर्ति श्रृंखला प्रभावित हुँदा भारु कमजोर भयो,’ थापाले भने, ‘भारतमा आउने पूँजी पनि अमेरिकातिर फर्कियो । अर्थतन्त्रले राम्रो गरेन, मूल्य वृद्धि भयो, जसले भारत लगायतका देशहरुको विनिमय दर कमजोर भयो ।’

अहिलेको मुख्य समस्या भनेको पेट्रोलियम पदार्थको आपूर्ति रहेको उनले बताए । रासायनिक मल, प्लास्टिक लगायत धेरै वस्तुको आपूर्ति श्रृंखलामा अप्ठेरो परेको उनको बुझाइ छ । भारत पेट्रोलियम पदार्थमा आत्मनिर्भर छैन ।

नेपाली मुद्रा कमजोर हुँदा रेमिट्यान्स प्राप्त गर्ने परिवारको आम्दानी बढ्ने देखिन्छ । पर्यटन उद्योग, निर्यातहरूमा नेपाली रुपैयाँ कमजोर हुँदा फाइदा हुन्छ,। यसको नकारात्मक पक्ष भनेको वैदेशिक ऋणहरूको किस्ता तथा साँवा तिर्नको लागि महँगो पर्छ । मुल्यवृद्धि पनि बढ्ने विज्ञहरुले बताएका छन् ।

ShareTweet

Discussion about this post

ताजा

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 hours ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

6 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions