काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । वर्षाको सम्भावना कम रहेकोले सुख्खापन, आगोलागी तथा वायू प्रदूषण अझै बढ्दै जाने सम्भावना छ ।
यसैले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खडेरीको महिना हो । वर्षा हुने सम्भावना न्यून छ । महाशाखाका अनुसार देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना छ । (रासस)









Discussion about this post