अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

हुलाकी लोकमार्ग एक दशकदेखि निर्माण अलपत्र

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र १०, २०८१
in पूर्वाधार, यातायात
हुलाकी लोकमार्ग एक दशकदेखि निर्माण अलपत्र

सप्तरी, चैत १० गते । हुलाकी लोकमार्गमा पुल तथा सडक निर्माणको काम एक दशकदेखि अलपत्र अवस्थामा छ । हुलाकी लोकमार्ग अन्तर्गत सप्तरीको राजविराज–कञ्चनपुर जोड्ने जिल्लाको अग्निसायरकृष्ण सवरण गाउँपालिका–४, बनौलीस्थित कालियाखोलामा पुल र सडकमा कालोपत्रेको काम अलपत्र अवस्थामा छ ।
लामा बागमती निर्माण सेवाले २०७१ सालमा निर्माण सुरु गरेको थियो । पुल नबन्दा वर्षायाममा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवातजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय रामदेव यादवले गुनासो गर्नुभयो । जिल्लाको सदरमुकाम राजविराजसमेत जोड्ने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको उहाँले बताउनुभयो ।
तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताउनुभयो । उहाँले सामान्य वर्षा भए पनि खोलाबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी आउनेजाने क्रम पूर्ण रूपमा बन्द हुने गरेको बताउनुभयो ।
राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र लोकमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चनरूप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लाको पुर्वीभेगका लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा अवरोध हुने गरेको उहाँले बताउनुभयो ।
यस आसपास जोडिएको करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुन सकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्रे नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गर्नुभयो । यस्तै तिरहुत गाउँपालिका–५, बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्रे गर्न ढिलाइ भएको छ ।
हुलाकी सडक योजनाको निर्माण कम्पनी बज्र गुरूका प्रतिनिधि कुशकुमार उपाध्यायका अनुसार राजविराज नगर क्षेत्रभित्र सीमा विवादका कारण काम गर्न ढिलो भएको बताउनुभयो  । विवादरहित क्षेत्रमा सडक निर्माणको काम ७५ प्रतिशत पूरा भइसकेको जानकारी दिँदै उहाँले राजविराजस्थित कोशी पम्प नहरदेखि हनुमान मन्दिरसम्मको सडक निर्माण कार्य विवादका कारण करिब दुई किलोमिटर मात्र सडक निर्माण हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले अहिले नाला निर्माणको काम सम्पन्न भएपछि सडक कालोपत्रेको काम तयारी अवस्थामा रहेको बताउनुभयो ।
उहाँले २०७५ सालदेखि प्रारम्भ गरिएको सडक निर्माण स्थानीयको अवरोध र पुल निर्माण समयमा नभएका कारण सडक निर्माण पाँच वर्ष ढिलो भएको जानकारी दिनुभयो । उहाँका अनुसार सडक निर्माण २०८२ साल वैशाख महिनासम्म सम्पन्न गर्ने बताउनुभयो ।
उपाध्यायकाले राजविराज–३ नं वडाले काम गर्न अवरोध गर्दा निर्माण अवरुद्ध हुन पुगेको बताउनुभयो । उहाँले वडाले काम गर्न अवरोध नगरे वैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । राजविराज नगरपालिकाका प्रवक्ता तथा ८ नम्बर वडाध्यक्ष जयनारायण मण्डलका अनुसार ३ नं वडाले काम गर्न गरेको अवरोधलाई सहमतिबाट समाधान गर्ने बताउनुभयो । (रासस)

ShareTweet

Discussion about this post

ताजा

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

बैशाख २०, २०८३
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

24 hours ago
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 days ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

1 week ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions