अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

अर्थशास्त्री by अर्थशास्त्री
माघ २४, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले निक्षेप बढेको हो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यस्तो निक्षेप संकलन ५.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन चालु आवको पुस मसान्तसम्ममा ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत अर्थात् २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँले बढेको थियो । चालू आवको पुस मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको निक्षेप वार्षिक विन्दुगत आधारमा १४. ८ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो ।

पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ । २०८१ पुसमा यस्तो निक्षेपको अंश ३५.५२ प्रतिशत थियो । बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने पछिल्लो अवधिमा ३.६ अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ५.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव सात प्रतिशतले बढेको छ ।

पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको तीन दशमलव सात प्रतिशत, विकास बैंकहरूकोे २.९ प्रतिशत र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्र्जा तीन प्रतिशत, माग तथा अन्य चालू पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने ३.३ प्रतिशतले घटेको छ ।

ShareTweet

Discussion about this post

ताजा

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२

लोकप्रिय

  • प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

    प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

    0 shares
    Share 0 Tweet 0
  • वीरगञ्ज भन्सार आयात निर्यात मै अगाडि

    0 shares
    Share 0 Tweet 0
  • वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

    0 shares
    Share 0 Tweet 0
  • अब सरकारी कार्यालय शनिबार र आइतबार बिदा

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

5 days ago
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

1 week ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

1 week ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions