अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

अर्थशास्त्री by अर्थशास्त्री
माघ २, २०८२
in अर्थतन्त्र, अर्थराजनीति, बैंक तथा वित्त, विशेष
माघका लागि घट्यो बैंक ब्याजदरः तरलता अधिक

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण ब्याजदर निरन्तर घट्दै गएको छ । यसरी बढ्दै गएको ब्याजदर घट्दै गएकोले बचतकर्ताहरु मर्कामा पर्दै गएकाछन् । बैंकहरूले बचतमा दिने ब्याजदर घटाउँदै गएपछि बचतकर्ताले नयाँ–नयाँ उपकरणहरूमा बचत गर्ने जमर्को समेत गरिरहेका छन् । सुरक्षित क्षेत्रमा केही रकम राख्ने र ब्याज आम्दानी गर्ने नागरिकको सोचमा भने परिवर्तन गर्नुपर्ने भएको छ ।

वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अहिले साढे १० खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । सुस्त अर्थतन्त्र तथा निजी क्षेत्रले कर्जा नलिँदा कर्जा विस्तारमा समेत समस्या भएपछि बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन् ।

पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ४.८३ प्रतिशत विन्दु राखेका बैंकहरूले माघका लागि ०.१४ प्रतिशत विन्दु घटाएर ४.६८ प्रतिशत विन्दुका दरले ब्याजदर दिँदैछन् । यसले व्यक्तिगत निक्षेपकर्ताले पाउने ब्याज झनै घट्ने भएको छ ।

नियामकीय व्यवस्था अनुसार, बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन् । अर्कोतिर, माघ महिनाका लागि संस्थागत मुद्दती निक्षेपकर्ताहरूले बचतमा पाउने ब्याजदर पनि घटेको छ । संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर माघमा ०.१४९५ प्रतिशत छ । जबकी पुसमा यस्तो ब्याजदर ३.३८२५ प्रतिशत थियो । पुसको तुलनामा माघमा यस्तो ब्याजदर औसतमा ०.०६२ प्रतिशत विन्दु घटेको हो ।

वाणिज्य बैंकहरूले माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा ४.६८ प्रतिशत विन्दुका दरले ब्याजदर दिने भएका छन्, जुन पुस महिनाको तुलनामा ०.१४ प्रतिशतविन्दु कम हो । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु थियो ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे अधिक तरलताका कारण ब्याजदर घट्न गएको बताउँछन् । ‘बजारको माग कम भएको र निक्षेप बढ्दै गएर तरलता बढी हुँदा ब्याजदर घट्दै गएको छ,’ कारोबारसँग घिमिरेले भने । समयमै प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर स्थीर सरकार बनेको अवस्थामा क्रमशः अर्थतन्त्रले गति लिने अनुमान गरिएको उनी बताउँछन् । यसो भएमा कर्जाको माग पनि बढ्ने र तरलता क्रमशः घट्दै ब्याजदर फेरि राम्रो अवस्थामा आउने उनको अपेक्षा छ ।

यसका लागि निर्वाचन नै पर्खनुपर्छ र त्यसपछि बनेको सरकारले निजी क्षेत्रको मनोबल बढाउने र अर्थतन्त्र चलायमान बनाउन सक्नुपर्छ,’ उनले भने । माघमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकबाट पाइने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याज दिँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा भने सबैभन्दा कम ४.३६ प्रतिशतमात्रै पाइनेछ ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ११ बैंकले ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ । पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) रहेको यस बैंकले माघका लागि भने बढाएर ४.४ प्रतिशत पुर्‍याएको छ । बैंकले ०.१५ प्रतिशत विन्दुका दरले ब्याजदर बढाएको हो ।

माघका लागि ब्याजदर घटाउने बैंकहरूमा हिमालयन, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, एभरेष्ट, कृषि विकास, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् । हिमालयन र माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ०.५ प्रतिशत विन्दुका दरले ब्याजदर घटाएका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, एभरेष्टले ४.४० प्रतिशत, कुमारीले ४.४३ प्रतिशत, नेपाल एसबिआईले ४.४० प्रतिशत, लक्ष्मी सनराइजले ४.५० प्रतिशत, सिटिजन्सले ४.५० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, माछापुच्छेले ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, हिमालयनले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तैगरी, नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमईले ५.५० प्रतिशत, नबिलले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।

माघ महिनाका लागि संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि घटेको छ । बैंकहरूको यस्तो ब्याजदर औसतमा ०.०६२ प्रतिशत विन्दु घटेको छ । माघ महिनाका लागि बैंकहरूको संस्थागत मुद्दती निक्षेपमा ३.३८ औसत ब्याजदर कायम छ । गत पुसमा यस्तो ब्याजदर ४.६८ प्रतिशत थियो ।

माघ महिनाका लागि ४ बैंकले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरलाई पुस महिनाकै स्थीर राखेका छन् ।

कर्जा विस्तार हुन नसकेपछि बैंकहरूले २.६७ प्रतिशत र तीन प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन् । राष्ट्र बैंकले १७ दिनमा ९ पटक ऋणपत्र (बण्ड)मार्फत २ खर्ब रकम तानिसकेको छ । पछिल्लो तथ्यांक अनुसार केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरूसँग ७६ खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने ५७ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

यसरी निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको आधार दर (बेसरेट) पनि स्वतः घट्छ । जसले ऋणको ब्याजदर पनि सस्तो बनाउने बैंकरहरू बताउँछन् ।

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

3 hours ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

3 hours ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

3 hours ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

3 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions