अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

अर्थशास्त्री by अर्थशास्त्री
भदौ १३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

काठमाण्डौ । वाणिज्य बैंकहरूको कुल सम्पत्ति क्रमशः बढ्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको सम्पत्ति ८ खर्ब ७९ अर्ब रुपैयाँले बढेको छ । यो तथ्यांक वाणिज्य बैंकहरूले सार्वजनिक गरेका आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएको हो ।

बैकहरुले सार्वजनिक गरेको विवरण अनुसार २० वाणिज्य बैंकको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख ५३ हजार रुपैयाँ पुगेको हो । बैंकहरुको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १२.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९७ अर्ब ८३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

कुन वाणिज्य बैंकको सम्पति कति ?

गत वर्ष सबैभन्दा धेरै सम्पत्ति हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा बैंकको सम्पत्ति ६ खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.१० प्रतिशतले बढी हो । यो अवधिमा ग्लोबल आइएमईको सम्पत्ति करिब ८५ अर्ब रुपैयाँले बढेको हो । सम्पत्तिको आधारमा नबिल बैंक दोस्रो स्थानमा रहेको छ, जसको कुल सम्पत्ति ६ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा बैंकको सम्पत्तिमा ८१ अर्बले बढेको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको कुल सम्पत्ति ५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति ५ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइज बैंक र कुमारी बैंक दुवैको सम्पत्ति समान रूपमा ४ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी, प्रभु बैंकको सम्पत्ति ४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकको ३ खर्ब ९९ अर्ब,एनआईसी एशिया बैंकसँग ३ खर्ब ७८ अर्ब र हिमालयन बैंकसँग ३ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । एभरेष्ट बैंक, कृषि विकास बैंक र एनएमबि बैंकको सम्पत्ति क्रमशः ३ खर्ब ६५ अर्ब, ३ खर्ब ६२ अर्ब र ३ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।

साथै, सिद्धार्थ बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, प्राइम बैंकको ३ खर्ब १७ अर्ब, सानिमा बैंकको २ खर्ब ६३ अर्ब, सिटिजन्स बैंकको २ खर्ब ४५ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब ३२ अर्ब, माछापुच्छ्रे बैंकको २ खर्ब १७ अर्ब र स्टान्डर्ड चार्टर्ड बैंकको कुल सम्पत्ति १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

ShareTweet

Discussion about this post

ताजा

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

2 hours ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 day ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

4 days ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

4 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions