अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

२७ खर्ब ८८ अर्ब पुग्यो ऋण : जीडीपीको ४५.६६ प्रतिशत

अर्थशास्त्री by अर्थशास्त्री
पुस ८, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त, व्यापार
२७ खर्ब ८८ अर्ब पुग्यो ऋण : जीडीपीको ४५.६६ प्रतिशत

काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिना सम्ममा सार्वजनिक ऋण १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको छ । योसँगै कुल सार्वजनिक ऋणको आकार २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो मंसिरसम्ममा आन्तरिक र बाह्य गरी सरकारले १ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ६७ अर्ब एक करोड रुपैयाँ खर्च गरेको छ ।

कार्यालयका अनुसार पछिल्लो महिनामा अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धिले नेपाली मुद्रामा तिर्नुपर्ने ऋण दायित्व थप भएको छ । कार्यालयका अनुसार मंसिरसम्म आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब र बाह्य ऋण १४ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यो ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.६६ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.३२ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.६८ प्रतिशत रहेको छ । यस्तै, जीडीपीसँग तुलना गर्दा आन्तरिक ऋणको दायित्व २१.३१ र बाह्य ऋणको दायित्व २४.३५ पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचलन गर्ने लक्ष्य राखेको थियो । यो लक्ष्यअनुसार मसिरसम्म १ खर्ब ७५ अर्ब १२ करोड प्राप्त भएको छ । यसमध्ये आन्तरिक १ खर्ब ४७ अर्ब ६६ करोड र बाह्य २७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । मंसिरसम्म वार्षिक लक्ष्यको ऋण प्राप्ति २९.४० प्रतिशत पुगेको छ ।

कार्यालयका अनुसार सरकारले आन्तरिक ऋण लक्ष्यको ४०.७९ र बाह्य ऋण ११.७५ प्रतिशत मात्र प्राप्त भएको छ । यस्तै मंसिरसम्म प्राप्त गरेको कुल ऋणमा आन्तरिकको हिस्सा ८४.३२ र बाह्यको हिस्सा १५.५८ प्रतिशत पुगेको छ ।


चालु बजेटमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये वर्षका पाँच महिनासम्ममा १ खर्ब ६७ अर्ब १ करोड रुपैयाँ भुक्तानी गरेको छ । कार्यालयका अनुसार आन्तरिक ऋणमध्ये मंसिरसम्ममा १ खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरिएको छ । यसमा साँवा भुक्तानी १ खर्ब १४ अर्ब २६ करोड र ब्याज भुक्तानी २३ अर्ब ४२ करोड रहेको छ ।

यसैगरी, मंसिरसम्ममा २९ अर्ब ३३ करोड रुपैयाँ बाह्य ऋण तिरिएको छ । यसमा साँवा भुक्तानी २४ अर्ब ४ करोड हो भने ब्याज भुक्तानी ५ अर्ब २८ करोड हो । मंसिरसम्ममा आन्तरिक र बाह्य दुवै गरेर सरकारले साँवा भुक्तानी १ खर्ब ३८ अर्ब ३० करोड र ब्याज भुक्तानी २८ अर्ब ७० करोड गरेको छ ।

विश्वका अन्य मुलुकहरुलाई हेर्दा नेपालले लिएको ऋणको आकार जिडिपीसँग तुलना गर्दा धेरै होइन । तर, लिएको ऋणको सदुपयोग नभएको आरोप लाग्दै आएको छ । ऋण लिएर त्यसको दुरुपयोग भए आगामी दिनमा यसले ठूलो प्रभाव पार्नेछ ।

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0
  • स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

3 hours ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

3 hours ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

3 hours ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

3 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions