अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

नेपालको आर्थिक विकासमा उर्जाको भूमिका

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र ९, २०८१
in उर्जा, पूर्वाधार, विचार
नेपालको आर्थिक विकासमा उर्जाको भूमिका

–अपार न्यौपाने
भूमिका
नेपालमा विद्युत भन्दा प्राय जलविद्युत मात्रै बुझिन्छ र जलविद्युतको मात्रै कुरा हुन्छ । हामीले दशकौ देखि सुन्दै आएको “नेपालमा जलविद्युतको अपार सम्भावना छ, नेपाल जलविद्युतमा ब्राजिलपछि दोश्रो धनी राष्ट्र हो।” आदि । यी कति सत्य र कति तथ्यमा आधारित छन, त्यता नलागौ । तर, के चाँही सत्य हो भने नेपालको प्रति व्यक्ति जलविद्युत उत्पादन क्षमता उच्च छ । संभाव्यताको तुलनामा उत्पादन तथा उपयोग न्युन छ । जलविद्युत मात्र होइन, सौर्य उर्जा (विद्युत) लगायत अन्य नवीकरणीय उर्जा को सन्दर्भमा पनि संभाव्यताको तुलनामा उत्पादन तथा उपयोग न्युन छ । फलत, हाम्रो उर्जा प्रणाली (ग्रीड) सानो छ, प्रतिव्यक्ति उर्जा खपत न्यून छ । प्रतिव्यक्ति उर्जा खपत न्यून हुनुले देशमा न्यून औधोगिकरणको अवस्था र न्यून आर्थिक गतिविधिको अवस्था लाई पनि जनाउछ ।

विद्युत कुनैपनि औगोगिक उत्पादन, प्रशोधन, भण्डारण आदि प्रक्रियाका लागि अपरिहार्य हुन्छ । ढुवानी र यातायातको लागि पनि विद्युतको प्रयोग बढ्दो क्रममा छ । औगोगिक र व्यापारिक गतिविधिका लागि मात्र नभएर घरायसी कामका लागि विद्युत नभै हुदैन । त्यसैले विद्युत समग्र अर्थतन्त्रको एक महत्वपूर्ण कडी हो, मेरुदण्ड हो । उच्च विद्युत खपत संबृद्धीको परिसुचक पनि हो । नेपालको प्रतिव्यक्ति विद्युत खपत अत्यन्त न्युन छ, जसले हाम्रो आर्थिक पछ्यौटेपन दर्शाउछ ।

नेपालको उर्जा आपुर्ती एवम् मागको अवस्था
नेपालको विद्युत उत्पादन जडित क्षमता करिव ३३०० मेघावाट छ, जुन निरन्तर बढीरहेको छ । जडित क्षमता करिव दुई–तिहाई नीजि क्षेत्रका आयोजनाहरु छन । करिव १०० मेघावाट सौर्य उर्जा छ भने बाँकी जलविद्युत । नीजि क्षेत्रका सवै जलविद्युत आयोजनाहरु नदी प्रवाही छन, अर्थात पानी संञ्चित गर्न मिल्दैनन, उत्पादन भएको विद्युत खपत नभए खेर जान्छ । बर्खा याममा उत्पादन ३००० मेघावाट भन्दा बढी पनि हुन्छ, तर माग मुस्किलले २००० मेघावाट हुन्छ । अझ रातिको समयमा माग निकै कम छ, फलत विद्युत खपत नभए खेर जान्छ । हिउँदमा भने उत्पादन १००० मेघावाटसम्म पनि झर्छ र माग २००० मेघावाटसम्म पुग्छ, फलत उत्पादनले माग धान्दैन । विद्युतको जडित क्षमता तिब्र रुपमा बढीरहेको छ, तर मागको बृद्धिदर बार्षिक करिव दश प्रतिशत मात्र छ ।

समस्या कहाँ छ ?
हामीले भोगकै छ पोखरा तिर विद्युत खेर जाँदा बिराटनगर तिर लोडसेडिङ भएको । त्यस्तै, राति विद्युत खेर जाँदा बेलुका माग धान्दैन । हिउँदमा चरम विद्युत संकट हुँदा वर्खामा विद्युत खेर जाने सदावाहर समस्या त छदैछ, जुन अझै धेरै वर्षसम्म रहिरहने छ । विद्युत आपुर्ती प्रणाली जलविद्युत, अझ खासगरी नदी प्रवाही जलविद्युत आयोजनाहरुमा भर परेको भएर विद्युत आपुर्ती पनि खहरे प्रकृति कै छ । खहरे रोक्ने उपाय हामीले सोच्यौ, भाषण गर्याै तर कार्यान्वयन गरेनौ । अर्कोतर्फ हामीले जलविद्युत भन्दा अन्य उर्जामा श्रोत पनि चाहिन्छन भन्ने विचारलाई सकेसम्म निषेध गर्याै ।

अझै ठूला प्राकृतिक विपक्ती आईपरे हामीले भोग्नुपर्ने उर्जा संकट अकल्पनीय हुनेछ, जुन हामीले २०८१ असोजमा पूर्वी तथा मध्य नेपालमा आएको बाढी पहिरोको बेला पनि अनुभव ग । जलविद्युत आयोजनाहरुमा पनि चाहिने जलाशययुक्त, तर बने नदी प्रवाही । जलाशययुक्त परयोजनाहरु जटिल एवम विशेष प्रकृतिका हुने हुँदा राज्यले नै नेतृत्व लिएर बनाउनुपर्ने हुन्छ । त्यसैगरी आवश्यक प्रशारण लाइनको अभावमा उत्पादित विद्युत माग हुने क्षेत्रमा पुग्दैन ।

मागको बृद्धिदरको तुलनामा नदी प्रवाही जलविद्युतको जडित क्षमता तिब्र रुपमा बढीरहेको छ । त्यसैले यथास्थितिमा आगामी दिनमा माग र आपुर्तीको असन्तुलन अझ बढ्नेछ । बर्षायामको अतिरिक्त उर्जाको उचित व्यवस्थापन गर्न नसके राष्ट्रको समग्र अर्थतन्त्रमा उल्लेख्य नकरात्मक असर गर्नेछ ।

अव के गर्ने ?
उर्जा प्रणालीको उचित व्यवस्थापन गर्न सर्वप्रथम उर्जाको माग र आपुर्तीको प्रकृति विश्लेषण अपरिहार्य हुन्छ । माग र आपुर्तीको प्रकृति अनुसार मागको प्रकृति र आपुर्तीका श्रोतहरु विविधिकरण गर्नु उर्जा प्रणाली व्यवस्थापनको पहिलो खुडकिलो हो । जसरी लगानीमा जोखिम कम गर्न लगानी विविधिकरण गरिन्छ त्यसैगरी उर्जा प्रणाली व्यवस्थापनका लागि उर्जाका श्रोतहरु विविधिकरण र विकेन्द्रीकरण गनुपर्ने हुन्छ । विकेन्द्रीकृत एवम विविधिकृत उर्जाका श्रोतहरुको समिश्रण अहिलेको प्राथमिक आवश्यकता हो ।

त्यस्तै मागको उचित व्यवस्थापन शुरु गर्न अपरिहार्य भैसकेको छ । उर्जा आपुर्तीको प्रकृति अनुसार मागलाई चलायमान बनाउन हाल औद्योगिक ग्राहकमा मात्र लागु गरिएको दैनिक समय अनुसार फरक गरिएको विद्युत मुल्यलाई क्रमश ठूला ग्राहक हुदै साना ग्राहकसम्म लागू गनुपर्छ । त्यसैगरी, जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौतामा मात्र सीमित विद्युतको मौसमी मुल्य औद्योगिक ग्राहकबाट शुरु गरी ठूला ग्राहक हुदै साना ग्राहकसम्म लागू गनुपर्छ ।

उर्जाको माग र आपुर्तीको बिच सन्तुलन ल्याउन नेपालले ढिलो–चाँडो हरित हाइड्रोजनमा जानैपर्ने हुन्छ । यसो गरे विद्युत उत्पादन बढी भएर खेर जाने समयमा हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । हरित हाइड्रोजन व्यापारिक रुपमा उत्पादन र प्रयोग गर्न केही समय लाग्छ, अहिलेकै अवस्थामा व्यापारिक रुपमा उत्पादन सम्भव छैन, उपयोग गर्ने संयन्त्र छैनन । तर, आगामी एक–दुई वर्षमा हरित हाइड्रोजनको क्षेत्रमा उल्लेख्य उपलव्धि अपेक्षित छन । हरित हाइड्रोजन बाहेक रासायनिक मलको उत्पादन गरी उत्पादन बढी भएर खेर जाने विद्युतलाई प्रयोग गर्न सकिन्छ, जुन व्यापारिक रुपमा संभाव्य हुन विद्युतको मुल्य कम हुनुपर्छ ।

विद्युत आपुर्ती भरपर्दो भए र समग्र रुपमा औधोगिक वातावरण सुध्रिए नयाँ उद्योग धन्दा पनि खुलेर आन्तरिक खपत बढी समग्र आर्थिक उन्नतीलाई टेवा दिनेछ । तर उद्योगहरुलाई हिउँदमा पनि विद्युत चाहिन्छ । हिउँद र वर्खाको आपुर्ती र मागको भिन्नताको सकस भारतले क्षेत्रीय विद्युत व्यापारलाई राजनैतिक एवम् प्रशासनिक अंकुस लगाइरहे अनन्तकालसम्म रहिरहनेछ । त्यसैले प्राविधिक एवम आर्थिक रुपमा सम्भव भएसम्म उर्जाको माग र प्रयोग आन्तरिक रुपमै गर्नु राष्ट्रको हितमा हुन्छ, जसले उत्पादन, रोजगारी र निर्यात बढाउन सरयोग गर्छ र आयात घटाउछ, आर्थिक बृद्धिदर बढाउछ ।

नेपालले सीमापार विद्युत व्यापार पनि नियमित र नियन्त्रित रुपमा गरिरहेकोछ । नेपालको विद्युत उत्पादन र मागको प्रकृति अनुसार सीमापार विद्युत व्यापार अहिलेको अवस्थामा अपरिहार्य छ । तर, हरित हाइड्रोजन र विद्युत भण्डारणको क्षेत्रमा चमत्कारिक विकास भए आगामी दिनमा सीमापार विद्युत व्यापारको आवश्यकता पनि कम हुनसक्ला, यद्यपी, सीमापार विद्युत व्यापार पूर्णरुपमा रोक्न भने असम्भव छ ।
(लेखक उर्जा र बैदेशिक लगानीको क्षेत्रमा क्रियाशील छन । उनी सिम्पल इनर्जीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।)

ShareTweet

Discussion about this post

ताजा

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३

लोकप्रिय

  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न मन्त्रालयको निर्देशन

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0
  • निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन मन्त्रालयको निर्देशन     

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

6 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 week ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

2 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions