अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

जेनजी आन्दोलनको क्षति बीमा दाबी ३० अर्ब

अर्थशास्त्री by अर्थशास्त्री
अशोज २, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, यातायात
जेनजी आन्दोलनको क्षति बीमा दाबी ३० अर्ब

काठमाण्डौ । जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा माग दाबी करिब ३० अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मङ्गलबारसम्ममा बीमा कम्पनीहरूमा परेको दाबी ३० अर्ब हाराहारी पुगेको हो ।

निर्जीवन बीमा तथा रि–इन्स्योरेन्स कम्पनीहरूलाई २०७२ बैशाख, कोरोना महामारी, २०८० साल असोजको बाढी लगायतका प्राकृतिक तथा महाविपत्तिले नदिएको दायित्व जेनजी आन्दोलन दिने देखिएको छ ।

आन्दोलनका क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी निर्जीवन बीमा कम्पनी तथा रि–इन्स्योरेन्स कम्पनीलाई अर्बौंको दायित्व पर्ने देखिएको हो । प्राधिकरणका अनुसार क्षतिको मुल्यांकन हुन बाँकी नै रहेको तथा थप माग दाबी पनि आउन बाँकी नै रहेकाले यो रकम अझै ठूलो हुन सक्नेछ ।

हिले ठूला तथा व्यावसायिक घरानाका प्रतिष्ठानमा आन्दोलनकारीले गरेको तोडफोड र आगजनीको नोक्सानीहरूको माग दाबी आएको देखिएको सम्बन्धित क्षेत्रका एक अधिकारीले बताए । सरकारी सम्पत्तिको बीमा नभएपनि गाडीहरूमा तेस्रो पक्षको बीमा हुने भएकाले त्यो आउन बाँकी छ, त्यसका साथै साना तथा सामान्य तोडफोड र लुटपाटबाट भएका क्षतिको दाबी आउन अझै धेरै बाँकी भएकाले करिब ४० अर्बभन्दा धेरैको दाबी आउने अनुमान गरिएको छ ।

प्रदर्शनकारीले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतसहित अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए । सरकारी कार्यलयको बीमा नभएकाले बीमा कम्पनीहरूलाई देखिएको क्षति अनुसारको दायित्व पर्दैन । प्रदर्शनकारीले निजी तथा औद्योगिक सम्पत्तिमा समेत तोडफोड र आगजनी गरेका कारण भने दायित्व बढेको हो ।

आन्दोलनकारी चन्द्रागिरि केबलकार, भाटभटेनी सुपरमार्केट स्टोर, गाडीका केही शोरुम, बैंकका शाखा कार्यालय, मौलाकालिका केबलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, ह्यात रिजेन्सी होटल, व्यक्तिगत घर तथा व्यवसायमा तोडफोड तथा आगजनी गरी आंशिक वा पूर्ण क्षति पुर्‍याएका छन् । निजी क्षेत्रका अधिकांश व्यवसाय ऋणमा चल्ने र ऋणीको प्रक्रियामा बीमा अनिवार्य हुन्छ । त्यसले गर्दा पनि ती क्षेत्रको दायित्व बीमा कम्पनीको आएको हो ।

ShareTweet

Discussion about this post

ताजा

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

बैशाख १९, २०८३
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

बैशाख १३, २०८३
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

बैशाख ११, २०८३
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

बैशाख १०, २०८३
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३

लोकप्रिय

  • भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    0 shares
    Share 0 Tweet 0
  • मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

    0 shares
    Share 0 Tweet 0
  • निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन मन्त्रालयको निर्देशन     

    0 shares
    Share 0 Tweet 0
  • निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

59 minutes ago
मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो : न्यायाधीश

6 days ago
उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

उद्यमी व्यवसायीको धरपकड प्रति निजी क्षेत्रको आपत्ति

1 week ago
सुनचाँदीको मूल्यमा आज पनि गिरावट

सुनचाँदीको मूल्यमा आज पनि गिरावट

1 week ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions