अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

निजीक्षेत्रलाई विश्वस्त बनाउने अर्थतन्त्रको खोजी

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र १८, २०८१
in अर्थतन्त्र, अर्थराजनीति, उद्योग, विचार
निजीक्षेत्रलाई विश्वस्त बनाउने अर्थतन्त्रको खोजी

पछिल्ला वर्षहरुमा सरकार, आर्थिक नीति र अर्थतन्त्र आमनागरिकको विश्वासबाट टाढा रहन पुग्यो । स्वार्थबश हुने सरकार परिवर्तनले सरकाररै पिच्छे देशको अर्थतन्त्रको बारेमा चिन्ता प्रकट गर्नेहरुको कमी देखिदैन् । अर्थतन्त्रमा सुधार ल्याउने, सुखि नेपाली समृद्ध नेपाल बनाउने जस्ता प्रतिवद्धता पनि बजारमा नआएका होइनन् । तर, राजनीतिक व्यवस्थाले आर्थिक विकासलाई प्रमुख विषयवस्तु बनाइरहँदा पनि आम नागरिकहरुमा विश्वासनीयता पलाउन सकेको छैन । कानून नीति नियममा उल्लेख गरिएपनि कार्यात्मक रुपमा सरकार व्यवहार उत्रिएको पाइदैन । अहिले अर्थतन्त्रमा रहेका समस्याभन्दा पनि भोलिका दिनमा के हुने हो ? कति अभाव खेप्नु पर्ने हो भन्ने अन्योलतामा कतिपनि कमि आउन सकेको छैन् ।

सरकारले आङ्खनो आर्थिक साझेदारहरुको मन जित्ने नीति तथा कार्यक्रम अवलम्बन गर्न नसकेकै कारण अविश्वास सृजना गरिरहेको छ । सरकार सञ्चालकको बोलीमा इमान्दारिता र उत्तरदायित्व हस हुँदै गएकोले उनीहरुमाथिको विश्वास घट्दै गइरहेको हो । आमनागरिकलाई विश्वस्त बनाउन नसक्नु राजनीति दलका लागि गम्भीर चुनौती पनि हो । अनुसन्धान, व्यवस्थापन र नियमनको झन्झटबाट टाढा रहन सबै लगानीलाई एउटै डोकोमा राखेर नियन्त्रण गर्न खोज्नु अर्थतन्त्रका लागि घातक हुन सक्छ । अहिलेकै चालू पूँजी कर्जा मार्गदर्शनका प्रावधानमा असन्तुष्टि देखिनु वास्तवमै सरकारको आर्थिक संयन्त्रमाथिको असन्तुष्टि हो । यि सबै असन्तुष्टिहरु अस्वाभाविक मान्न पनि सकिने अवस्था छैन् ।

सरकार, निजीक्षेत्र र उपभोक्ता अर्थतन्त्रका प्रमुख अवयवहरु हुन् । निजीक्षेत्र सरकारको आर्थिक साझेदार हो । अर्थतन्त्रमाथि सम्भावित संकट देखाएर व्यापारमा प्रतिबन्ध पनि लगाइयो तर पनि सुधार देखिएन र सबै खालका प्रतिबन्ध हटाइयो । त्यति गर्दा पनि बजारमा वस्तुको माग बढ्न सकेन् । यसले आयातनिर्यात र सरकारी राजस्व घटाएको छ । सरकारले अर्थतन्त्रका सूचकमा सुधार आएर भन्दा पनि सरकारी ढुकुटीमा बढ्दो दबाब सामनाको लागि व्यापार नीतिलाई पहिलाकै अवस्थामा फर्काएको छ । सरकारको उदेश्य जसरी पनि राजस्व बढाउने र प्रशासनिक खर्च चलाउने रहेको देखिन्छ । मूल्यस्फीति बढ्दा व्यवस्थापनका लागि सरकारी भूमिका आवश्यकता भन्दा कमि नै देखिएको छ । आज बजारमा माग खुम्चिदै गएको छ, यति हुँदाहुँदै पनि निजीक्षेत्र अधिक प्रतिफल सृजना गर्नमै लागि परेको छ ।

नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, लत्ताकपडा, औषधि उपचार, शिक्षा, इन्धन, यातायात, महँगो छ । निरन्तर रुपमा घट्दो आय र बढिरहेको महँगीले उपभोक्ताको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । उपभोक्ता दिनानु दिन पीडित बन्दै जानुले सरकारले निदिष्ट गरेको समृद्ध अर्थतन्त्रको परिकल्पना सफल हुन सक्ने देखिदैन । आर्थिक व्यवस्था सरकार सञ्चालकको राजनीतिक विचार र दृष्टिकोणबाट प्रभावित भैरहेको छ । जसका कारण सत्ता जतिसुकै परिवर्तन भैरहे पनि सञ्चालकहरु यस विषयमा संवेदनशील बन्न सकेका छैनन् ।

नेपालले विश्वका १ सय १० भन्दाबढि मुलुकहरुसँग व्यापार सम्झौता गरेपनि व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतसँग निर्भर रहेको छ । एकल भारतसँग मात्र नेपालले ६० प्रतिशत भन्दाबढि व्यापार गर्नुपरेको छ । नेपालको २ तिहाइभन्दा बढी व्यापार र ९० प्रतिशतको हाराहारीमा ढुवानी भारतमाथि निर्भर छ । भारतमा महँगी बढ्दा हामीकाँ त्यसको स्वाभाविक प्रभाव पर्छ । भारतमा मूल्यवृद्धि दर घट्दा नेपालमा भने घट्ने गरेको पाइदैन निरन्तर उकालो लागिरहेको पाइन्छ । मुद्रास्फीति नेपालमा अहिले राष्ट्रबैंकले निदिष्ट गरेको दरभन्दा बढि देखिन्छ । मुद्रास्फीति घटाउन सरकारले मुद्रा प्रवाहलाई नियन्त्रणमा राख्ने प्रयास गरेको हो । तर, त्यसले बजारमा सकरात्मक प्रभाव पार्न भने सकेन् ।

आजभोली नेपालको अर्थतन्त्र ऋणमुखी बन्दै गएको छ । सरकार र निजीक्षेत्र दुवै ऋणको भरमा चलेको छ । मुलुकमा तरलताको अभाव नदेखिए पनि प्राप्तिको सकस कायमै छ । निजीक्षेत्र आन्दोलनको मुडबाट फर्किए पनि बजारमा वस्तुको माग छैन । यि सबै समस्याको कारण आर्थिक अनुशासन कमजोर बनिरहेको छ । निजी क्षेत्रहरु आर्थिक समस्याको दलदलमा फसिरहेका छन् । तथ्यांकले विदेशी मुद्राको सञ्चिति, विप्रेषण, बैकिङ निक्षेपलगायतका सुचकांकमा सुधार आएको देखाएको छ । निक्षेपमा सुधार देखिएपनि यसको प्रभाव कर्जा प्रवाहमा देखिएको छैन । राजस्व बढाउन जथाभावी आयात र अनावश्यक खर्चले आर्थिक असन्तुलन बढाउँदै लगेको छ । यि मुलुकमा तत्काल उत्पन्न समस्या भने होइनन तर, सरकारले समाधानमा ध्यान नदिदा यसले जरा गाडिरहेको हो ।

राष्ट्रमा तरलताको आपूर्ति स्वपूँजीबाट गर्ने कि ऋणबाट भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । ऋणको प्राप्तिमा पनि एउटा अनुशासन र सीमा हुन्छ यसको पालनाले आर्थिक अनुशासन जीवन्त रहिरहन्छ । स्वपूँजीको उदारमुखी र आयमुखी बनाई मुनाफाका नाममा हुन जाने अराजकतालाई तिरस्कार गरिनु पर्दछ । यथार्थमा आधारित मुनाफा नीतिले पूँजी अभावको समस्यालाई दिगो समाधान गर्न सक्दछ । बजारमा तरलताको अभाव किन भयो ? यसलाई सकरात्मक ढंगले विश्लेषण गर्न आवश्यक भैरहेको छ । यसलाई अर्थतन्त्र फराकिलो बनाउन सकिने प्रयासको रुपमा पनि विश्लेष गर्नु पर्दछ । यसबाट विद्यमान नकारात्मक पक्षहरु नियन्त्रित बन्दै जान्छन् ।

लगानी अनुत्पादक क्षेत्रमा भइराखेको छ भने सरकारले नियन्त्रण गर्ने नीति अवलम्बन गर्न ढिलो गर्नु हुँदैन । पछिल्ला दिनहरुमा सरकारले बैंकहरूलाई कानूनी रूपमै संरक्षण गरेको देखिन्छ । यिनलाई संरक्षण मात्र होइन व्यावसायिक जोखिम वहन गर्न लगाउने बारेमा पनि सरकारले सोच्नु पर्छ । तर यस विषयमा अहिलेसम्म सोचिएको देखिदैन् । बैंकहरू त वित्तीय साझेदार बन्नु पर्ने हो तर नेपालमा यिनको भूमिका साहूको जस्तो रहेको छ । वित्तीय संस्थाहरूले खराब कर्जाको तथ्यांक बाहिर ल्याउनुमात्र समाधान होइन । खराब कर्जामा परिणत हुन नदिनु उनीहरुको दक्षता हो जसले अर्थतन्त्रका समस्याहरुलाई आवश्यक निकास दिनसक्छ ।

अवस्य हो सरकार खर्च गर्ने क्रममा कमजोर छ । कमजोर खर्च क्षमताले नै बजारमा तरलता अभाव गराइरहेको छ । यदि सरकारसँग खर्च गर्ने क्षमता बढ्दै जाने हो भने तरलता अभावको समस्या देखिदैन । तरलताको समस्या किन भैरहेको छ त ? समस्या सरकारी खर्च क्षमतामा मात्र होइन । तरलताको अन्य स्रोतमा ध्यान गएको छैन । नेपालमा कुल बजेटमा पूँजीगत खर्चको आकार एक चौथाइ पनि छैन तर, साधारण खर्चतर्फको बजेट कहिल्यै फ्रिज भएको छैन, अभाव हुन पुगेको छ । क्षमता बढाउने नाममा भएका बैंक गाभिने क्रमले निरन्तरता पाइरहेको छ । यसले तरलताको स्रोतलाई भन्दा पनि कालान्तरमा कर्जामा नियन्त्रणको सम्भावनालाई विस्तार गरिराखेको त छैन ।

मुलुक पछिल्ला दिनमा आयातमुखी बनिरहेको छ यसरी आयात बढ्नु नकारात्मक मात्र होइन । यो बजार विस्तारको सन्देश पनि हो । यसलाई कसरी अर्थतन्त्रको हितमा उपयोग गर्ने ? यो सरकारको नीतिगत विज्ञतामा निर्भर गर्दछ । यसलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ ? जसबाट रोजगारी पनि सृजना होस् । तर यसमा सम्बन्धित निकायको सोच गएको पाइदैन । आयात रोकिनुमात्र समाधान होइन, उत्पादन गर्न नसक्नु चाही समस्या हो । आन्तरिक बजारको माग र निर्यातजन्य उत्पादन पहिचान गरेर उत्पादन बढाउनु आवश्यक छ । उत्पादनको नारामात्र लगाएर मात्र हुँदैन अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धी उत्पादनलाई जोड दिनु पर्छ । जुन नेपालका लागि चुनौतीपूर्ण छ ।

भारत र चीन आजभोली उच्च प्रविधिमा आधारित महँगा उत्पादनमा लागिरहेका छन् । यस्ता देशमा सस्तो उत्पादनको आपूर्ति नेपालका लागि अवसर बन्न सक्छ । जसबाट आन्तरिक र बाह्य लगानी आकर्षित बन्न पुग्दछ । बाह्य लगानीका लागि भारत र चीन नै मुख्य लक्ष्य बन्नुपर्छ । विगत सात वर्षको अवधिमा विनियोजित पुँजीगत बजेटको तुलनामा यथार्थ खर्च वार्षिक औसत ७३ प्रतिशत रहेको छ । योजनाहरु बजेटपूर्वका तयारीहरुविना नै बजेटमा समावेश गरी, कमजोर प्राथमिकताका आधारहरु तय गरिनु आर्थिक क्षय हो । जेठ १५ देखि साउन १ सम्मको ४५ दिन योजना तयारीमा उपयोग नै नहुनुजस्ता कारणले सार्वजनिक खर्च प्रणालीभित्र विकृति र विसंगति जन्मिन जान्छ । राजनीतिक अस्थिरताका कारणहरुले बजेट कार्यान्वयनमा अवरोध खडा गरी यसको नकारात्मक असर पुँजीगत खर्चमा पर्ने गरेको छ ।

पुँजीगत खर्चवृद्धिका साथै आर्थिक वर्षको अन्तमा पुँजीगत खर्च केन्द्रित हुने अवस्थालाई अन्त्य गर्नु पर्दछ । खर्च गर्ने प्रक्रिया र पथलाई व्यावहारिक रुपमा तुरुन्त कार्यान्वयन गर्न सकिने गरी सरल बनाउन आवश्यक छ । संघीय बजेट, खर्च र वित्त प्रणालीमा देखिएका समस्याहरुको समाधानका खोज्न जरुरी छ । यसमा प्रणालीगत समाधान खोजिनु पर्छ । आर्थिक नीति वर्तमान आवश्यक्ता र महत्वलाई विश्लेषण गरी निर्माण गरिनु पर्छ । आर्थिक अनुशासनलाई व्यवस्थित गरिदै जानु पर्ने ठाउँमा यसैमाथि गरिएको अनियमितताले अर्थतन्त्रलाई विश्वस्त बनाउन सकेन,आमनागरिकका अविश्वास मात्र सृजना गरिरह्यो ।
–केशव आचार्य (लेक्चरर अर्थशास्त्र)

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

4 hours ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

4 hours ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

5 hours ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

5 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions