काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ । चैत्र ११ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।
सरकारले उनलाई दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । पहिलो पटक नियुक्त भएसँगै मुलुकलाई लोडसेडिङ मुक्त बनाएकाले बजारमा उनको लोकप्रियता बढेको थियो । आम जनमानसमा कुलमान घिसिङ चिरपरिचित भैसकेका थिए ।








Discussion about this post