अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

श्रमिकको न्यूनतम पारिश्रमिक अब १९ हजार ५५० रुपैयाँ

अर्थशास्त्री by अर्थशास्त्री
साउन ३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने
श्रमिकको न्यूनतम पारिश्रमिक अब १९ हजार ५५० रुपैयाँ

काठमाण्डौ । सरकारले साउन १ गतेदेखी लागुहुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अनुसार चालु आर्थिक वर्ष साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ । समितिले सरकारलाई सिफारिस गरेपछि श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । ३२ असारसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो ।

सरकार, रोजगारदाता र श्रमिकका संगठनहरूको समेत प्रतिनिधित्व रहने समितिले दिएको सिफारिसका आधारमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक तोकेर राजपत्रमा प्रकाशित गर्ने छ । त्यसपछि बढेको पारिश्रमिक लागु हुनेछ । यो पारिश्रमिक चिया बगानमा काम गर्ने श्रमिकका हकमा भने लागु हुने छैन । ती श्रमिकका हकमा छुट्टै बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले अहिले निर्णय नलिइएको समितिका अध्यक्षले जानकारी दिए ।

सरकारले समितिले दिएकै सिफारिस अनुसार निर्णय गर्नेसमेत बताएको छ । श्रम ऐन अनुसार हरेक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । खाद्यान्न सहित वस्तुको मूल्यवृद्धि, आर्थिक अवस्था सहित सूचक आधार मान्दै नयाँ न्यूनतम पारिश्रमिक तोकिएको समेत समितिले जानकारी दिएको छ ।

उता, श्रमिकमा भने सहमति जुटेको थिएन । तर, सत्तारुढ दल (एमाले र कांग्रेस) का श्रमिक संगठनले सहमति जनाएपछि सरकारले रोजगारदाता र श्रमिक संगठनको सहमतिमै न्यूनतम पारिश्रमिक तोकेको हो । यदि सहमति नभए सरकार आफैंले न्यूनतम पारिश्रमिक तोक्न सक्ने व्यवस्था पनि छ । तर, यस पटक केही पक्ष असहमत भए पनि तीन पक्षकै सहमतिमा न्यूनतम पारिश्रमिक तोक्न सफल भएको समितिको भनाई छ ।

नयाँ व्यवस्था अनुसार अब आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० रुपैयाँ हुनेछ । जसमा महँगी भत्ता ७ हजार ३ सय ८० हुनेछ । कुल जोड्दा १९ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक हुनेछ । अब दैनिक ७ सय ५४ रुपैयाँ ज्याला हुनेछ । प्रतिघण्टा १ सय १ रुपैयाँ ज्याला पाइने छ । आंशिक काम गर्नेका हकमा प्रतिघण्टा १ सय ७ रुपैयाँ ज्याला पुगेको छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ गरी १७ हजार ३ सय थियो । श्रमिकको दैनिक पारिश्रमिक ६ सय ६८ थियो ।

आंशिक समयमात्र काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा थियो । सरकारले बढेको न्यूनतम पारिश्रमिकलाई सोही अनुपातमा तोकेको छ । पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य दिनुपर्छ ।

ShareTweet

Discussion about this post

ताजा

प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

फाल्गुन ९, २०८२
वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

फाल्गुन ७, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

फाल्गुन ४, २०८२
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

माघ ३०, २०८२
मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

४ खर्ब १७ अर्बले बढ्यो बैंक–वित्तीय संस्थाको निक्षेप, घरजग्गा धितो सुरक्षणमा ६४ प्रतिशत कर्जा

माघ २४, २०८२
तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

तेल, चामल र ग्यास मूल्य समायोजन गर्नः उत्पादक तथा वितरकलाई वाणिज्य विभागको निर्देशन

माघ २३, २०८२

लोकप्रिय

  • नेपालको आर्थिक विकासमा उर्जाको भूमिका

    नेपालको आर्थिक विकासमा उर्जाको भूमिका

    0 shares
    Share 0 Tweet 0
  • प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

प्रमुख राजनीतिक दलका घोषणापत्रहरु

2 weeks ago
वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुग्यो

कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ?

2 weeks ago
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

3 weeks ago
निरन्तर ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

फागुन महिनाका लागि ८ बैंकले घटाए ब्याजदर

3 weeks ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions