अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

अर्थ र राजनीति जोड्ने जमर्को

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र ६, २०८१
in अर्थराजनीति, सम्पादकीय
अर्थ र राजनीति जोड्ने जमर्को

विगतमा भूकम्प, कोरोना महामारी र बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबाट सृजित मुद्रास्फीतिजस्ता समस्याले प्रभावित नेपालको अर्थतन्त्र पछिल्लो समय तङ्ग्रिन नपाउँदै घट्दो आन्तरिक मागका कारण थप शिथिल हुन पुगेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपणले यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा केहि सुधार आई ४.९ प्रतिशत हुने देखाएको छ । अर्थतन्त्रको प्रमुख आधार मानिने औद्योगिक र व्यापारिक क्षेत्रको वृद्धिदर घट्दै गएका छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदै आए पनि आन्तरिक रूपमा समग्र मागमा कमी आउँदा आर्थिक वृद्धिमा सङ्कुचन आउने देखिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी अंश ओगटेको कृषि, वन र मत्स्य क्षेत्रको गार्हस्थ्य उत्पादन सन्तोषजनक देखिँदैन । दुईतिहाइ जनसङ्ख्या कृषिमा निर्भर भएको अवस्थामा पनि दैनिक उपभोग्य वस्तु नै आयात गर्नुपर्ने लज्जास्पद परिस्थितिबाट मुलुक गुज्रिरहेको छ । उत्पादन र रोजगारीका हिसाबले अग्रणि भूमिका खेल्ने औद्योगिक र निर्माण क्षेत्रमा थप सङ्कुचन आउनुले अर्थतन्त्रमा तत्काल सुधारको सङ्केत देखिँदैन । व्यापारघाटा नेपालको दीर्घकालीन रोग बन्न पुगेको छ । उत्पादनशील क्षेत्र झनै कमजोर बन्दै गएका कारण निर्यातको तुलनामा आयात लगभग १० गुणाले बढी छ । गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत र गिनी सूचकाङ्क ०.३० रहेको छ । आन्तरिक र वैदेशिक गरी जिडिपीमा कुल ऋणभारको अनुपात करिब ५० प्रतिशत पुगेको छ ।
पछिल्लो समय पर्यटकको आवागमनमा आएको वृद्धि र ऊर्जाको उत्पादन बढेसँगै दुई वर्षएता वर्षायामको समयमा सुरु भएको विद्युत् निर्यातले भने केही आशाको सञ्चार गराएको छ । तर, उद्योगधन्दाहरू बन्द हुँदै जानु, कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपर्नु, कामको सम्मान नहुनु, दण्डहीनता, बढ्दो भ्रष्टाचार र अस्थिर सरकारजस्ता कारणले गर्दा युवाहरूमा थप निराशाको अवस्था सिर्जना हुँदा बिदेसिने प्रवृत्तिलाई थप मलजल गरेको छ । जसले गर्दा गाउँ र बस्तीहरू नै रित्तिँदै गएका छन् ।
सरकार विप्रेषण आयमा भएको वृद्धिलाई उपलब्धि मानिरहेको छ । तर, अहिलेसम्म विप्रेषणको आयबाट आन्तरिक उपभोग र केही सामाजिक सूचकहरूमा सुधार ल्याउनुबाहेक अन्य केही उपलब्धि हुन सकको छैन । पछिल्लो समय त विप्रेषण बढेको अवस्थामा पनि समग्र माग बढ्न नसक्दा आन्तरिक उत्पादन र आयातसँगै सरकारको राजस्वसमेत प्रभावित बनिरहेको छ । जसले गर्दा बैंकहरूमा निक्षेप बढेर लगानीयोग्य रकम थुप्रिइरहेको छ । तर, ब्याजदर घट्दा पनि लगानीको माग भने बढ्न सकेको छैन ।
मुलुकको विकास र स्थायित्वका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायतबाट प्रयत्नहरू गरेको जस्तो देखिए तापनि ठोस र निर्दिष्ट कार्यक्रमहरूसहित समन्वयात्मक पहलकदमी हुन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । देशमा आन्तरिक तथा बाह्य लगानीमा वृद्धि ल्याई तीव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकारले विगतका विभिन्न समयमा गरेका लगानी सम्मेलनबाट पनि अपेक्षित उपलब्धि हाँसिल हुन सकेको छैन् ।
दिगो आर्थिक वृद्धि र विकासका लागि अर्थतन्त्रको संरचना निर्दिष्ट हुन आवश्यक छ । नेपालको संविधान, २०७२ ले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ भने आर्थिक प्रणालीका हिसाबले देशमा मिश्रित अर्थव्यवस्थालाई अवलम्बन गरिएकोे छ । तर, संरचनागत कमजोरी र स्पष्ट नीति तथा कार्ययोजनाको अभावमा यी दुवै संरचनागत मोडेलबाट प्राप्त हुन सक्ने सकारात्मक प्रतिफललाई हासिल गर्न सकिएको छैन । खासगरी मुलुकको अर्थतन्त्रको यथार्थ अवस्थालाई विद्यमान राजनीतिक विचारधारासँग जोड्न नसकिएकाले अर्थराजनीतिक धार कमजोर बन्न पुग्दा आर्थिक विकास र समृद्धिको पथमा सोचेजस्तो उपलब्धि हुन नसकेको देखिन्छ ।
आर्थिक तथा राजनीतिक उपलब्धि हासिल गर्नका लागि अर्थशास्त्रलाई राजनीतिसँग र राजनीतिलाई अर्थशास्त्रसँग जोड्न सक्नु पर्छ । राज्यको साधन र स्रोतमाथिको नियन्त्रण सरकारमा सहभागी राजनीतिक पार्टीहरूसँग हुन्छ, जसको समुचित परिचालन देशको समग्र अर्थतन्त्र र आर्थिक सिद्धान्तहरूको सुझबुझबाट मात्रै सम्भव हुन्छ ।
यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले राजनीतिकर्मी र अर्थशास्त्रीहरूलाई एकाकार गर्दै देशको आर्थिक विकासकोे यात्रामा योगदान पु¥याउने उद्देश्यका साथ हरेक वर्ष ‘राष्ट्रिय अर्थशास्त्री सम्मेलन’ आयोजना गर्दै आइरहेको छ । यसको अतिरिक्त संस्थाले विगत एक वर्षदेखि अध्ययन, अनुसन्धान, विज्ञहरूसँगको बहस र छलफलबाट नीतिगत समस्याको पहिचान गर्दै परिमार्जनका लागि खबरदारी गर्ने अठोटका साथ त्रैमासिक पत्रिका ‘आर्थिक सरोकार’ प्रकाशन गर्दै आएको छ । यसैबिच वर्तमान डिजिटल युगमा पाठकहरुको परिवर्तित रुचिलाई मध्यनजर गर्दै अनलाईन पत्रिकाको रुपमा न्यूज पोर्टल ‘अर्थशास्त्री डट कम’ (arthasastri.com) सञ्चालन गर्ने जमर्को गरेको छ । नितान्त गैरनाफामूलक सामाजिक संस्थाका रूपमा रहेको यो संस्थाबाट सञ्चालन हुन गइरहेको न्यूज पोर्टल ‘अर्थशास्त्री डट कम’मार्फत हाम्रो सम्पूर्ण टिम आमसञ्चार र पत्रकारिताको आचारसंहिता र धर्मलाई आत्मसात् गर्दै देशको आर्थिक–सामाजिक समुन्नतिका लागि योगदान गर्ने प्रण गर्दछ । साथै हाम्रो यस प्रयासलाई विभिन्न तवरबाट साथ सहयोग पुर्याउनेसम्पूर्ण सङ्घसंस्था र महानुभावहरूमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा हाम्रो यस अभियानलाई थप उचाईमा पुर्याउनका लागि सुझाव र सल्लाहको समेत अपेक्षा गरिन्छ ।

ShareTweet

Discussion about this post

ताजा

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

बैशाख २०, २०८३
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

1 day ago
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 days ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

1 week ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions