काठमाण्डौ । फागुन महिनाका लागि आठ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार मुद्दती खाताको ब्याजदर घटाएका हुन् ।
बीस वटा वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याजदर घटाएका छन् । त्यसमध्ये चार वटाले व्यक्तिगत निक्षेप मात्रै घटाएका छन् भने बाँकीको व्यक्तिगत र संस्थागत दुवै ब्याजदर घटेको छ ।
यस्तै, ग्लोबल आईएमई बैंकले व्यक्तिगत संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । योसँगै बैंकले अधिकतम ४.५ प्रतिशत र ३.५ प्रतिशत ब्याजदर कायम भएको छ ।
नेपाल एसबीआई बैंकले पनि ब्याजदरलाई घटाएर ०.१५ र ०.०३ प्रतिशत विन्दुले घटाएको छ । अब यो बैंकले व्यक्तिगत र संस्थागततर्फ अधिकतम ४.२५ र २.७७ प्रतिशत ब्याजदर तोकेको छ ।
सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा अधिकतम ब्याजदर ४.२५ प्रतिशत र ३.५ प्रतिशत कायम भएको छ ।
प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक र कृषि विकास बैंकले समान ०.१५ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.११ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।









Discussion about this post