अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

सरकारले लिएको कूल ऋण २६ खर्ब ६७ अर्ब

अर्थशास्त्री by अर्थशास्त्री
बैशाख ४, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, विशेष
सरकारले लिएको कूल ऋण २६ खर्ब ६७ अर्ब

काठमाण्डौ । चैत्र मसान्तसम्म सरकारले राज्य सञ्चालनका लागि लिएको कूल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब पुगेको छ । गत साउनदेखि चैत्रसम्म १३ खर्ब १ अर्ब ९४ करोड आन्तरिक र १३ खर्ब ६५ अर्ब ३२ करोड वाह्य ऋण लिएको पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।


चालु आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म सरकारले ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । यो ऋण समेत कूल ऋणको भार २६ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको हो । यो सरकारले लिएको ऋणबाहेक विनिमय दरमा आएको परिवर्तनका कारण पनि मुलुकलाई ७० अर्ब ९ करोड रुपैयाँ बराबर भार थपिन पुगेको छ ।


लक्ष्य अनुसार राजस्व नउठ्दा सरकार ऋण लिन वाध्य भएको अवस्था स्पष्ट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म सरकारले लक्ष्यको ५८.५८ प्रतिशतमात्र राजस्व उठाउन सकेको छ । यस वर्ष १४ खर्ब १९ अर्ब राजस्व उठाउने लक्ष्य रहेकोमा चैत्र अन्तिमसम्म ८ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व उठेको हो ।


यस अवधिमा सार्वजनिक खर्च भने ९ खर्ब ९८ अर्ब ५२ करोड पुगेको छ । यसरी राजस्व र खर्चबीच १ खर्ब ४३ अर्ब बराबर अन्तर देखिन्छ । जसलाई पुरा गर्न सरकारले आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चैत मसान्तसम्म सरकारले पौने ४ खर्ब ऋण उठाएको छ । सोही अवधिमा २ खर्ब रुपैयाँ ऋण भने भुक्तानी समेत गरेको छ । यसबीचमा ७० अर्ब रुपैयाँ विनिमय दरको उतारचढावले घाटा देखिँदा खुद सार्वजनिक ऋण ९ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँले बढेको छ ।

नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४६.७५ प्रतिशत हाराहारी हो । यस वर्ष एसडीआर को विनिमय दरमा आएको वृद्धिले ऋण दायित्व थप भएको देखिन्छ । चालु आर्थिक वर्ष सरकारले साढे ५ खर्ब ऋण लिने लक्ष्य राखेको छ ।


कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य अर्थ मन्त्रालयको छ । जसमा आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वाह्य ऋण २ खर्ब १७ अर्ब छ । चैतसम्म ३ खर्ब ६६ अर्ब ९ करोड उठाइएको छ । जुन वार्षिक लक्ष्यको ६६.९३ प्रतिशत हो ।


चैतसम्म आन्तरिक ऋण २ खर्ब ९१ अर्ब १४ करोड उठाइएको छ । जुन लक्ष्यको ८८.२२ प्रतिशत हो । वाह्य ऋण ७४ अर्ब ९५ करोड उठेको छ । जुन लक्ष्यको ३४.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

ShareTweet

Discussion about this post

ताजा

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

बैशाख २०, २०८३
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0
  • गत आर्थिक वर्षमा साढे आठ अर्ब वैदेशिक लगानी भित्रियो, लाभांशको नाममा डेड गुना बाहिरियो

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुने – अर्थमन्त्री वाग्ले

1 day ago
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

2 days ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

1 week ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions