अर्थशास्त्री
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗
No Result
View All Result
अर्थशास्त्री
No Result
View All Result

करेक्सनले के संकेत गर्छ ? के नेप्से अझ माथि जाला ?

अर्थशास्त्री by अर्थशास्त्री
चैत्र ११, २०८२
in Uncategorized, अर्थतन्त्र, बैंक तथा वित्त
करेक्सनले के संकेत गर्छ ? के नेप्से अझ माथि जाला ?

काठमान्डौं, चैत्र ११: पछिल्लो केही साता यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले सामान्य करेक्सनसहित लगातार उकालो लागेको छ । एक महिना अगाडी झन्डै दुई हजार ६५० अंकको हाराहारीमा रहेको नेप्से सूचक आज बुधबार बजार बन्द हुँदा दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको छ। यसले लगानीकर्तामा उत्साह थपेको छ भने बजारप्रति नयाँ चासो पनि बढाएको छ।
वर्तमानममा नेप्सेमा देखिएकोे बुलिस प्रवृति कति समय जारी रहन्छ ? के अब नेप्सेमा बियरिस प्रवृति शुरुभएको हो ? जस्ता प्रश्नहरुमा आम लगानीकर्तामाझ बहस भएको सुनिन्छ । के नेप्से सूचक छिट्टै तीन हजार बिन्दु पार गरेर माथी जान्छ त ? यसकालागी यहाँ केही तथ्यहरुको विश्लेषण गरिएको छ ।
नेप्सेमा देखिएको पछिल्लो बृद्धिका पछाडि विभिन्न आर्थिक तथा मनोवैज्ञानिक कारणहरू रहेका छन् ।
१. व्याज दरमा कमि र तरलता सुधार
जसमध्ये बैंक तथा वित्तीय संस्थाले प्रणालीमा प्रशस्त तरलताको भएसँगै निक्षेप तथा कर्जाको ब्याजदर घटाउँदै लग्नुलाई एक प्रमुख कारण मान्न सकिन्छ । कम ब्याजदर र सहजै कर्जाको प्राप्तीले लगानीकर्ताहरु सेयर बजारमा आकर्षित भएका छन्
२. निर्वाचनको प्रभाव
भर्खरै सम्पन्न निर्वाचनमा खर्च गरिएको वैध अवैध धनरशी साना तथा मध्यम र नयाँ लगानीकर्तामार्फत पूँजी बजारमा प्रवेश हुँदा माग वृद्धि हुनगई नेप्से सूचकमा सकारात्मक प्रभाव परेको देखिन्छ । पहिले पहिलेका निर्वाचन पश्चात पनि नेप्से सूचकमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
३. लगानीकर्ताको मनोबल वृद्धि
अहिलेको बजारमा देखिएको सकारात्मक प्रभाव पछाडीको अर्को महत्वपूर्ण प्रभाव भनेको लगानीकर्ताको मनोबलमा आएको वृद्धि हो । खासगरी निर्वाचनको परिणामले राजनीतिक स्थिरता र एक बलियो तथा जुजारु सरकार गठनहुने सुनिश्चितता भएसँगै पुजीबजार र समग्र अर्थतन्त्रमै बलियो आशावादीतको सञ्चार भएसँगै यसले लगानीकर्ताको मनोबल बढाएको देखिन्छ । बढ्दो आशावदीता  सञ्चार भएसँगै बजार नयाँ लगानीकर्ताहरू पनि प्रवेश गर्न थालेका छन् ।
४. नीतिगत  सुधारको अपेक्षा
निर्वान पछि आउने नयाँ सरकार र नेपाल राष्ट्र बैंक बाट आउने सम्भावित नीतिगत सहजताले पनि बजार वृद्धिका लागि सकारात्मक संकेत दिएको छ ।
दिगो हुन्छ त नेप्सेको वृद्धि ?
आजको दिनमा नेप्से मनोबैज्ञानिक अवरोधको बिन्दु मानिने बिन्दु तीन हजारको बिन्दु भन्दा अलि तलबाट करेक्सन भएको छ । यसबाट नेप्सेमा ठूलै करेक्सन भएर अझ तल झर्ने हो कि भन्ने शंका उत्पन्न भएको छ । तर वर्तमान तथ्य र तथ्याङ्क हेर्दा नेप्सेको वृद्धि दिगो हुने केही महत्वपूण संकेतहरु देखा परेका छन् ।
क) बीचमा देखिएको करेक्सनः
अहिले नेप्सेमा वृद्धि हुँदा बजारमा बीच–बीचमा देखिएका साना गिरावट लाई प्राविधिक रूपमा स्वस्थ मानिन्छ। यस्तो करेक्सनले बजारलाई अत्यधिक उतारचढाव हुनबाट जोगाउँछ र दीर्घकालीन स्थायित्व दिन सहयोग गर्छ।
ख) बैंकिङ्ग क्षेत्रको विद्धिः
लामो समय देखि उल्लेख्य रुपमा वृद्धि हुन नसकेको वैंकिङ्ग सूचकमा पछिल्लो समयमा देखिएको वृद्धिले सकारात्मक संकेत गरेको छ । खासगरी सेयरबजारमा बैकिङ्ग क्षेत्रले ओगटेको कूल बजारको हिस्सा र विगतको अनुभवले पनि बैंकिङ्ग क्षेत्रले नेतृत्व गर्दा नेप्से धेरै माथी जानसक्ने र दिगो हुने देखिन्छ ।
ग) उच्च कारोबार रकमः
नेप्सेमा दिगो वृद्धि आउनसक्ने संकेत गर्ने अर्को तथ्य चाँही उच्च कारोबार रकम पनि हो । बजारमा करेक्सन आउँदा पनि बजारमा कारोबार उच्च रहनुले लगानीकर्ताको उच्च मनोबल कायम रहेको संकेत गर्छ जसले बजार अझ माथी जान सक्ने संभावना रहेको जनाउँछ । 
घ) स्थिर व्याजदर र तरलता
अर्थतन्त्र देखिएको आशावादीता र बैंक तथा वित्तिय क्षेत्रमा रहेको प्रशस्त तरलताको कारण व्याजदरमा तत्कालै कमि आउने संभावना देखिदैन् । यस परिप्रेक्ष्यमा नेप्सेमा थप वृद्धि हुने संभावना रहन्छ ।
के नेप्सेमा तक्कालै पहिरो जान सक्छ ?
वर्तमानमा देखिएका तथ्यले नेप्सेमा तत्कालै ठूलो गिरावट आउने संभावना देखिँदैन तर अचानक ब्याजदर वृद्धि भएमा, संबन्धित निकायबाट नीतिगत कडाइ भएमा वा अत्यधिक स्पेकुलेटिभ कारोबार भएको खण्डमा भने बजारमा ठूलै करेक्सन आउन सक्छ ।

ShareTweet

Discussion about this post

ताजा

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

बैशाख ७, २०८३
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

बैशाख ७, २०८३
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

बैशाख ७, २०८३
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

बैशाख ७, २०८३
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग   

बैशाख २, २०८३
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्बसाधारणका लागि सेयर निस्कासन गर्ने

चैत्र २९, २०८२

लोकप्रिय

  • भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

    0 shares
    Share 0 Tweet 0
  • सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

    0 shares
    Share 0 Tweet 0
  • चेक बाउन्स कसरी हुन्छ ? कालो सूचीमा कसरी परिन्छ ?

    0 shares
    Share 0 Tweet 0
  • नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

    0 shares
    Share 0 Tweet 0

पढ्नै पर्ने

  • पढ्नै पर्ने
भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

भारत–कोरिया रणनीतिक वार्ता, के–के छन् मुख्य एजेण्डा ?

57 minutes ago
सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

सम्पत्तिबारे गृहमन्त्रीको स्पष्टोक्तिः सबै विवरणमा उल्लेख छ

1 hour ago
स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

स्ट्रेट अफ हर्मुज तनावले एकै दिन ५ प्रतशितले बढ्यो कच्चा तेलको मूल्य

1 hour ago
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो   

2 hours ago
अर्थशास्त्री

पूर्वाधार, उद्योग, व्यापार, अर्थतन्त्र, अर्थराजनीति तथा नीतिगत विषयहरूका लागि तपाईँको विश्वसनीय स्रोत । नवीनतम समाचार, विचार र विश्लेषणहरू प्राप्त गर्नुहोस्।

National Economic Concern Society (NECS)
का.म.न.पा. २८ अद्दैतमार्ग बागबजार, काठमाडौं
+९७७-१-५३४११५६, ९७६७४७८०४२
info@arthasastri.com

हाम्रो टिम:

संरक्षक: गंगाबहादुर थापा
सम्पादकीय सल्लाहकार: सिके खनाल
प्रवन्ध निर्देशक: दुर्गा थापा | सम्पादक: केशव आचार्य
सह-सम्पादक: गंगा चौलागाईं, दीपक थापा र ज्ञानेश्वर खनाल

हाम्रो बारे    प्रकाशन   सम्पर्क

Copyright © २०२६ अर्थशास्त्री. Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • उद्योग
    • कृषि
    • पर्यटन
    • व्यापार
    • बैंक तथा वित्त
  • पूर्वाधार
    • उर्जा
    • यातायात
    • संचार
  • अर्थराजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • अन्य
  • प्रकाशन↗

Copyright © 2026. Digital Partner Sathi Solutions