अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

अर्थशास्त्री by अर्थशास्त्री
पुस २३, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, पढ्नै पर्ने, बैंक तथा वित्त
बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीको आईपीओ खुल्दै

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ ।

स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर निष्कासनका लागि बाँकी रहेका कम्पनीमा पाल्पा सिमेन्ट, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर छन् ।

बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुल्ला गरी सक्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा उल्लेख छ । तसर्थ यी ८ कम्पनीले बोर्डबाट स्वीकृत पाएको २ महिनाभित्रै आईपीओ निष्कासन गरिसक्नुपर्छ।

सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाले जारी पूँजीको दश प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुपर्ने व्यवस्था सो नियमावलीमा छ ।

सोलु हाइड्रोपावर

सर्वसाधारणलाई सबैभन्दा पहिले खुल्न लागेको आईपीओ हो– सोलु हाइड्रोपावर । कम्पनीले वैदेशिक रोजगारमा रहेका, प्रभावित स्थानीय, सामुहिक लगानी कोषलाई सेयर बाँडफाँट गरेसँगै अब सर्वसाधारणका लागि पुस २९ गतेदेखि खुल्दैछ ।

माघ ४ गतेसम्म आईपीओ निष्कासन गर्दैछ । कुल ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ । यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना बनाएको छ ।

प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँको अनुमान छ । असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ ।

सुपर खुदी हाइड्रोपावर

आयोजना प्रभावित लमजुङका स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सुपर खुदी हाइड्रोपावरको आईपीओ हाल खुलिरहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज

तानसेन ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्टले असोज २५ देखि पाल्पा तथा नवलपरासी पश्चिमका स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा यो सेयर निष्कासन गरेलगत्तै सर्वसाधारणका लागि खुलाउने छ ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ ।

अंकित मूल्य १ सयकै दरमा कम्पनीले आईपीओ जारी गर्नेछ । पहिलो चरणमा सेयर निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन हुनेछ । हाल बजारमा ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन् ।

सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक कम्पनी

यस कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्नेछ ।

नुवाकोटमा माथिल्लो तादी खोला जलविद्युत् आयोजना बनाएर प्राधिकरणलाई बिक्री गरिरहेको छ । जसको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.७७ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ०.३१ रुपैयाँ ऋणात्मक छ । केयर रेटिङबाट यसले बीबी माइनस रेटिङ पाएको छ ।

भुजुङ हाइड्रोपावर कम्पनी

यो कम्पनीले जारी पूँजी १ अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको सेयर सर्वसाधारणमा निष्कासन गर्दैछ । वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावितलाई सेयर बिक्री भइसकेको छ । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा कम्पनीले ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत् आयोजना बनाएको छ ।

यसको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ । इक्रा नेपालले बी प्लस रेटिङ पाएको छ । अंकित मूल्य १ सयका दरमा आईपीओ जारी हुनेछ ।

होटल फरेस्ट इन

होटल फरेस्ट इनले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृति पाइसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँ बराबरको २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । ८० प्रतिशत अर्थात् १ करोड ६० लाख कित्ता सेयर संस्थापक समूहको हुनेछ ।

शिवपुरी वनमा अवस्थित होटल फरेस्ट इनले आफ्नो विवरणपत्र सार्वजनिक गरिसकेको छैन । हाल होटल तथा पर्यटन समूहका ७ कम्पनी बजारमा सूचीकृत छन् । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका दरमा आईपीओ निष्कासन हुनेछ ।

शिखर पावर डेभलपमेन्ट कम्पनी

कम्पनीले जारी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीले ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।

रिजलाइन इनर्जी

कम्पनीले १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने भएको छ । ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । कम्पनीले गोरखा जिल्लामा ९ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना बनाएको छ ।

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

3 hours ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

3 hours ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

3 hours ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

3 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions