अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

अर्थतन्त्रको आधारस्तम्भ सहकारी

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र २१, २०८१
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
अर्थतन्त्रको आधारस्तम्भ सहकारी

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घले बुधबार आयोजना गरेको ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारीको उद्घाटन गर्दै उहाँले संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख स्वीकार गरेको बताउनुभएको हो ।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी क्षेत्र एक रहेको बताउदै उहाँले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने बताउनुभयो । सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा परिचालन गर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

सहकारी क्षेत्रलाई संविधानमा व्यवस्था गरी छुट्टै पहिचान स्थापित गरेकाले सहकारीका सदस्यहरू साझा बन्धनमा बलियो गरी बाँधिएका उहाँको भनाइ छ । सहकारी क्षेत्रमा महिलाको ५६ प्रतिशत सहभागिता रहेकाले यसले महिला सशक्तीकरण र नेतृत्व विकासमा थप सार्थक तुल्याएको उहाँको भनाइ छ ।

नेपालमा सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको उहाँको भनाइ छ । ‘मर्यादित सहकारी : समुन्नत समाज’ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा विचार विमर्श गर्न गरिएको भेलाले सहकारी मर्यादित हुन सके मात्रै त्यसले समुन्नत समाज निर्माणको आधार तयार गर्ने उहाँको भनाइ छ ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अर्थतन्त्रको खम्बाका रूपमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै जाने बताउनुभयो । सहकारीमा समस्या आयो भन्ने होइन, राष्ट्रको खम्बा सहकारी हो भन्ने प्रमाणित गरी व्यवस्थित गर्न जरुरी रहेको मन्त्री अधिकारीको भनाइ छ ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत कानुन ल्याएको बताउँदै मन्त्री अधिकारीले सहकारीलाई भड्काएर फाइदा लिने तत्वलाई नियन्त्रण गर्दै जाने बताउनुभयो । सहकारीमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको उहाँको भनाइ छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले सहरमा भन्दा पनि दूरदराजमा सहकारीको खाँचो रहेको बताउनुभयो । सबभन्दा पहिले सहकारीमा देखिएका समस्या समाधान गर्नेतर्फ सरोकारवाला निकाय लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले बचत तथा ऋणमा कारोबार गर्ने सहकारी संस्थामा बढी समस्या देखिएको बताउनुभयो । कोभिड–१९, विश्व आर्थिक मन्दीको असर सहकारी क्षेत्रमा परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले सहकारी क्षेत्रमा देखिएका चुनौतीलाई कर्जा सूचना केन्द्र र सहकारी प्राधिकरणमार्फत समाधान गरिँदै जान आवश्यक छ ।” मुलुकभर रहेका सहकारी संस्थाले ऐन कानुन र अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्त परिपालन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय सहकारी महासङ्घका सल्लाहकार लीलामणि पोख्रेलले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत ता ऋण सहकारी संस्थाबाहेक अन्यलाई समेट्न नसकेको बताउनुभयो । मुलुकभर ३२ हजार सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेका छन । सहकारी अभियानमा ७३ लाखभन्दा बढी सदस्य आबद्ध भएका छन् । सहकारी दिवसका अवसरमा उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरिएको थियो । (रासस)

ShareTweet

Discussion about this post

ताजा

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

चैत्र २९, २०८२
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

चैत्र २९, २०८२
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया   

चैत्र २८, २०८२
अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण   

शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार   

चैत्र २८, २०८२

लोकप्रिय

  • अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

    0 shares
    Share 0 Tweet 0
  • गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

    0 shares
    Share 0 Tweet 0
  • विकासलाई थप अभिवृद्धि गर्दै सार्वजनकि गरिएको बजेट

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

3 days ago
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

6 days ago
गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि, प्रतिक्वन्टिल कति पुग्यो ?

6 days ago
अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

अमेरिका-इरान वार्ता विफल, युद्धविराम कायम राख्न अपिल   

6 days ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions