अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

नेपालमै युरिया मल कारखाना स्थापनाको लागि सरकारी पहल, प्राविधिक अध्ययन गरिदै

अर्थशास्त्री by अर्थशास्त्री
जेष्ठ १५, २०८२
in अर्थतन्त्र, उद्योग, कृषि, पढ्नै पर्ने
नेपालमै युरिया मल कारखाना स्थापनाको लागि सरकारी पहल, प्राविधिक अध्ययन गरिदै

काठमाण्डौ । रासायनिक मलको दीर्घकालीन अभाव अन्त्य गर्न सरकारले स्वदेशमै युरिया मल उत्पादन गर्ने उद्देश्यले कारखाना स्थापना प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ६३औं बैठकले सो निर्णय गरेको हो ।


लगानी बोर्डका प्रवक्ता प्रधुम्न उपाध्यायका अनुसार, बैठकले जर्मनीको बहुराष्ट्रिय कम्पनी डाइभलाई तीन फरक प्रविधीय विकल्पसहित युरिया मल कारखाना स्थापनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न जिम्मा दिएको थियो । कम्पनीले हालै प्रतिवेदन बुझाइसकेको छ ।


डाइभले विद्युत्, पेट्रोलियम पदार्थ तथा हाइब्रिड प्रविधिको उपयोग गरेर युरिया उत्पादन सम्भव हुने तीन विकल्प पेश गरेको छ । प्रस्तावित स्थान नवलपरासीको बर्दघाटमा आधारित रहेर यी विकल्पहरूको लागत, कच्चा पदार्थ र ऊर्जाको स्वदेशी उपलब्धताका आधारमा निर्णय हुने जनाइएको छ ।


योजना मूल्यांकनका लागि कृषि, अर्थ, लगानी बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को प्रतिनिधित्व रहने गरी सुसिल ज्ञवालीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिएको छ । बोर्डले समितिको सुझावका आधारमा आगामी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


यसका साथै बोर्ड बैठकले ग्रीन हाइड्रोजन तथा इन्टीग्रेटेड एग्रीभोल्टाइक्स बीइएसएस परियोजनालाई पनि अघि बढाउने निर्णय गरेको छ । एग्रीभोल्टाइक्स परियोजना स्वीस च्यालेन्ज प्रणालीमार्फत प्रतिस्पर्धामा लगिनेछ ।


नेपालमा युरिया मल कारखाना स्थापना गर्न यसअघि ९ पटकसम्म अध्ययन र प्रयास गरिए पनि व्यवहारमा उतार्न सकिएको थिएन । सन् १९८४ मा जापानको जाइकाले विद्युतमा आधारित मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गराएको थियो । पछिल्लो पटक सन् २०१५ मा भारतीय कम्पनीहरूको संयुक्त टोलीले अध्ययन गरी २०१७ मा प्रतिवेदन बुझाएको थियो ।


अब भने सरकार गम्भीर रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरिरहेको छ । यो परियोजना सफल भएमा नेपालले आयातमा निर्भरता घटाउँदै कृषकहरूलाई समयमै गुणस्तरीय मल आपूर्ति गर्न सक्नेछ । (रासस)

ShareTweet

Discussion about this post

ताजा

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३

लोकप्रिय

  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

    0 shares
    Share 0 Tweet 0
  • आगामी बजेटका लागि मन्त्रालयहरुसँग छलफल जारी

    0 shares
    Share 0 Tweet 0
  • वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात १.३४ %

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

3 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

5 days ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

6 days ago
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions