अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

शिक्षा विधेयकमाथिका विवादित विषयमा छलफल

अर्थशास्त्री by अर्थशास्त्री
असार १३, २०८२
in पढ्नै पर्ने, पूर्वाधार, विशेष
शिक्षा विधेयकमाथिका विवादित विषयमा छलफल

काठमाण्डौ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि अन्तिम छलफल सुरु गरेको छ ।

असार १५ गतेभित्रमै शिक्षा ऐन ल्याउने गरी नेपाल शिक्षक महासङ्घसँग सहमति गरेका कारण सरकार अहिले दबाबमा छ । विधेयकका विवादित विषयमा समितिले बिहीबार अबेरसम्म छलफल गरेको छ ।

छलफलका क्रममा विशेष गरी निजी लगानीमा सञ्चालित विद्यालयको व्यवस्थापन, अस्थायी तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिने विषय, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीलाई दरबन्दीमा रूपान्तरण गर्नेलगायतका विषयमा समिति सदस्यले धारणा राखेका छन्‌ ।

पछिल्लो समय समितिले विधेयकमा विवादित विषयमा सहमति गरेर प्रतिवेदन बनाउन समितिका सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले केही विषयलाई छाडेर बाँकी विषयमा सहमति जुटाएर समितिलाई प्रतिवेदन पनि बुझाएको थियो । तर, सो प्रतिवेदनमा गरिएको सहमतिविपरीत हुने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट फरक प्रस्तावसहितको अर्को प्रतिवेदन समितिमा पेस गरेपछि विधेयकमाथिको छलफल गिजोलिएको थियो । लामो समयपछि बिहीबार समितिको बैठक बसेको हो ।

बैठकमा समिति सदस्य सुमना श्रेष्ठ, देवेन्द्र पौडेल, ज्ञानु बस्नेत सुवेदीलगायतले निश्चित समय नै तोकेर निजी विद्यालयलाई गुठीमा जानुपर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै समिति सदस्य छविलाल विश्वकर्मा, श्याम घिमिरे, सरिता भुसाल, दीपा शर्मालगायतले गुठीमा जानैपर्ने अनिवार्य व्यवस्था गर्नु व्यावहारिक नहुने बताए । समितिले सम्भव भएसम्म शुक्रबारसम्ममा विधेयकलाई सर्वसम्मतिबाट पारित गर्ने तयारी गरेको छ । (रासस)

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

8 hours ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

8 hours ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

9 hours ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

9 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions