अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

भूमिहीनलाई एक पटकका लागि जग्गा दिइने

अर्थशास्त्री by अर्थशास्त्री
जेष्ठ २२, २०८२
in अर्थराजनीति, पूर्वाधार, विशेष
भूमिहीनलाई एक पटकका लागि जग्गा दिइने

काठमाण्डौ । हदबन्दीभन्दा बढी जग्गा राखेका संस्था तथा कम्पनीलाई घडेरी तथा आवास निर्माणका हकमा छुट दिने भूमि ऐन संशोधन विधेयक परिमार्जनका लागि संशोधन दर्ता भएको छ । उपयोग र वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराएर मात्र यस्ता छुट सुविधा उपभोग गर्न पाउने गरी संशोधन दर्ता भएका हुन्‌ । यस्तै कृषि, उद्योग तथा अन्य प्रयोजन देखाएर छुट सुविधा लिएको जग्गा भने घडेरी तथा आवासमा परिवर्तन गर्न नपाइने व्यवस्था थपका लागि पनि संशोधन दर्ता भएका छन्‌ ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा एकल र संयुक्त गरी ५१ संशोधन स्वीकृत भएका छन्‌ । भूमि, वन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका केही व्यवस्था संशोधनका लागि सरकारले विधेयक दर्ता गरेको हो । अध्यादेश अस्वीकृत भएपछि सरकारले नियमित विधायिकी प्रक्रियाबाटै विधेयक अघि बढाएको थियो ।

विधेयकमा सत्तारूढ दल नेपाली कांग्रेसका दुई महामन्त्रीसहित १५ सांसदको संशोधन छ । यस्तै सत्तारूढ नेकपा (एमाले) का एक सांसदको संशोधन दर्ता छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका अधिकांश सांसदको संशोधनमा वन र राष्ट्रिय निकुञ्ज सम्बन्धित मौजुदा व्यवस्था संशोधन नगर्न माग गरिएको छ ।

यस्तै भूमिहीन र सुकुमवासीलाई अन्यत्र घरघडेरी भए वा नभएको यकिन गरेर मात्र एक पटकका लागि जग्गा उपलब्ध गराउन कांग्रेस सांसदसमेतको संशोधन छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सांसद दिलेन्द्र बडूसमेतको संयुक्त संशोधनमा उक्त प्रस्ताव गरिएको छ ।

संशोधन प्रस्तावमा भनिएको छ, “अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँदा, जग्गाको प्रकृति, क्षेत्रफल, मूल्याङ्कन, आवाद कमोतको अवधि र अन्य सहरी क्षेत्रमा घरघडेरी भए नभएकोसमेत हेरी तोकिएबमोजिमको दस्तुर लिई जग्गाको स्वामित्व उपलब्ध गराउन सक्ने छ ।”

यस्तै कांग्रेसका सबै सांसदको संशोधनमा कृषि, उद्योग तथा अन्य प्रयोजनका लागि हदबन्दी छुट लिएकामा उद्देश्य अनुसार प्रयोग नगरी घरजग्गा कम्पनीमा स्थानान्तरण गर्न नदिने प्रस्ताव गरिएको छ ।

उपयोगको प्रतिवेदन अनिवार्य

हदबन्दी बढीको जग्गा आवास र अपार्टमेन्टमा रूपान्तरण गर्दा उपयोग र वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत अनिवार्य गर्न संशोधन दर्ता भएका छन्‌ । रास्वपा र जसपा (नेपाल) का सांसदले प्रतिवेदन स्वीकृतको पक्षमा संशोधन दर्ता गरेका हुन्‌ ।

रास्वपाका मनीष झा, विनिता कठायत, सुमना श्रेष्ठ र निशा डाँगीलगायतले प्रतिवेदन अनिवार्य स्वीकृतको पक्षमा संशोधन दर्ता गर्नुभएको हो । हदबन्दीभन्दा बढी जग्गा राख्ने अनुमति पाउने संस्था वा कम्पनीले उपयोगसम्बन्धी परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन पनि स्वीकृत गराउनुपर्ने व्यवस्था थप गर्ने प्रस्ताव संशोधन गरिएको छ । यस्ता प्रतिवेदन सार्वजनिक रूपमा उपलब्ध हुने गरी विद्युतीय माध्यममा राख्ने व्यवस्थामा पनि सांसद श्रेष्ठ र डाँगीको प्रस्तावमा उल्लेख छ । भूमि प्रयोग र नियमनका लागि प्राधिकरण गठनको प्रस्ताव पनि उहाँहरूको प्रस्तावमा उल्लेख छ । सांसद श्रेष्ठ र डाँगीका अधिकांश संशोधन हुबहु छन्‌ ।

अन्य प्रयोजनमा बेचबिखन नपाइने

यस्तै माओवादी केन्द्रका सांसद हितराज पाण्डे, रूपा सोसी चौधरीलगायतले घरजग्गा व्यवसायबाहेक अन्य प्रयोजनका लागि प्राप्त गरेका वा स्वीकृत लिएको जग्गा बेचबिखन गर्न नपाइने संशोधन दर्ता गर्नुभएको छ । पाण्डे र चौधरीका संशोधनका अधिकांश व्यवस्था हुबहुसमेत छन्‌ । माओवादी केन्द्रकै दुर्गा राई र छिरिङ डम्डुल लामाले मूल ऐनको दफा ५२ (ख) मा संशोधन प्रस्ताव राख्नुभएको छ । राई र लामाको प्रस्ताव पनि एकै बेहोराका छन्‌ ।

माओवादी केन्द्रकै सांसद माधव सापकोटाले भूमिहीन, दलित र सुकुमवासीलाई जग्गा वितरण गर्दा एक स्वामित्व मात्र नभई सामूहिक अवास योजना, सहकारी मोडेल र सामूहिक स्वामित्वको व्यवस्था थप गर्न प्रस्ताव गर्नुभएको छ ।

कर छुटको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ज्येष्ठ नागरिकको प्रयोजनका लागि बनाइएका आवास र अपार्टमेन्टको स्वामित्व नेपाल सरकारको हुने र हक हस्तान्तरण नहुने व्यवस्था थप गर्न संशोधन दर्ता गर्नुभएको छ । यस्ता आवासमा सबै प्रकारका कर छुटको व्यवस्था गर्न पनि प्रस्ताव गर्नुभएको छ । सांसद प्रेम सुवालले कानुनले तोकेभन्दा बढीको जग्गा स्वतः नेपाल सरकारको हुने व्यवस्था गर्न संशोधन गर्नुभएको छ ।

संशोधन नगर्न प्रस्ताव

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र वन ऐनका मौजुदा व्यवस्था संशोधन नगर्न बहुसङ्ख्यक सांसदको संशोधन दर्ता भएका छन्‌ । विधेयकको दफा ३ र ४ हटाउन अधिकांश सांसदको संशोधन छ । माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका बहुसङ्ख्यक सांसदको संशोधन हालकै व्यवस्थाको पक्षमा छ ।

कांग्रेस सांसदको संशोधनमा पुनः नक्साङ्कनमा वन क्षेत्र जनिएको जग्गा वन क्षेत्र नभई खाली रहे पनि वनकै स्वामित्वमा हुने गरी संशोधन प्रस्ताव गरिएको छ । निकुञ्ज र वन दुवै ऐन संशोधन प्रस्तावको व्यवस्थामा एकै बेहोराको संशोधन दर्ता छन्‌ । (गोरखापत्र अनलाइन)

ShareTweet

Discussion about this post

ताजा

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

बैशाख २०, २०८३
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

1 day ago
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 days ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

1 week ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions